यसलाई स्थानीय उपचार विधि पनि भनिन्छ । यी ग पिच्छे वा संस्कृतिपिच्छे आआफ्ना खालका हुन्छन्। स्व उपचारविधि धेरै पुस्तामा आइपुग्दा फेरिएका पनि छन्। स्थ्य समस्या समाधानका ला। परम्परागत उपचारविधिम ग प्रयोगमा ल्याइने यी बिरामीका उपचार गर्ने तरिकामा मालिस गर्ने, जडीबुटी खान दिने आदि पर्छन्। परम्परागत औषधिउपचार विधि, त्यसमा पनि कतिपय घरेलु विधिले राम्रो प्रभाव पार्न सक्छन्। केही परम्परागत औषधि हानिकारक वा खतरनाक पनि छन्। कतिपय स्वास्थ्य समस्याहरू घरेलु तरिकाबाट निको पार्न सकिन्छ तर तिनकै भरमा बस्नचाहिँ हुँदैन ।
यस प्रकारको उपचार विधि स्वास्थ्य समस्याको उपचार गर्न वैज्ञानिक परीक्षण, कारखाना उत्पादित औषधिहरू र शल्यक्रियामाथि भर पर्छ।
ठीक ढङ्गले प्रयोग गरेमा आधुनिक औषधिहरूले जीवन बचाउन सक्दछन्, र, आकस्मिक अवस्थामा आधुनिक औषधि प्रायशः सर्वोत्तम हुन्छन्। उदाहरणका निम्ति, यदि कुनै महिलालाई सुत्केरी भएपछि अत्यधिक रक्तश्राव भयो भने, रगत रोकथाम गर्ने जडीबुटी गाउँठाउँमा पाइएलान् तर आधुनिक औषधिले अझ राम्ररी र छिटो काम गर्दछन्। यसकारण रक्तश्राव भइरहेकी महिलाको ज्यान जोगाउन आधुनिक औषधि नै बढी भरपर्दा हुनसक्छन्।
अधिकांश आधुनिक औषधि सावधानीपूर्वक वैज्ञानिक परीक्षण गरिएका हुन्छन्। समस्याको उपचार गर्न आधुनिक औषधि प्राय धेरै प्रभावकारी हुन्छन्। कतिपय ठाउँमा भने यी उपचार प्रणाली प्राय महँगा हुन्छन्, केहीले अनिच्छित असरहरू गर्छन् र कतिपय ठाउँमा त नचाहिएको ठाउँमा पनि प्रयोग गरिन्छन् त्यसैले आवश्यक नभएका अवस्थामा औषधि प्रयोग गर्नाले वा अत्यधिक प्रयोग गनाले स्वास्थ्यसम्बन्धी गम्भीर समस्या पैदा हुन सक्छन्। उदाहरणका लागि केही मानिसहरू के ठान्छन्। भने सुईबाट दिइने औषधि रामवाण हो । तर धेरै अवस्थामा औषधिहरू किन आवश्यक सुइहरूको माध्यमबाट हुन्छ । कैयन्। पर्दैन राम्ररी बुझाउनुहोस् ।जीवन बचाउन सक्छन् तथापि चाहिँदा मात्र तिनको प्रयोग उचित तरिकाले गर्नु पर्दछ।
यस पुस्तकमा मुख्यतः आधुनिक औषधिहरूका बारेमा उल्लेख गरिएको छ । त्यसको मूख्य कारण के हो भनेसंसारका अधिकांश भागहरूमा आधुनिक औषधिहरू पाइन्छन्। हामीलाई संसारभरि प्रचलनमा रहेका लाखौ प्रकारका जडीबुटी र उपचार विधिहरूका बारेमा पर्याप्त जानकारी पनि छैन र तिनको प्रयोगबारे व्याख्या गर्ने यस पुस्तकमा पर्याप्त स्थान पनि छैन । तर यो पुस्तक पढेपछि स्वास्थ्यकर्मीहरूले केही स्थानीय रूपमा प्रयोग गर्ने जस्तो नीम, तितेपाती आदिको बारेमा छलफल गर्न सक्छन्।
कुनै पनि (परम्परागत वा आधुनिक) औषधि दिनुअघि, त्यो सुरक्षित र महिलाको समस्या समाधान गर्छ भन्नेमा तपाई विश्वस्त हुनु पर्दछ । यो कुरा एकदमै ठीक छ भनेर निश्चित हुन तलका प्रश्नका बारेमा विचार गर्नु र अरूलाई पनि सोध्नु) पर्दछ
