इनपुट टेक्सको अर्थ हो, कुनै पञ्जीकृत व्यक्तिलाई वस्तु व सेवाहरू अथवा दुवैको आपूर्तिमा लाग्ने केन्द्रीय कर (सी.जी.एस.टी.)वा राज्य कर (एस.जी.एस.टी.) वा एकीकृत कर (आई.जी.एस.टी.) वा संघ शासित क्षेत्र कर (यूटी.जी.एस.टी)। यसमा रिवर्स चार्ज बेसिसमा र आयातमा लाग्ने एकीकृत कर (आई.जी.एस.टी.)पनि शामिल छ। यसमा संयोजन करारोपणका रूपमा दिइएको कर शामिल छ।
हो, इनपुट ट्याक्सको परिभाषाले यसमा शामिल गर्दछ।
के इनपुट ट्याक्स ती करहरूलाई (सी.जी.एस.टी./एस.जी.एस.टी./आई.जी.एस.टी.) शामिल गर्दछ जुन इनपुट गुडस्, इनपुट सर्विसेज र केपिटल गुडसमा दिइन्छ।
हो, यसमा इनपुट गुड्स, इनपुट सर्विसेज वा केपिटल गुड्समा दिइएको कर शामिल छ।
उत्तर एकजना पञ्जीकृत व्यक्तिले आफूलाई आपूर्ति गरेका यस्ता वस्तुहरू वा सेवाहरू वा दुवैमा दिइएको करको क्रेडिट लिन सक्छ, जुनचाहिँ कि
उसको व्यवसायलाई अनुसरण वा बढोत्तरीको प्रक्रियामा प्रयोग हुनेछ। यो अरू शर्तहरू र प्रतिबन्धहरूका अधीनमा छ।
निम्नलिखित चार शर्तहरूको सन्तुष्टिकरण आवश्यक छ, यदि
एकजना पञ्जीकृत कराधीन व्यक्तिले आई.टी.सी लिन चाहन्छ भने,
(क) ऊसँग कर चालान वा डेविष्ट नोट वा कर भुग्तान गरेका अन्य दस्तावेज हुनु पर्छ जस्तो कि इनपुट ट्याक्स क्रेडिट लिनका लागि निर्धारित गरिएको छ।
(ख) उसले वस्तुहरू, वा सेवाहरू वा दुवै प्राप्त गरेको हुनुपर्छ।
(ग) आपूर्तिकर्ताले वास्तवमा आपूर्तिका सम्बन्धमा करको भुग्तान सरकारलाई गरेको हुनुपर्छ।
(घ) उसले धारा 39 भित्र रिटर्न भरेको हुनुपर्छ।
पञ्जीकृत व्यक्ति केवल अन्तिम भाग अथवा किस्त प्राप्तिमा नै क्रेडिटको हकदार हुन्छ।
के कुनै व्यक्तिले आपूर्तिकर्तालाई आपूर्ति नगरी मूल्य र त्यसमा लाग्ने करको भुग्तान नगरी इनपुट ट्याक्स क्रेडिट लिन सक्छ?
