मधुमेहका रोगीहरूले आफ्नो दिनचर्या बिहानै घुम्न जानेबाट आरम्भ गर्नु पर्छ। बिस्तारो-बिस्तारो हिँडेर 4 देखि5 किलोमीटरसम्म घुम्न जानु पर्याप्त हुन्छ । रोगीले आफ्नो क्षमता अनुसार यो दुरत्वलाई धेर-थोर पार्न सक्छन्। त्यसपछि दैनिक कार्यमा निवृत्त भएर योगाभ्यास गर्नु पर्छ। आधा घन्टा पछि चिकित्सकद्वारा दिइएको आहार तालिकाअनुसार खाजा खाएर अरू आवश्यक कार्य गर्नु पर्छ। दिनभरी निष्टापूर्वक आफ्नो कार्यमा व्यस्त रही मानसिक तनाउलाई आफूमा आउन दिनु हुँदैन। बीच–बीचमा निर्देशानुसार भोजन तथा सायंकालिन आहार खानु पर्छ। रातिको भोजन गरे पछि पुन: एकछिन बिस्तारै डुल्ने गर्नु पर्छ। यस्तो गर्नु पर्छ कि राति दस वा साढे दस बजेसम्ममा सुत्नु पर्छ र बिहान छिट्टै उठ्नु पर्छ। यस दिनचर्यामा रोगीको आवश्यकताअनुसार फेरबदल गर्न सकिन्छ। धेरै समयसम्म टी. वी. हेर्नु, बिहान ढिलो उठ्नु, चिया, कफी, आदि खानु होटेल, पार्टी आदिबाट तर्केर बस्नु यस्ता रोगीहरूका लागि श्रेयस्कर हुन्छ। अनियमित दिनचर्याले रक्त शर्करा मापटक-पटक उतार-चढाउ आउछ जुनचाहिँ मधुमेहलाई सक्षम तरिकाले नियन्त्रण गर्नमा बाधक सिद्ध हुन्छ।
मधुमेहले ग्रस्त भएका स्त्री, पुरूष वा बालकले आफ्नो सामान्य कामकाज अघिको जसरी नै गर्न सक्छन्। मधुमेह रोगका कारणले घरेलु कामहरू, व्यवसाय वा पढाइमा कुनै प्रकारको बाधा हुँदैन। यतिमात्र ध्यानमा राख्नु पर्छ कि मधुमेह पीड़ित व्यक्तिले आहार आदिका विषयमा आफ्नो सीमाहरूको ध्यान राख्नु पर्छ। खेलकूद, व्यायाम वा अधिक परिश्रम गर्दा त्यसको अनुरूप आहारको मात्रामा समायोजन गर्नु आवश्यक हुन्छ जबकि रगतमा शर्कराको मात्रा एकदम थोर नहोस्। औपचारिकताहरूमा न अल्झेर मधुमेहका रोगीहरूले समयानुसार आफ्ना सबै कार्यहरू निष्पादन गर्नु पर्छ। यदि रगतमा शर्कराको मात्रामा उतार-चढाउ धेर भयो भने वाहन न चलाउनु धेरै राम्रो हुन्छ। विशेष परिस्थितिहरूमा आफ्ना चिकित्सकको सलाह लिनु पर्छ। आफ्नो मर्यादालाई ध्यानमा राखी मधुमेहका रोगीले जीवनका प्रत्येक क्षेत्रमा प्रतिष्टा लाभ गर्दै उन्नति गर्न सक्छन्।
मधुमेह नियन्त्रण गर्न, कुन-कुन लक्षणहरूको आधारमा यो निष्कर्ष निकाल्न सकिन्छ?
निम्नलिखित लक्षणहरूका आधारमा यो भन्न सकिन्छ कि मधुमेह रोग नियन्त्रणमा छ :-
मधुमेह रोग नियन्त्रणका लागि, यो निष्कर्ष निकाल्नुभन्दा पहिले रक्त परिक्षणद्वारा उपर्युक्त भएको पुष्टि गर्नु नितान्त आवश्यक हुन्छ। रोगीले यस बारेमा समय–समयमा आफ्नो चिकित्सकद्वारा परामर्श लिँदै गर्नु पर्छ।
रगतमा शर्कराको मात्रा कुन परिस्थितिमा बढछ?
