व्यायामले महिलाको शरीरलाई बलियो बनाउँछ । गर्भवती अवस्थामा, व्यायाम गर्नाले बेथा लाग्दा र बच्चा जन्माउँदा उनको शरीरलाई तयार हुन सहयोग गर्छ । व्यायामले महिलालाई शक्ति र स्फूर्ति ल्याउन सहयोग गर्छ । तर धेरै कडा परिश्रम भने गर्नु हुँदैन । धेरै महिलाका लागि पानी बोक्दा, खेतबारीमा काम घरबेसी हिँड्डुल गर्दा नै व्यायाम हुनसक्छ। बसेर वा उभिएर काम गर्ने (कार्यालय, पसल वा कारखाना) वा दिनभरि घुमफिर नगरी काम गर्ने महिलालाई थप कसरत/व्यायामको आवश्यक पर्छ । तिनीहरूले हिड्डुल गर्ने, नृत्य, शारीरिक काम गर्ने, वा घुमफिर गर्ने गर्नुपर्छ ।
यस व्यायामले कोखा वा प्रजनन अङ्गका स्थल र योनिमार्गका मांशपेशीलाई बलियो बनाउँछ ।
पाठेघर वरिपरिका मांशपेशीहरू बलियो बनाउने व्यायाम गर्नाले निम्न कुरामा सहयोग पुग्छ :
यो व्यायाम पिसाब गर्ने बेला सिक्न सकिन्छ । पिसाब लागेका बेला पिसाब रोकिने गरी योनिमार्गका मांशपेशी खुम्चाउनु पर्छ। यो व्यायाम एकपटक मांशपेशी कसरी खुम्चाउने भनेर सिकेपछि पिसाब नआएका बेला पनि गर्न सकिन्छ । यसलाई किगल व्यायाम भनिन्छ । पाठेघर वरपरका मांशपेशीहरू बलियो बनाउने व्यायाम गर्भवती अवस्थामा मात्र होइन अरू बेला पनि फाइदाजनक हुन्छ । यदि सम्भव छ भने दिनमा कम्तीमा २०-२५ पटक यो व्यायाम गर्नुपर्छ । यो व्यायाम गर्दा एक पटकमा कम्तीमा १० पटक मांशपेशी खुम्च्याउदै फुकाउँदै गनुपर्छ ।
पर्याप्त आराम र निद्राले महिलालाई बलियो रहन र रोगको रोकथाम गर्न सहयोग गर्छ । पर्याप्त आराम गर्दा उच्च रक्तचाप, र अन्य स्वास्थ्य समस्याको आफै रोकथाम पनि हुन्छ । अधिकांश महिलाहरू दिनभरि खेतबारी, कारखाना तथा पसलमा काम गर्ने गर्छन्। तिनले पानी भर्ने, दाउरा खोज्ने, ढिकी जाँतो गर्ने, पकाउने, सफाइ गर्ने जस्ता काम र तिनका परिवारको हेरविचार पनि गर्नुपर्ने हुन्छ । यी सबै कामले गर्दा उनीहरूलाई कठिनाइ परिरहेको हुन्छ। यस्तो बेला महिला गर्भवती भएका अवस्था समेत पर्याप्त आराम लिनुपर्छ। परिवारका अरु सदस्यले बुझिदिए राम्रै भयो, नत्र गर्भवती महिला आफै पनि परिवारलाई एक वा दुई घण्टाको गर्न दिनु किन ज्यादै महत्वपूर्ण छ भनी उनका परिवारलाई बुझने गरी स्वास्थ्यकर्मीले र समुदायका जान्नेसुन्नेहरूले सम्झाउनु पर्छ ।
यदि महिलाले पर्याप्त भोजन, आराम, हेरविचार प्राप्त गर्न सकिन् भने गर्भवती अवस्था रमाइलो गरी बित्छ। धेरै गाउँठाउँमा, गर्भवती महिलालाई माया गर्ने चलन हुन्छ। परिवारले उनको काममा सहयोग गर्ने गर्छन्, उनलाई विशेष परिकारका खानेकुरा दिन्छन् र विभिन्न प्रकारका उपहार पनि ल्याउने गर्छन्। यस्ता परम्पराहरूले महिलालाई आवश्यकता परेका खाना र आराम प्राप्त गर्न सहयोग गर्छ र उनको मन पनि प्रसन्न टुं2-2\ रहन्छ ।