हो, प्राप्तकर्ताले आई.टी.सी. लिन सक्तछ। तर चालान बनिएको 180 दिन भित्र उसले मूल्य वा कर भुग्तान गर्नुपर्छ तर यो शर्त लागू हुने छैन यदि कर रिवर्स चार्ज बेसिसमा देय छ भने।
यस्तो स्थितिमा आई.टी.सी को मूल्य, व्यक्तिको उत्पाद माथि कर देयता (OutputTax liability) मा जोडिने छ। उसले ब्याज पनि दिनु पर्ने हुन्छ। तापनि मूल्य वा करको भुग्तान गरी उसले पुन आई.टी.सी. लिन सक्छ।
जब कुनै वस्तु तेस्रो व्यक्तिलाई कराधीन व्यक्तिका निर्देशमाथि प्राप्त हुन्छ, तब यो मानिन्छ कि वस्तु पञ्जीकृत व्यक्तिलाई प्राप्त भयो जुन दिन त्यो तेस्रो व्यक्तिसँग पुग्छ। अत: आई.टी.सी त्यस व्यक्तिलाई उपलब्ध हुन्छ, जसका निर्देशमा वस्तु तेस्रो व्यक्तिसँग पुग्यो।
कुनै पञ्जीकृत व्यक्तिले वस्तुहरू वा सेवाहरूको आपूर्तिका लागि निर्गत चालान वा डेबिट नोटको, धारा 39 मा निर्धारित रिटर्न भर्ने अन्तिम तारिख पछि आई.टी.सी. लिन सक्दैन। सेप्टेम्बर महिनाका लागि त्यस वित्त वर्ष पछि जसले कि यस्तो चालान वा डेबिट नोटसँग सम्बन्धित चालान जुडेको होस् वा कि प्रासङ्गिक वार्षिक रिटर्न भर्ने तारिख, जुनचाहिँ पहिले हुन्छ। यस प्रकारले आईटीसी लिने माथिल्लो समय-सीमा आउँदो वित्त वर्षको 20 अक्टोबर हो वा वार्षिक रिटर्न जमा गर्ने, जे पनि छिटो हुन्छ।
यस प्रतिबन्धको अन्तर्निहितसम्म यो हो कि आउँदो वित्तीय वर्षको सेप्टेम्बर महिना पछि रिटर्नमा कुनै संशोधन हुँदैन। यदि वार्षिक रिटर्न सेप्टेम्बर भन्दा पहिले भरियो भने, तब वार्षिक रिटर्न भरेपछि कुनै परिवर्तन हुँदैन ।
उत्तर यस्ता कर भागमा जसमाथि अवमूल्यनको दावा गरिएको छ, त्यहाँ आई.टी.सीले अनुमति दिँदैन।
हो, कानूनमा दिइएको एउटा सानो सूचीका वस्तुहरूलाई छोडेर। यो सूची मुख्यतः व्यक्तिगत उपभोगका वस्तुहरू, यस्ता इनपुट जसको उपयोग अचल सम्पत्तिको निमार्णमा गरियो भने। (प्लान्ट र मशीनरीलाई छोडेर), कारखाना परिसर बाहिर बिछाइएको पाईपलाइन, दूरसंचार टावर इत्यादि, र त्यो कर जुनचाहिँ कर अपवंचनका परिणामस्वरूप दिइएको छ।
होइन, मोटर कारमा आई.टी.सी केवल तब मात्र लिन सकिन्छ जब कराधीन व्यक्ति जन-यातायातका व्यवसायमा होस् वा माल ट्रान्सपोर्ट गरोस् वा मोटर-कारमा प्रशिक्षणको सेवा दियोस्।
होइन, हराएको, चोरिएको, विनष्ट र बट्टा खातामा हालिएको सामानमाथि आई.टी.सी. लिन सकिन्न। यसका अतिरिक्त उपहार अथवा मुफ्त सेम्पलका रूपमा दिइएका सामानमा पनि आई.टी.सी. पाइँदैन।
उत्तर: होइन, प्लान्ट र मेसिनेरी अथवा कुनै अरू अचल सम्पत्तिका निर्माणमा प्रयुक्त वस्तुहरू वा सेवाहरूमा आई.टी.सी. लिन सकिन्न। प्लान्ट र मेसिनेरीमा केवल उपकरण, औजार र जमीनमा जुडेका मिसिन आउछन्। यो अन्य वस्तुहरूमा भूमि, पर्खाललाई बाहिर राखिन्छ।
