मृगौलाले अचानक काम गर्न छोड्नु भनेको के हो ?
मृगौलाले अचानक काम गर्न छोड्ने समस्यामा छोटो अवधि अर्थात् केही घण्टा, दिन वा हप्तामा मृगौलाको कार्यक्षमता कम वा नास हुन्छ । या अस्थायी हुन्छ र प्रायः मृगौला पुरानो अवस्थामा फर्कन्छ ।
केले गर्दा मृगौलाले अचानक काम गर्न छोड्छ ?
मृगौलाले अचानक काम गर्न छोडनका पछाडि धेरै कारणहरू हुन्छन् । ती मध्ये केही कारणहरू निम्न प्रकारका छन् ः
- मृगौलामा रक्तप्रवाह कम हुनुः झाडापखालाका कारण शरीरमा कम पानी हुनु, रगत कम हुनु, रक्तचाप घट्नु ।
- गम्भीर संक्रमण, गम्भीर बिरामी वा कुनै ठूलो शल्यक्रियाको पछाडि ।
- पिसाबको प्रवाहमा अकस्मात अवरोध आउनुः मुत्रनलीमा हुन अवरोधको आम कारण भनेको मुत्रनलीको पत्थरी हो ।
- अन्य कारणहरूः औलो, सर्पदश, केही खास मृगौला रोगहरू, गर्भावस्था, केही औषधीले निम्त्याउने जटिलता वा साइड इफेक्ट ।
मृगौलाले अचानक काम गर्न छोड्ने रोगका लक्षण हरू
मृगौलाले अचानक काम गर्न छोड्ने रोगमा, मृगौलाको कार्यक्षमतामा अकस्मात अवरोध हुन्छ र शरीरमा विषालु पदार्थ जम्मा हुन्छ । त्यसैगरी तरल पदार्थ र इलेक्ट्रोलाइटको सन्तुलन बिग्रन्छ । त्यसैले गदा विरामीहरूमा निम्न लक्षणहरू देखिन्छन् ।
- मृगौला विफल गराउने (जस्तै, झाडापखाला, रगत बग्नु, ज्वरो, आदि) रोगका लक्षणहरू,
- पिसाबको मात्रा कम हुनु (केही बिरामीमा पिसाब कम नहुन सक्छ) ।
- गोलीगाँठो वा खुट्टा सुन्निनु र शरीरको तौल बढ्नु ।
- भोक कम लाग्नु, वाकवाकी हुनु, बान्ता लाग्नु, बाडुली लाग्नु, थकाइ लाग्नु ।
- श्वास रोकिने, छाती दुख्ने, मस्तिष्कले काम गर्न छोड्ने, रगत बान्ता गर्ने र मुटुको धड्कन असामान्य हुने जस्ता गम्भीर र ज्यान लिन लक्षणहरू ।
- मृगौलाले अचानक काम गर्न छोड्ने रोगको प्रारम्भिक चरणमा केही बिरामीहरूमा लक्षण देखिँदन र कुनै अर्कै कारणले रगत जाँच गराउँदा यो रोग थाहा हुन्छ ।
मृगौलाले अचानक काम गर्न छोड्ने रोगको निदान
मृगौलाले अचानक काम गर्न छोडने समस्याका धेरै बिरामीहरूको विशिष्ट लक्षण हुँदन वा कुनै लक्षणै नहुन सक्छ । त्यसैले मृगौलाले अचानक काम गर्न छोडने सम्भावना भएको कुनै पनि अवस्थामा वा लक्षण सम्बन्धी कुनै पनि शंका भएमा तुरुन्त त्यसको निदानका लागि परीक्षण गराइहाल्न पर्छ ।
रक्त परीक्षण (क्रिएटिनिन र युरियाको मात्रा बढ्न), पिसाबको मात्रा नाप, पिसाबको विश्लेषण र अल्ट्रासाउन्डबाट निदानको पुष्टि हुन्छ । मृगौलाल अचानक काम गर्न छोड्ने समस्यामा बिरामीहरूको विस्तृत इतिहास, जाँच र विभिन्न अनुसन्धानहरू गरी कारण, जटिलता र रोगका प्रभावबारे थाहा पाउने कोसिस गरिन्छ ।
मृगौलाले अचानक काम गर्न छोड्ने बिरामीको उपचार
अधिकांश बिरामीहरूको सही व्यवस्थापनबाट मृगौलाले अचानक काम गर्न छोडेको समस्यालाई निको पार्न सकिन्छ । तर मृगौलाले अचानक काम गर्न छोड्ने रोगको उपचारमा ढिलाइ भए ज्यानै जान सक्छ । मृगौलाले अचानक काम गर्न छोड्ने समस्याको व्यवस्थापनका लागि चाल्नुपर्ने प्रमुख कदमहरू
- रोगको कारणको उपचार ।
- इलेक्ट्रोलाइट तथा तरल पदार्थमा सन्तुलन ।
- आहार सम्बन्धी सल्लाह ।
- डायलाइसिस
रोगको कारणको उपचार गने
- मृगौलाले अचानक काम गर्न छोड्ने समस्याको व्यवस्थापनका लागि समस्याको जड कारणको पहिचान र उपचार सबैभन्दा महत्वपूण
- न्यून रक्तचाप, संक्रमण, मुत्रनलीमा अवरोध जस्ता जड कारणका विशिष्ट उपचार ।
- त्यस्ता उपचारले मृगौलालाई थप क्षति हुनबाट जोगाउँछ र अन्ततोगत्वा मृगौलालाई ठीक पार्छ ।