औषधि, लागू र विषालु रसायनको प्रयोग गरिनु कुनै पनि व्यक्तिका लागि स्वस्थकर होइनन्। यस्ता पदार्थहरू गर्भवती र स्तनपान गराइरहेका महिलाका लागि झन् हानिकारक हुन्। त्यसमाथि ३ महिनाभित्रका गर्भवतीका लागि साह्रै नै हानिकारक छन्। यसकारण गर्भवती महिलाले निम्न कुरामा ध्यान पुयाउनु पर्ने हुन्छ भनी
गर्भवती महिलाले कुनै पनि बिरामी व्यक्तिसँग नबसेकै बेस हुन्छ। त्यति भए उनलाई बिरामीको रोग सर्न पाउँदैन । केही रोगहरू खासगरी गर्भवती महिला वा उनका बच्चाका लागि खतरनाक हुन्छन्। रुबेला (जर्मन दादुरा) बच्चालाई जन्मजात खोर्ट वा अपाङ्गता लगायत बहिरोपना वा मुटुसम्बन्धी समस्या पनि गराउन सक्छ ।
गर्भवतीले लिएका औषधि उनको रगतबाट गर्भेशिशुमा पुग्ने भएकाले गर्भवती तथा स्तनपान गराइरहेका महिलाले सकेमा औषधि प्रयोग गर्नु हुँदैन । महिला र बलबालिकाका लागि सुरक्षित मानिएका औषधि गर्भशिशुका लागि खतरनाक पनि हुन सक्छन्। कफसिरप (खोकीका औषधि), पीडानाशक, आधुनिक औषधि तथा जडिबुटी सबै नै हानिकारक हुनसक्छन्। तीमध्ये केही औषधिले अपाङ्गता भएका शिशु जन्मन सक्दछन्।
भरिसक्य, गर्भवती र स्तनपान गराइरहेका महिलाले औषधि प्रयोग गर्नु हुँदैन । आवश्यक नै परेमा पनि कुन् सुरक्षित छन्, सो थाहा पाउनु पर्छ । तर कसैलाई समस्या जस्तो क्षयरोग, मानसिक रोग, छारेरोग छ भने डाक्टरको सल्लाहले सुरक्षित औषधि प्रयोग गर्न सकिन्छ । प्राय गाउँधरमा जडिबुटी पनि प्रयोग गरिन्छ। तिनले महिलालाई र तिनको गर्भको शिशुलाई कति बेफाइदा पनि गर्नसक्छन् भन्नेचाहिँ थाहा हुँदैन । गर्भवती अवस्थामा असर थाहा नहुने ओखतीहरू त्यत्तिकै खान र प्रयोग गर्न हुँदैन ।
यस पुस्तकमा उल्लेख भएका अधिकांश औषधि गर्भवती वा स्तनपान गराइरहेका अवस्थामा खान वा प्रयोग गर्न सुरक्षित छन्। असुरक्षित हुने औषधिका बारेमा यस अवस्थामा प्रयोग गर्न नहुने वा खतरनाक हुने कुराको सावधानी चिन्ह दिइएको छ। यद्यपि सुरक्षित भनिएका औषधि पनि आवश्यक पर्दा मात्र लिनु पर्छ। आराम, झोलिलो र पोषणयुक्त खानाले समस्याको समाधान सजिलो सित गर्न सकिन्छ।
धूमपान, मद्यपान र अन्य लागू पदार्थ सेवन गर्नु हानिकारक हो । यदि कुनै गर्भवती महिलाले धूमपान, मद्यपान वा लागू पदार्थ सेवन गरिन् भने - ती पदार्थमा हुने हानिकारक तत्व महिलाको रगतबाट हुँदै गभेशिशुको शरीरमा पनि पुग्छ। धूमपानले स्वास्थ्यमा नराम्रो असर पार्छ। यसले क्यान्सरलगायत गम्भीर समस्या ल्याउँछ। धूमपान गर्ने वा अरूले गरेको धूमपानको धूवाँमा सास फेर्ने गर्भवती महिलाको रक्तनली स-साना बन्दै जान्छन्। साना रक्तनलीहरूबाट गर्भमा रहेका शिशुलाई आवश्यक मात्रामा हावा वा खाना पुग्न पाउँदैन । यस्तो अवस्थामा यस्ता महिलाको बच्चा सानो वा रोगी नै भएर जन्मने सम्भावना बढी हुन्छ ।