पञ्जिकरण का लागि आवेदन गर्ने व्यक्ति पञ्जिकरण पाएका एक दिन पहिलेसम्म स्टकमा राखिएको इनपुट्स, अर्धनिर्मित र निर्मित वस्तुहरूमा प्रयुक्त इनपुट्सको आई.टी.सी. लिन सक्छ। यदि व्यक्ति पञ्जिकरण लिने योग्य छ भने, र पञ्जिकरण लिने योग्यता प्राप्त गरेको 30 दिनभित्र उसले पञ्जिकरणका लागि आवेदन गरेको छ तब जुनदिन त्यो कर भुग्तान गर्ने योग्य भयो त्यसको ठीक एक दिन पहिलेसम्म स्टकमा रहेको इनपुट र अर्ध-निर्मित एवं निर्मित वस्तुहरूमा प्रयुक्त इनपुटसमा त्यो आई.टी. सी. लिन सक्छ।
क) 01.08.2017
ख) 31.07.2017
ग) 15.08.2017
घ) त्यो बितेको अवधिका लागि क्रेडिट प्राप्त गर्न सक्तैन।
31.07.2017
यस्तो व्यक्तिले पञ्जिकरणका दिनभन्दा ठीक एक दिन पहिलेसम्म स्टकमा रहेको इनपुट्स, अर्ध-निर्मित व निर्मित वस्तुहरूमा प्रयुक्त इनपुट्समा आई.टी.सी. लिने हकदार हुन्छ।
पञ्जीकृत व्यक्तिले इलेक्ट्रोनिक क्रेडिट लेजरमा रहेको अनुपयुक्त आई.टी.सी.को अन्तरण नयाँ एकाइ बनाउने अनुमति हुन्छ, जबकि देयताहरूको अन्तरणको त्यहाँ विशिष्ट प्रावधान हुन्छ।
यस्तो स्थितिमा केवल कराधीन आपूर्तिका फलस्वरूप नै आई.टी.सी. लिन सकिन्छ। उपयुक्त क्रेडिटको आकलन गर्ने तरिका नियमहरूद्वारा बताइने छ।
आई.टी.सी.को उद्देश्यका लागि शून्य दर आपूर्ति कराधीन आपूर्तिका अन्तर्गत राखिएको छ। शून्य दर आपूर्तिको सम्भावना आई.जी.एस.टी. अधिनियममा राखिएको छ, यहाँसम्म कि यसमा छूट प्राप्त आपूर्तिहरू पनि पर्दछन्।
क्रेडिट लिनका लागि कराधीन आपूर्तिहरूको संगणनका लागि, यीमध्ये कुनचाहिँ सम्मिलित छ
क. शून्य दर आपूर्तिहरू
ख. छूट प्राप्त आपूर्तिहरू
ग. दुवै शून्य दर आपूर्तिहरू
केवल व्यवसायको उद्देश्यमा प्रयुक्त वस्तुहरू वा सेवाहरू वा दुवैलाई आई.टी.सी. प्राप्त हुन्छ। उपयुक्त क्रेडिटको संगणनको तरिका नियमहरूद्वारा बताइने छ।
जुन तिथिदेखि ऊ कम्पाउन्डिङ स्किमको अर्हता योग्य हुन्छ, त्यसको ठीक एक दिन अघिसम्म स्टकमा उपलब्ध इन्पुट्स, स्टकमा रहेको निर्मित वा अर्द्ध-निर्मित वस्तुहरूमा प्रयुक्त इनपुट्समा आई.टी.सी. लिन सक्छ। पुँजीगत वस्तुहरू (निर्धारित प्रतिशत प्वाइन्टस्ले अवमूल्यित गरिएको) मा पनि लिन सक्तछ। उपयुक्त क्रेडिटको संगणनको तरिका नियमहरूद्वारा बताइने छ।
ब्याङ्किङ कम्पनी वा वित्तीय संस्थानका साथ-साथै एउटा गैर- ब्याङ्किङ वित्तीय कम्पनी, जसले विशिष्ट सेवाहरू प्रदान गर्दछ, वा अनुपातिक क्रेडिट लिन्छ वा उपयुक्त आईटीसीको पचास प्रतिशत लिनका लागि पात्र हुनेछ।
30.07.2017 का दिनसम्म स्टकमा राखिएको इनपुटस्, स्टकमा राखिएको अर्ध-निर्मित, निर्मित मालमा प्रयुक्त इनपुटस् र पुँजीगत वस्तुहरू (निर्धारित प्रतिशत पइन्टद्वारा अवमूल्यित गरिएको) माथि श्री 'क' ले आई.टी.सी. लिने योग्य छ।