रगतमा शर्कराको मात्रा बढने धेरै कारणहरू छन्। जसमा प्रमुख हुन्–
मधुमेहका रोगीहरूका लागि आफ्ना खुट्टाको हेरचाह गर्नु विशेष रूपले महत्वपूर्ण हुन्छ किनकि चोट लाग्ने वा घाउ भयो भने तुरून्त सङ्क्रमण हुने सम्भावना हुन्छ। अत: मधुमेहकारो गीहरूले निम्नलिखित नियमहरूको पालन अवश्य गर्नु पर्छ।
मधुमेहको उपचार र त्यसलाई नियन्त्रित गर्नमा रोगीको भूमिका चिकित्सा भन्दा एकदम धेरै महत्वपूर्ण हुन्छ। रोगीका लागि यो जान्नु आवश्यक छ कि यस रोगको नियन्त्रणमा सफलता वा असफलता ऊ आफूमाथि निर्भर गर्दछ। यदि रोगीले आफ्नो आहार, दिनचर्या र आफ्नो वजन आदिमा नियन्त्रण गरेन भने मधुमेहलाई नियन्त्रित गर्नु उसका लागि कदापि सम्भव हुँदैन। त्यसैले स्वयं अनुशासनमा रहेर नियमानुसार चल्नु नै मधुमेह भएका रोगीको सर्वोत्तम चिकित्सा हो भन्न सकिन्छ।
कुनै यस्तो तरिका छ जो मधुमेहका रोगीले छोडनु र व्यायाम गर्नु नपरोस् तथा मधुमेह पनि नियन्त्रण होस्?
यस्तो कुनै तरिका छैन जसमा केही नत्यागी र व्यायाम नगरी मधुमेह नियन्त्रणमा राख्न सकिन्छ। यसको विपरीत यी सबैका सहायताले मधुमेहलाई चाँडै र सफलतापूर्वक नियन्त्रणमा ल्याउन सकिन्छ।
मोटा व्यक्तिहरूमा मधुमेह सामान्य मान्छेको अपेक्षा धेरै पाइन्छ। त्यसैले यस्तो मधुमेह भएका रोगी, जो मोटोपनले पनि ग्रस्त हुन्छन्, का लागि वजन घटाउनु अनिवार्य हुन्छ। यस्ता रोगीहरूले यस्तो आहार लिनुपर्छ, जुन मधुमेहलाई नियन्त्रित गर्नका साथै मोटोपन घटाउनमा पनि सहाय गरोस्। मधुमेहले ग्रस्त भएका एकजना साधारण श्रम गर्ने प्रौढ़ रोगीलाई लगभग 1500 केलोरी भएको भोजन खाने सल्लाह प्राय: चिकित्सकद्वारा दिइन्छ। यस आहारलाई दिनमा दुईपल्ट खानुको सट्टा 4-5 पल्ट खानु उचित हुन्छ। जबकि रगतमा शर्कराको स्तरलाई स्थापित गर्न सकिन्छ र त्यसमा बारम्बार उतार-चढाउ हुँदैन। त्यसैले मधुमेहका रोगीहरूलाई उनका लागि निर्धारित गरिएको कुल आहारलाई दिनमा 4 वा 5 पल्ट थोरै-थोरै गरी पटक-पटक खाने सल्लाह दिइन्छ।
उच्चरक्तचाप, मोटोपन र मधुमेह तीनै हाम्रो बिग्रेको जीवनशैलीमा रोग भनिन्छ र एक अर्कालाई कुनै न कुनै रूपमा प्रभावित पार्दछ।
प्राय: मधुमेहका रोगीहरू छिटै उच्च रक्तचाप तथा मोटोपनले पनि ग्रस्त भएको पाइन्छ। मधुमेह जीवनशैलीको रोग हो। त्यसलाई रोक्नुको अर्थ हो आफ्नो जीवनशैलीमा परिवर्तन ल्याएर त्यसलाई धेरै सुनियोजित एवं अर्थपूर्ण बनाउनु। मधुमेहलाई रोक्नका लागि निम्नलिखित उपायहरू अपनाउन सकिन्छ।