मद्यपान पनि सबैका लागि खतरनाक हुन्छ। अत्याधिक मद्यपानले कलेजोसम्बन्धी समस्या लगायत धेरै प्रकारका रोग उव्जने अवस्थामा तयार गर्छ । गर्भवती महिलाले मद्यपान गरिन्। भने जन्मजात खोटयुक्त वा सुस्तमनस्थिति भएका बच्चा जन्मन सक्छ। केही लागु पदार्थ जस्तै अफिम, हेरोइन कोकेन र निद्रा लगाउने र लठ्याउने औषधि, ज्यादै लत बसाउने र खतरनाक हुन्छन्। यसरी नै औषधिको लत लागेकी महिलाबाट जन्मने बच्चा पनि औषधिको लत लागेको वा अन्य स्वास्थ्यसम्बन्धी समस्या भएको जन्मन्छ । ಶ್ಗ शरीरमा पनि पुग्छ ।
मद्यपान तथा लागु पदार्थ सेवन गर्ने महिलालाई कसरी लत छुटाउन सकिन्छ भन्ने महिला स्वास्थ्य सहयोगीले, पत्ता लगाउन सक्छन्। तिनलाई त्यस्तो बानीबाट उनी आफू र उनका सन्तानलाइ नराम्रो असर पर्न सक्छ भनी राम्ररी सम्झाइयो भने उनले ती बानी छोड्न सक्छिन्। उनलाई र परिवारल सम्झाई बुझाई गरेर यो बानी कम गराउन सकिन्छ । गाउँघरमा मद्यपान वा लागू औषधि छोडाउने काममा संलग्न समूहसगं मिलेर पनि काम गर्न सकिन्छ। यसो भएमा एक अर्कोबाट सहयोग लिनदिन सकिन्छ । “डाक्टर जभएमा" नामक पुस्तकमा मद्यपान वा लागू औषधि छोडाउन कसरी सकिन्छ भन्नेबारे धेरै उपायहरू बताइएका छन्।
सफाइ गर्न र घर तथा खेतवारीका कीटाणु मार्न प्रयोग गरिने कडा रसायन सबैका लागि धेरै खतरनाक हुन्छन्। गर्भवती वा स्तनपान गराइरहेका महिलालाई त झन् खतरनाक हुन्छन्। यी वस्तुले गर्भ तुहाउने, प्रजनन अक्षमता बढाउने, जन्मजात खोट भएका शिशुको जन्म हुने, क्यान्सर र अन्य समस्या पैदा गर्छन्। कडा गन्ध भएका रसायन प्रायजसो सुरक्षित हुँदैनन्, तर गन्ध नआउने रसायन पनि खतरनाक नै हुन्छन्।
सम्भव छ भने, हामी सबै यस्ता खतरनाक रसायनहरूबाट टाढा रहनु पर्छ तर, गर्भवती महिलाले भने यिनको संसर्गमा आउनु नै हुँदैन । गर्भवतीले यस्ता रसायनको प्रयोग नगर्ने मात्र होइन, यसको धूलो वा गन्ध आउने स्थानमा सास फेर्ने गर्नु पनि हुँदैन । यस्ता रसायन राखेर खाली गरिएका भाँडामा खाने सामान राख्नु वा पकाउनु हुँदैन । रसायनहरू राखेका भाँडा जति राम्ररी पखालेको भए पनि अलिकति पनि रसायन बाँकी रहे भने हानि गर्न सक्छन्।
घरमा रसायन विषदीहरू सकेसम्म प्रयोग गर्दै नगर्नु राम्रो हुन्छ तर, रसायनसम्बन्धी काममा लागेकाहरूलाई यसो गर्नु त्यति सजिलो छैन । यस्तो काम आफ्नो पेसा निर्वाहका लागि कारखाना, खेतीपाती, सफाइ वा जहाँ पनि गर्नु पर्ने अवस्था हुनसक्छ । यस्तो समस्याबारे रसायन भएका क्षेत्रमा काम गर्नेहरूले अन्य साथीसङ्गीहरूसँग कुराकानी गर्नुपर्ने हुन्छ । यसो भएमा सबै श्रमिकहरूले एकआपसमा कसरी सुरक्षित रसायन प्रयोग गर्नेबारे सरसल्लाह गर्न सक्नेछन्।
स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका
Last Modified : 3/4/2020