श्री 'ख'ले ऐच्छिक पञ्जिकरणका लागि05.06.2017 मा आवेदन गऱ्यो र 22.06.2017 मा उसलाई पञ्जिकरण मिल्यो। श्री 'ख' स्टकमा राखिएको इनपुटस्मा यस तारिखबाट आई.टी.सी. लिने योग्य छ
21.06.2017सम्म स्टकमा राखिएका इनपुटस्, स्टकमा राखिएका अर्ध-निर्मित र निर्मित वस्तुहरूमा प्रयुक्त इनपुटस्मा श्री 'ख' आई.टी.सी. लिने योग्य हुन्छ। पुँजीगत वस्तुहरूमा श्री 'ख' क्रेडिट लिन सक्तैन।
कुनै पञ्जीकृत व्यक्तिद्वारा लिइएको आई.टी.सी. को के हुन्छ, जसले कम्पोजिशन स्किम चुन्छ वा वस्तुहरू वा सेवाहरू वा दुवै जुन ऊद्वारा आपूर्ति गरिन्छ, पूर्ण रूपले छुट मिल्दछ।
पञ्जीकृत व्यक्तिले स्टकका सम्बन्धित आई.टी.सी.को बराबर भुग्तान गर्नु पर्छ। कम्पोजिशन स्किम छानने अथवा छुट पाइएको ठीक एक दिन अघि जुन स्टक हुन्छ, त्यसका अनुसार। पुँजीगत वस्तुहरूका सन्दर्भमा देय राशिको गणना निर्धारित प्रतिशतता पइन्टका अनुसार हुन्छ। यदि इलेक्ट्रोनिक क्रेडिट खातामा पर्याप्त शेष छ भने, तब यसको भुग्तान यस खातामा डेबिट गरी हुन सक्छ, अन्यथा इलेक्ट्रोनिक रोकड खातालाई डेबिट गरेर भुग्तान हुन्छ। यदि इलेक्ट्रोनिक क्रेडिट खातामा कुनै शेष रह्यो भने, तब त्यो समाप्त हुन्छ ।
नयाँ पञ्जिकरणको स्थितिमा, कम्पोजिशनद्वारा सामान्य स्किममा आउनु, छुटद्वारा कराधीन सेवाहरू, यस स्थितिहरूमा यस्ता आपूर्तिका सम्बन्धमा कर बिल निर्गत भएको 1 साल पछि आई.टी.सी. लिन सक्तैन।
यस स्थितिमा दुवै पक्षहरूलाई सूचना दिइन्छ। यदि विषमताको संशोधन भएन भने, तब त्यो मूल्य, जुन महिनामा असङ्गति सूचित भएको छ त्यसको अघिल्लो महिनाको रिटर्नमा प्राप्तकर्ताको उत्पाद देयताहरूमा जोडिन्छ।
होइन, आई.टी.सी. अस्थाइ रूपले 2 महिनाका लागि लिन सकिन्छ। आपूर्ति विवरण, सिस्टमसँग मिलाउन सकिन्छ र असङ्गतिको सूचना आपूर्तिकर्ता र प्राप्तकर्तालाई दिइन्छ। यदि असङ्गति जारी रह्यो भने, तब लिइएको आई.टी.सी. स्वतः फिर्ता हुन्छ।
होइन, यसको उपयोग केवल रिटर्नमा स्व-आकलित आउटपुट करको भुग्तानका लागि हुनेछ।
पुँजीगत वस्तुहरू, प्लान्ट वा मेसिनेरीको आपूर्तिका स्थितिमा जसमा आई.टी.सी. लिइएको छ, पञ्जीकृत व्यक्तिले यसमा लिइएको आई.टी.सी.बाट प्रतिशतता पइन्टको बराबर अवमूल्यन कर जस्तै कि यस सम्बन्धमा निर्धारित गरियोस्, वा यस्ता पुँजीगत वस्तुहरूको विनिमय मूल्यमाथि करको बराबर अवमूल्यन, जुनचाहिँ धेर हुन्छ, त्यती मूल्यको भुग्तान गर्नेछ।
पञ्जीकृत व्यक्ति आई.टी.सी.बाट प्रतिशतता पइन्ट वा विनिमय मूल्यमाथि कर जुनचाहिँ धेर हुन्छ, अवमूल्यन कर भुग्तान गर्नेछ। तर, रिफरेक्टरी ब्रिक्सका सन्दर्भमा, मोल्डुस् र डाईस, जिग्रस र फिक्सचर्स जब स्क्रेपका जसरी आपूर्तित हुन्छ,यस्ता स्थितिमा व्यक्ति विनिमय मूल्यमाथि करको भुग्तान गर्न सक्तछ।
स्रोत: भारत सरकारको केन्दीय उत्पाद व सीमा शुल्क बोर्ड, राजस्व विभाग, वित्त मन्त्रालय
Last Modified : 10/23/2019