थप उपायहरूः
संक्रमणको उपचार र मृगौलालाई हानिकारक तथा विषालु औषधीहरूबाट बच्ने । थप उपचारः उच्च वा न्यून रक्तचापलाई सुधार गर्ने, वाकवाकी लाग्न र बान्ता हुने समस्यालाई नियन्त्रण गर्ने, रगतको पोटासियम नियन्त्रण गर्ने आदि ।
आहार सम्बन्धी सल्लाह
- सही रूपमा मुख बा¥यो भने अचानक मृगौलाले काम गर्न छोड्ने रोगको लक्षण वा जटिलतालाई रोक्न वा कम गर्न सकिन्छ ।
- तरल पदार्थ नापेर पिउने ः पिसाबको मात्रा र शरीरमा रहेको तरल पदार्थको अवस्थालाई ध्यानमा राखेर तरल प्रदार्थ कति लिने भन्न कुराको योजना बनाउनुपर्छ । गोडा सुन्निने र श्वास फेर्न गाह्रो हुने जस्ता जटिलतालाई रोक्न तरल पदार्थ बार्नु आवश्यक हुन्छ ।
- पोटासियम कम गर्ने ः रगतमा पोटासियमको मात्रा कम गर्न फलफूल, फलफूलको रस, खाने मसला जस्ता पोटासियम युक्त खानेकुरा नखाने । यस्ता खानेकुराले गम्भीर र ज्यानै लिने जटिलता उत्पन्न गराउँछ ।
- नुन कम खाने ः नुन कम खानाले तिर्खा, गोडा सुन्निने र उच्च रक्तचाप तथा श्वास फेर्न गाह्रो हुने जस्ता जटिलता कम गर्न मद्दत गर्छ ।
- पर्याप्त पोषण र क्यालोरीयुक्त खानेकुरा लिने ।
डायलाइसिस
मृगौलाले आफ्नो कार्यक्षमता अनुसार काम नगरेसम्म मृगौलाले अचानक काम गर्न छोड्ने समस्या भएका केही बिरामीहरूलाई छोटो अवधिका लागि डायलाइसिस गर्न आवश्यक हुन सक्छ ।
डायलाइसिस भनेको के हो ?
डायलाइसिस भनेको क्षति पुगेको मृगौलाको कार्यपुर्ति गर्ने एउटा कृत्रिम प्रक्रिया हो । यसले गम्भीररूपमा मृगौलाले काम गर्न छोड्ने समस्या भएका मानिसहरूको जीवन रक्षाको काम गर्छ । डायलाइसिसको सबैभन्दा महत्वपूर्ण कार्य भनेको विषालु पदार्थ र बढी भएको तरल पदार्थ फाली अम्ल र क्षारको गडबडीलाई सुधार गर्ने हो । डायलाइसिसका दुइवटा मुख्य प्रकार छन् ः हेमोडायलाइसिस र पेरिटोनियल डायलाइसिस । मृगौलाल अचानक काम गर्न छोड्ने समस्या भएका बिरामीलाई उचित उपचार भयो भने मृगौलाले फेरि पूर्णतया काम गर्न थाल्छ । डायलाइसिसको आवश्यकता केही दिनको लागि मात्र हुन्छ, तर डायलाइसिस गर्न ढिलाई भयो भने ज्यानै जान सक्छ ।
मृगौलाले अचानक काम गर्न छोड्ने बिरामीलाई कहिल डायलाइसिस गर्नु पर्छ ?
- औषधी उपचार गर्दा पनि बारम्बार बान्ता भएमा
- श्वास फेर्न गाह्रो भएमा
- अत्यधिक शरीर सुन्निएमा
- पिसाब पुरै बन्द भई राखेमा
- शरीरमा पोटासियमको मात्रा वृद्घि भई मुटुलाई असर गरेमा
- शरीरमा अम्लपन अत्यधिक भएमा
मृगौलाले अचानक काम गर्न छोड्दा कति समयसम्म डायलाइसिस गरी रहनु पर्दछ ?
- मृगौलाले अचानक काम गर्न छोड्ने समस्या भएका बिरामीहरूलाइ मृगौलाको कार्यक्षमता पहिलेकै अवस्थामा नआएसम्म डायलाइसिस गर्नुपर्छ ।
- मृगौलाले अचानक काम गर्न छोड्ने समस्या भएका बिरामीहरू १ देखि ४ सातामा ठीक हुन्छन्, त्यति समय सम्म डायलाइसिस गनुपन पनि हुन सक्छ ।
- मृगौलाले अचानक काम गर्न छोड्ने समस्या हुँदा डायलाइसिसका उपचार प्राय अस्थायी रूपमा गरिन्छ किनभने अधिकांश बिरामीका मृगौला उपचार पछि ठीक हुन्छन् ।
मृगौलाले अचानक काम गर्न छोड्ने समस्याको रोकथाम
- यस्ता बिरामीहरूको मृगौलाको कार्यक्षमतामा समस्या आउन सक्न सम्भावित कारणको समयमै उपचार गर्ने र बारम्बार मृगौलाका परीक्षण गर्ने ।
- रक्तचाप धेरै कम भएमा त्यसको तुरुन्त उपचार गर्ने ।
- संक्रमण र पिसाबको मात्रा कम भएको समस्यालाई तत्काल उपचार गर्ने ।
स्रोत : Kidney Education Foundation