यसलाई कुनै उपचारका लागि पहिलोपटक प्रयोग गर्दै हुनुहुन्छ भने, यसलाई मात्र प्रयोग गर्नुहोस्, अरू औषधि/उपचारसँग मिसाएर नगर्नुहोस्। यसो गर्दा यसले काम गरेको /नगरेको र समस्या पैदा गरेको / नगरेको थाहा पाउन सकिन्छ । सुरक्षित तरिकाले औषधि प्रयोग गर्ने बारेमा थप जानकारी यसै किताबमा पनि छ ।
दुखको कुरा हो, कुनैकुनै बैद्यहरू र स्वास्थ्यकर्मीहरू स्वास्थ्य सेवालाई पैसा कमाउने धन्धा हो भनेर ठान्छन् । यस्ताले, पैसा कमाउन, आवश्यक नभएको उपचार गर्नुपर्ने सल्लाह समेत दिन सक्छन्। आफूलाई बिरामीले दिएको सम्मानको दुरूपयोग गरेर तिनीहरूले वास्तवमा कामै नलाग्ने जडीबुटी र औषधि बेच्दछन्।
औषधिका निर्माण र विक्रीवितरणमा संलग्न केही कम्पनीहरू पनि अरूलाई भ्रममा पार्छन्। औषधि निर्माण कंपनीहरूले यस्तो बेकाइदा गर्दा संपूर्ण समुदाय नै खतरामा पर्न सक्छ। उदाहरणका लागि ६० को दशकमा एली लिली' नाम गरेको अमेरिकाको एउटा औषधि कंपनीले डाइ-इथाइलस्टिवेष्ट्रोल नाम गरेको औषधि उत्पादन गरे । यो औषधिले गर्भ तुहिन दिँदैन भनियो । तर, त्यो औषधिले वास्तवमा, गर्भ तुहिन नदिनमा फाइदा नगर्ने कुरा पछि प्रमाणित भयो । बरु, उल्टो यो प्रयोग गर्ने गर्भवतीका जन्मने बच्चामा अनेक रोग र क्यान्सर पो भयो । एली लिलीलाई यो औषधि प्रयोग गर्दा त्यस्ता समस्याहरू आउन सक्छ भन्ने थाहा थियो तर उसले त्यो औषधि बेची नै रहयो । तर नेयालमा धन्न त्यो औषधि आउन याएन । अमेरिकामा त्यो औषधि गैरकानुनी घोषित भइसकेपछि, अन्य देशहरूमा भने त्यसको वितरण गर्ने काम भइरहेको थियो ।
केही पनि गर्ने पर्ने अवस्थाबारे थाहा पाउनुहोस् यस पुस्तकमा हामी मुख्यत स्वास्थ समस्य धेरै मामिलाहरूमा सुत्केरी व्यथा लागेकी म को समाधानका बारेमा कुराकानी गर्दैछौं । यो निकै महत्त्वपूर्ण छ। तर हेलाका निम्ति गरिने सर्वोत्तम सहयोग भनेको उनलाई ढाडस दिनु पनि हो । स्वस्थ महिलाले स्वस्थ तरिकाले बच्चा जन्माउँछन्। सुत्केरी हुँदा धेरै जनालाई कुनै पनि औषधिको खाँचो पर्दैन । त्यसैले अनावश्यक विधिहरू अपनाउँदा गम्भीर समस्याहरू पैदा हुन सक्छन्। सबैकुरा ठीकठाक ढङ्गले भइरहेका छन् भने, सहजरूपमा पर्खनुहोस् र हेर्नुहोस् । सहयोग गर्नुपर्ने अवस्थाबारे थाहा पाउनुहोस् मातृशिशु स्वास्थ्य सहयोगी वा कुनै स्वास्थ्यकर्मी आफू जतिसुकै सिपालु भएपनि,
कुन बेला मेडिकल (औषधिउपचार) सहयोग उपलव्ध गराउनुपर्छ, कतिबेला अर्को मातृशिशु स्वास्थ्य कार्यकर्तालाई सहयोगीका रूपमा तयार राख्नुपर्छ वा कतिबेला चिकित्सककहाँ वा स्वास्थ केन्द्रमा पठाउनु पर्छ भन्नेतर्फ हरेक मातृशिशु स्वास्थ्य सहयोगीले थाहा पाउनै पर्छ । उनको कामको अनुभवसँगै यी अवस्थाको पनि अनुभव हुँदै जान्छ। कुनै महिलालाई आन्तरिक रक्तस्राव (haemorrhage), सङ्क्रमण, वा प्रि इक्ल्याम्पसिया pre-eclampsia GTRIT TRITĒT G स्वाथ्यकर्मी सहयोग लिनुपर्छ। यस्ता मामिलामा जति छिटो गरिन्छ त्यति बिरामी न्छ। उदाहरणका निम्ति, सुत्केरी व्यथा धेरै लम्बिने जस्तो लागेमा ठीक हुन्छ र घर ज नकारी हुनासाथ ढिलो नगरी डाक्टर र अन्य स्वास्थ्य केन्द्र धेरै ट गर्नु पर्दछ । जेपाल सरकारले अहिले सबै गर्भवती महिलालाई स्वास्थ्य केन्द्रमा गएर ढा छ भने, सुत्केरी को अवस्था गम्भीर हुनुअघि यात्राको सुरुआत
