हरेक दोस्रो सेकेन्डमा कुनै न कुनैलाई रगतको आवश्यकता हुन्छ। तपाईको रगत एक समयमा एकभन्दा अधिक जिन्दगी बचाउनमा सहायता गर्छ। दुर्घटनाग्रस्त, पीडित, अविकसित नानी, जटिल अपरेसनमा सुतेका बिमारीहरूलाई पुरै रगतको आवश्यकता हुन्छ, जहाँ जाँचको पछि तपाईको रगत प्रत्यक्ष रूपमा प्रयोग हुन्छ। मानसिक आघात, रगतको कमी र अन्य शल्य चिकित्साका लागि बिरामीहरूलाई मात्र रातो रगत कणिकाहरूको आवश्यकता हुन्छ जो तपाईको रगतबाट अलग हुन्छ।
रक्तदानका लागि सुझाव
- रक्तदान गर्नु भन्दा 3 घण्टा पहिले पौष्टिक भोजन खाने।
- रक्तदानको पछि दिइने नाश्तालाई स्वीकार गर्ने किनकि तपाईले त्यो लिन महत्त्वपूर्ण छ। यसको पछि तपाईलाई राम्रो खाना खाने सल्लाह दिइन्छ।
- रक्तदानभन्दा पहिले धूम्रपान नगर्ने। रक्तदानको 3 घण्टापछि तपाई धूम्रपान गर्न सक्नु हुन्छ।
- यदि 48 घण्टा पहिले तपाईले एल्कोहल लिनु भएको छ भने तपाई रक्तदान गर्नका लागि योग्य हुनुहुन्न।
रक्तदानको बारेमा गलत धारणाहरू
- ‘’रक्तदानको पछि म कमजोरी र थकाई महसुस गर्नेछु’’- तपाई कमजोरी र थकाई महसुस गर्नु हुने छैन यदि तपाई लगातार द्रव्य र राम्रो भोजन लिनुहुन्छ भने।
- ‘’म अफ्नो दैनिकीको गतिविधिहरू गर्न सक्दिनँ’’- तपाई आफ्नो दैनिकीको गतिविधिहरू गर्न सक्नु हुन्छ, यद्दपी तपाईलाई बचावको सल्लाह दिइन्छ।
- ‘’मेरो रगत कम हुन्छ’’- यदि डक्टरद्वारा तपाईलाई दानका लागि उपयुक्त ठहर गरिएको छ, भने रक्तदानको पछि पनि तपाईको रगत अधिक हुन्छ।
- ‘’म रक्सी पिउन सक्दिनँ’’- तपाई अघिल्लो दिन पिउन सक्नु हुन्छ।
- ‘’रक्तदान गर्नु दर्दनाक हुनेछ’’- होइन, तपाई दर्द महसुस गर्नु हुने छैन।
- ‘’म बेहोशी महसुस गर्नेछु’’- रक्तदानको पछि न त तपाई बेहोशी महसुस गर्नु हुनेछ र न त असजिलो।
- ‘’मलाई एड्स हुन सक्छ ’’- होइन, सुनिश्चित गर्नुहोस् कि डिस्पोजेबल सिरिन्जको प्रयोग भएको हुन्छ र तपाईलाई कीटाणुमुक्त राखने सबै उपाय अपनाइएको हुन्छ।
- ‘’मेरा रगत धेरै आम छ। मलाई लाग्दैन कि यसको माग हुनेछ’’- यस कारण तपाईको रगतको माग अन्य रगतभन्दा अधिक हुन्छ।
रक्तसित जोडिएको तथ्य
- रगत जीवनलाई बनाइएको राखने द्रव्य हो जो शरीरको धमनीहरू, हृदय र नसिकाहरूमा प्रवाहीत भई रहन्छ।
- रगतको माध्यमले शरीरको भित्र पोषण, इलेक्ट्रोलाइट, हार्मोन, भिटामिन, एन्टीबडी, ऊष्मा र अक्सिजेन पुग्छ।