मधुमेहले ग्रस्त व्यक्तिले यस्ता स्त्रीसँग विवाह गर्नु हुँदैन जसलाई मधुमेह छ। किनकि दुवै मधुमेहले पीडित हुँदा उनका सन्तानलाई यो रोग दाइजोका रूपमा सर्छ।
परिवारमा मधुमेह छ भने अरू पनि मधुमेहबाट ग्रस्त हुने सम्भावना हुन्छ। यो एउटा शरीर रचना सम्बन्धी रोग हो जुनचाहिँ प्राय: आनुवंशिक प्रवृतिहरूबाट हुने गर्दछ। माता वा पिता दुवै मधुमेहले ग्रस्त छन् भने उनीहरूका छोराछोरीलाई यो रोग हुने आशंका 20 देखि 40 प्रतिशत सम्म हुन्छ। हो, यदि दुईजनामध्ये एकजना मात्रै मधुमेहको रोगी छ भने उनका सन्तानहरूमा यो रोग हुने आशंका 12 देखि 20 प्रतिशत सम्म हुन सक्छ। यसरी जम्ल्याहा बच्चाहरूमा पनि यदि एउटालाई मधुमेह भयो भने अर्कालाई पनि मधुमेह हुने आशंका 90 प्रतिशतसम्म हुन सक्छ।
तम्बाकूले स्वास्थ्यमा धेरै दुष्प्रभाव पार्दछ। आधुनिक अनुसन्धानहरूमा यो तथ्य प्राप्त भएको छ कि मधुमेह, हृदय रोग तथा उच्चरक्तचाप जस्ता जीवनशैलीका रोगहरू वृद्धि गर्ने एउटा ठूलो कारण धूम्रपान हो। यतिमात्र होइन मान्छेको शरीरिक र मानसिक स्वास्थ्यको क्षरणमा पनि यसको धेरै ठूलो योगदान छ।
विश्वमा मधुमेहका रोगीहरूको संख्या निरन्तर बढदै छ।
विश्वमा यसको बढदै गरेको खतरालाई ध्यानमा राखेर विश्व स्वास्थ्य सङ्गठनले 14 नभेम्बरलाई ‘विश्व मधुमेह दिवस’ मनाउने निर्णय लिएको छ। यस मधुमेह दिवसको नारा हो– मोटोपनका विरूद्ध लडाई र मधुमेहबाट बचाउ। विश्व स्वास्थ्य सङ्गठनले आफ्नो मधुमेहबाट बचाउ कार्यक्रम अन्तर्गत विकासशील देशहरूको माध्यम एवं निम्न आय वर्गका समुदाय माथि विशेष रूपले आफ्नो ध्यान केन्द्रित गरेको छ। मधुमेहबाट बचाउमा विश्व स्वास्थ्य सङ्गठन तथा अन्तर्राष्ट्रिय मधुमेह फेडरेशनको एउटा नयाँ संयुक्त कार्यक्रम छ। यस कार्यक्रमको मुख्य उद्देश्य हो मधुमेहलाई नियन्त्रण तथा हेरचाहका लागि प्रभावशाली कदम उठाउनु। यस कार्यक्रमको उद्देश्य हो मधुमेहका विरूद्ध विश्वमा मान्छेका बीच जागृति ल्याउनु तथा यसका जटिलताहरूबाट मान्छेलाई परिचित गराउनु।
‘विश्व स्वास्थ्य सङ्गठन’ ले अहिलेसम्म मधुमेहका जटिलताहरू जस्तै- मुटु, आँखा, किडनी, आदिमा लाग्ने रोगहरूमा मान्छेको ध्यान आकृष्ट गरेको थियो तर अब ‘विश्व स्वास्थ्य सङ्गठन’ को भनाई छ कि मधुमेहको कारण मोटोपन हो भन्दै ठूला मान्छेहरूमा हुने टाइप टू को मधुमेह स्वास्थयका लागि खतरनाक त हो तर यसका साथ-साथै त्यो विश्वका हरेक देशको अर्थव्यवस्थाका लागि पनि एउटा चुनौती बनेर सरकारहरूका सामुन्ने खड़ा