स्वास्थ्य केन्द्र वा अस्पतालभन्दा टाढा रहेका मातृशिशु स्वास्थ्य सहयोगीहरूले स्वास्थ्य केन्द्र वा अस्पतालमा गरिने कतिखेर केकस्तो सहयोग सुत्केरी गराउज भजेर विशेष नीति ल्याएको पनि छ, तर कतिपय ठाउँमा त सामान्य औषधिहरू र सुत्केरी सुताउने खाट पनि हुँदैन । लिनुहोस् उपचारहरू पनि गर्नुपर्ने हुन्छ, किनभने बिर महिलालाई तत्काल उपचारको आवश्यकता परेको हुन्छ । उदाहरणका लागि, कुनै अस्पत लभन्दा टाढ | मूच्छ परिन् भने ती महिलालाई म का गाउँमा कुनै महिला प्रि इकल्यामसियाका कारणबाट तृशिशु स्वास्थ्य सहयोगीले म्याग्नेसियम सल्फेट दिनुपर्छ। यो औषधि घरमा दिनु सामान्यतया सुरक्षित हुँदैन । त्यसपछि ती महिलालाई तुरुन्तै स्वास्थ्य केन्द्रमा लैजानु पर्दछ ।
मातृशिशु स्वास्थ्य सहयोगीले स्वास्थ्य समस्याका तत्कालीन कारणहरू पत्ता लगाई उपचार गर्नु पर्दछ । उदाहरणका लागि, एक पटक फेरि निरा र सरिताको कथा सम्झनुहोस्। सरितालाई थकाइ लागिरहने तत्कालीन कारण रक्तअल्पता' थियो । यदि लौहतत्व प्रशस्त भएका खानेकुरा वा लौहतत्वका चक्की खाएमो रक्तअल्पता संभवतः ठीक हुन सक्छ भन्ने कुरा निरालाई थाहा भएकाले उनले मद्दत गर्न सकिन्। त्यसरी नै आकस्मिक अवस्थामा कसरी सहयोग गर्ने भनेर थाहा भएपछि महिलालाई सहयोग गर्न सकिन्छ ।
तत्कालीन कारणहरूको उपचार गर्नु धेरै महत्वपूर्ण कुरा हो । तर कतिपय अवस्थामा तत्कालीन कारणहरूको उपचार गरेर मात्र समस्याको समाधान हुँदैन । केही समयपछि बल्झन सक्छ वा त्यसले समुदायका अरू सदस्यहरूलाई प्रभावित पार्न सक्छ। धेरै कारणका परिणामका रूपमा देखा पर्छन्। लौह-तत्वको कमी वा जीवाणुहरू आदि प्रत्यक्ष कारण हुन् भने अप्रत्यक्ष मूल कारणहरू सामाजिक, आर्थिक, वा राजनीतिक हुन सक्छन्। ती मूल कारणहरू पत्ता लगाएर मात्र त्यस्ता समस्या पुनः बल्झन नसक्नेगरी रोकथाम गर्न सकिन्छ ।
सरिताको जस्तो महिलालाई गर्भावस्थामा रक्तअल्पता हुने धेरै कारणहरू छन्। यी कारणहरू किन होला भनेर छलफल गरौ ।
सबै प्रश्नहरूका उत्तर सजिलो हुँदैन । तिनीहरूका बारेमा पनि छलफल चलाउनु पर्ने हुन सक्छ। जस्तो सरिताको कथा परिवारलाई राम्ररी समस्या बुझाएर, छलफल गरेर समस्या समाधान गर्न सकियो ।
यसरी केही समयसम्म किन भनेर हरेक व्यक्तिलाई प्रश्न गरिरहियो भने, सरिता जस्तै अरूलाई रक्तअल्पता हुने धेरै कारणहरू पत्ता लगाउन सकिन्छ । यो अभ्यासले सरितालाई मात्र यो समस्या भएको नभएर गाउँका अधिकाशं महिलाहरूलाई पनि यही समस्या रहेको देखाउँछ। धेरै ठाउँमा गरिव संमुदायहरूका निम्ति रक्तअल्पता एउटा समस्याका रूपमा देखिएको छ ।
स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका
Last Modified : 3/4/2020