- रगत शरीरबाट अपशिष्ट तत्व र कार्बनडाई अक्साइडलाई निकाल्छ।
- रगत संक्रमणसित लड्दछ र घाउलाई सुकाउन मदद गर्छ र यस अनुसार तपाईको स्वास्थय सही राख्छ।
- तपाईको शरीरमा वजनको 70 प्रतिशत रगत हुन्छ।
- एक नवजातको शरीरमा करिब एक कप रगत पाइन्छ।
- शरीरमा कुनै पनि प्रकारको संक्रमणको खिलाफ सबैभन्दा पहिलो अवरोध श्वेत रक्त कणिकाहरू नै हुन्छन्।
- ग्रेनुलोसाइट नामक श्वेत रक्त कणिकाहरू रक्त कोशिकाहरूको भित्ताहरूको साथ बग्छ र विषाणुलाई खोजी गरी तिनीहरूलाई नष्ट गर्छ।
- रातो रक्त कणिकाहरू शरीरको अङ्गहरू र कोशिकाहरूसम्म अक्सिजेन पुर्याउँछ।
- दुई थोपा रगतमा करिब एक अरब रातो रक्त कणिकाहरू हुन्छन्।
- रक्त प्रवाह तन्त्रमा रातो रक्त कणिकाहरू करिब 120 दिनहरूसम्म जिउँदो रहन्छ।
- प्लेटेलेट खुनलाई जमाउनेमा मददगार हुन्छ र ल्युकेमिया र केन्सरका बिमारीहरूलाई बाँच्ने अवसर दिन्छ।
हेर्नुहोस् भारत ब्लड बेङ्क रगतसित जोडिएको तथ्यहरूको बारेमा बढी जान्नका लागि
रक्तदान किन गर्ने?
रगत त्यो सजीव द्रव्य हो जसमा पुरै जीवन टिकेको हुन्छ। यसको 60 प्रतिशत द्रव्य र 40 प्रतिशत ठोस हुन्छ। द्रव्यलाई प्लाज्मा भनिन्छ जसमा 90 प्रतिशत पानी र 10 प्रतिशत पोषक तत्व, हार्मोन इत्यादि हुन्छ र यो भोजन दवाईहरू आदिले धेरै छिटो बनाउँछ। तर रगतको ठोस हिस्सा, जसमा आरबीसी, डब्लूबीसी र प्लेटेलेट हुन्छ , त्यसनाई पुन: बनाउनमा धेरै समय लाग्छ।
यहाँ तपाईको भूमिका बन्दछ, जति समय एक बिरामीलाई यी तत्वहरू फिर्ता पाउनमा लाग्नेछ, त्यसमा उसको ज्यान जान सक्छ । कहिले-काही शरीरको अवस्था यिनीहरूलाई फिर्ता लिने स्थितिमा पनि हुँदैन, नाजुक हुन्छ।
तपाई के जान्नु हुन्छ भने रगत उत्पन्न गर्न सकिँदैन, मात्र यसको दान सम्भव छ। अथवा मात्र तपाई त्यो व्यक्तिलाई बचाउन सक्नु हुन्छ जसलाई रगतको जरूरत छ।
हरेक वर्ष भारतलाई 250 सीसी रगतको 4 करोड युनिटको जरूरत हुने गर्छ जसमध्ये मात्र 5 लाख युनिट नै उपलब्ध हुने गर्छ।
रक्तदानसित जोडिएका महत्त्वपूर्ण संस्थान्हरूको सूची
- फ्रेन्डसपोर्ट
- इन्डियनब्लड डोनर
- हायदरवाद ब्लड डोनर
- जीवन ब्लड बेङ्क एन्ड रिसर्च सेन्टर
- ब्लड डोनेसन
- अमेरिकन एसोसिएसन अफ ब्लड बेङ्क्स
- रेडक्रस
- ब्लड अनलाइन
- भारत ब्लड बेङ्क
- संकल्प ब्लड डोनेसन अर्गेनाईजेसन