साग–सब्जीहरू र त्यसको औषधीय महत्त्व
भूमिका
भिन्डीलाई त शायद कोही होला जो मन नपराउँदो होला। यो शरीरको खजाना हो। भिन्डीमा फेक्टोस हुनाले यो क्षारीय हुन्छ र जिलेटिनको कारणले एसिडिटी, अपचको शिकार मानिसहरूलाई ठण्डक पुर्याउँछ। जुन मानिसहरूलाई पिसाब सम्बन्धित समस्याहरू हुन्छ, उनीहरूलाई डाक्टर खास गरी भिन्डी खान सल्लाह दिन्छन्। भिन्डी स्वास्थ्य र पोषक दुवैमा उच्च छ। यो भिटामिन, फाइबर,एन्टीअक्सिडेन्ट एवम् खनिजको राम्रो स्रोत हो। भिन्डीमा केल्सियम,पोटेसियम, मेग्नेसियम,फास्फोरस, आयरन जस्तो मिनरल्स भरपूर मात्रामा पाइन्छ।
भिन्डीको फाइदाहरू
- भिन्डीमा भिटामिन ए,बी,सी धेरै नै प्रचुर मात्रामा पाइन्छ, यो प्रोटिन र खनिज लवणहरूको एउटा राम्रो स्रोत हो।
- भिन्डी गैस्टिक, अल्सरका लागि प्रभावी दवाई हो।
- मृदुकारी भिन्डी संवेदनशील ठुलो आन्द्राको सतहलाई रक्षा गर्छ। जसले ऐठन रोक्छ। यसको सेवनले आन्द्रामा जलन हुँदैन।
- भिन्डीको काढा खानाले सुजाक, मूत्रकृच्छ, र ल्युकोरियामा फाइदा हुन्छ ।
- बीजरहित ताजा दुइटा भिन्डी प्रतिदिन खानाले श्वेतप्रदर, नंपुसकता, धातु रोक्नमा सहायक हुन्छ।
- यसमा उपलब्ध भिटामिन बी,गर्भलाई बढाउनमा मदद गर्छ र जन्मजात विकृतीहरूलाई रोक्छ।
- मधुमेहमा यसको रेशाले ब्लड सुगरलाई नियन्त्रित गर्छ।
- यसको भिटामिनले सी श्वास रोगहरूबाट बचाउँछ।
- यसको सेवनले राम्रो देखिन्छ,भिन्डीलाई उमालेर, थिचेर यसलाई छालामा केही बेर लगाई राख्ने ।धोएपछि तपाई के पाउनु हुन्छ भने छाला धेरै मुलायम र नरम भएको हुन्छ।
- यसको सेवनले कोलोन केन्सरबाट बचाउँछ। यसको भिटामिन ए म्युकस मेम्ब्रेन बनाउनमा मदद गर्छ,जसने पाचन क्रिया राम्रो गर्छ।
- यसको नियमित सेवनले किडनीको शरीरमा सुधार हुन्छ।
- मोटापालाई दूर राख्छ, धेरैपल्ट शरीरमा भिटामिन्सको कमीले धेरै खाने मन हुन्छ। यसकारण भिन्डीमा उपलब्ध भिटामिन्स त्यसको कमीलाई दूर गरी अनावश्यक भोकलाई मेटाउँछ।
- यसको भिटामिनले हड्डीहरूलाई मजबुत बनाउँछ, यसले रगतको कमीलाई पनि दूर गर्छ।
- कोलेस्टेरोललाई कम गर्छ।
- यसको भिटामिन्सले आँखा, कपाल र इम्युन सिस्टमलाई दरो बनाउँछ।
- यसले गर्मीबाट बचाउँछ।
स्रोत: आयुर्वेद
Last Modified : 11/1/2019
0 ratings and 0 comments
Roll over stars then click to rate.
© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.