हाम्रो शरीरमा सन्तुलन कायम गर्न हाम्रा मृगौलाले धेरै काम गर्दछन् । तिनले विषालु पदार्थलाई छानेर पिसाबबाट बाहिर फाल्छन् । तिनले पानी र सोडियम, पोटासियम तथा क्याल्सियम जस्ता इलेक्ट्रालाइटको मात्रालाइ सन्तुलित राख्छन् । तिनले अम्ल र क्षारको सन्तुलनलाई कायम गर्दै बढी भएको अम्ल र क्षारलाई बाहिर फाल्छन् । यही काम गर्ने तिनको क्षमतामा कमी आयो भने मृगौलाले काम गर्न छोडेको वा मृगौला विफल भनिन्छ ।
दुवै मृगौलाले काम गर्न छोड्यो भने रगतमा विषालु पदार्थ जम्मा हुन थाल्छ । रगतमा क्रिएटिनिन र युरियाको मात्रा बढ्न थाल्छ । रगतमा क्रिएटिनिन अलिकति बढ्यो भने पनि मृगौलाको कार्यक्षमतामा ठूलो ह्रास हुन्छ । क्रिएटिनिनको मात्रा १.५ मिलिग्राम प्रति डेसिलिटर मात्र भयो भन पनि यसले मृगौलाको कार्यक्षमतामा ५० प्रतिशत भन्दा बढी ह्रास आएका संकेत गर्दछ ।
मानिन्न । दुईवटा मृगौला मध्ये एउटा बिग्रियो वा काम गर्न छोड्यो भन मृगौलाको समग्र कार्यक्षमतामा कुनै उल्लेख्य प्रभाव नपर्न सक्छ । बचेका एउटा मात्र मृगौलाले दुईवटै मृगौलाको कार्यभार एक्लै सम्हाल्न सक्छ ।
मृगौलाले काम गर्न छोड्ने समस्या अचानक वा दीर्घकालीन प्रकृतिका हुन सक्छ ।
मृगौलामा अचानक खराबी भएमा छोटो अवधि भित्रै अर्थात् केही घण्टादेखि केही दिनभित्रै मृगौलाको कार्यक्षमता कम हुन्छ । यस प्रकारले मृगौलाल काम गर्न छोड्ने समस्या प्राय अस्थायी हुन्छ । सही उपचार भयो भन अधिकांश बिरामीको मृगौलाको कार्यक्षमता पहिलेकै सामान्य अवस्थामा फर्कन्छ ।
केही महिनादेखि वर्षसम्म निरन्तर रूपमा मृगौलाको कार्यक्षमता नास हुँदै पहिलेको अवस्थामा फर्किन नसक्ने समस्यालाई मृगौलाको दीर्घरोग भनिन्छ । मृगौलाको कार्यक्षमता ह्रास हुँदै गई मृगौलाले पूर्णतय काम नगर्ने चरणसम्म पुग्न सक्छ । रोगको यो सबैभन्दा खराब र ज्यान लिन अवस्थालाई अन्तिम अवस्थाको मृगौला रोग भनिन्छ ।
स्रोत : Kidney Education Foundation
Last Modified : 10/23/2019