छ। ‘अन्तर्राष्ट्रिय मोटोपन टास्क फोर्स’ का अनुसार विश्वका 1 अरब 70 करोड़ जनता अघिदेखि नै मोटोपनबाट हुने बिमारीहरू जस्तै मधुमेह, मुटुको बिमारी आदि असङ्क्रमण बिमारीहरूका खतराको सामना गरिरहेका छन्। केटाकेटी तथा किशोरहरूको वजन वा मोटोपन लगातार बढिरहेको छ। परिणामस्वरूप धेर भन्दा धेरकेटा-केटीहरू टाइप टू मधूमेहको सिकार बन्दै जाँदै छन्। अहिलेसम्म टाइप टू मधुमेह ठूला मान्छेमा पाइन्थ्यो। तर अब यो किशोरहरू र केटाकेटीमा पनि पाइन थालेको छ। ‘विश्व स्वास्थ्य सङ्गठन’ वा अन्तर्राष्ट्रिय मधुमेह फेडरेशन’ को मधुमेह दिवसमा सन्देश के छ भने मान्छेले आफ्नो जीवन शैलीमा परिवर्तन ल्याउनु पर्छ। जस्तै- पौष्टिक भोजन गर्नु होस र शारीरिक रूपले सक्रिय रहनु होस्। यसले मधुमेह टाइप टू का धेरै मामिलामा रोगहरूको जटिलताबाट बाँचिन्छ र यसलाई नियन्त्रण गर्न सकिन्छ। यो अनुमान लगाइएको छ कि यदि ठूला मान्छेले आफ्नो वजनमा नियन्त्रण गरे भने थोरैमा आधा मामिलाहरूमा टाइप टू मधुमेहबाट बाँच्न सकिन्छ।
इङ्गल्याण्डको तुलनामा अमेरिका आफ्ना मान्छेको स्वास्थयको देख-रेखमा दुईगुणा खर्च गर्दछ तर यस्तो गर्दा पनि त्यहाँका मान्छे अङ्ग्रेजहरूको तुलनामा धेरै गम्भीर रोगहरूले ग्रस्त पाइएको छ। अमेरिकी र अङ्ग्रेज दुवै एक समान धूम्रपान गर्दछन्। जबकि अङ्ग्रेज,अमेरीकिहरूको तुलनामा धेरै रक्सी खान्छन्। अमेरिकाका मान्छेहरूमा मधुमेह तथा मुटुका बिमारीको दर अङ्ग्रेजहरूको तुलनामा धेरै मात्रामा छ। अमेरिकामा स्वेच्छाले मान्छेले आफ्नो मुटुको बिमारी, मधुमेह, लकवा, फोक्साको बिमारी तथा केन्सरको उल्लेख गरेका छन्। यो जानकारी ‘अमेरिकन मेडिकल एसोशिएशन’ का जरनलमा प्रकाशित एउटा अध्ययनमा दिइएक छ। यस अध्ययनको शोधकर्ता यूनिवर्सिटी कलेज अफ लन्डनका एपिडीमयोलोजिस्ट डा. माइकेल मारमोटको भनाई छ कि अमेरिकामा जसरी सामाजिक स्तर बढदै जाँदै छ त्यसरी बिमारीहरू पनि बढदै जाँदै छन्। यो फरक धेरै नाटकीय छ। अमेरिकामा स्वास्थ्यको देखरेखमा प्रति व्यक्ति 5 देखि 200 डलर खर्च गरिन्छ जबकि इङ्गल्याण्डमा यसको आधा मात्रै खर्च गरिन्छ। डा. मारमोटको भनाई छ कि हरेक व्यक्तिले आफूलाई विचार गर्नु पर्छ कि सबैभन्दा धनी देश सबैभन्दा धेरै स्वस्थ किन छैन। यस शोधलाई वित्तीय सहायता दिने अमेरिकाको नेशनल इनस्टिट्यूट अफ हेल्थकी रिचर्ड सूजमनको भनाई के छ भने यो धेरै रहस्यमय कुरो हो। जहाँ अमेरिकामा
मधुमेहको दर 12.5 प्रतिशत छ त्यही इङ्गल्याण्डमा यो 6 प्रतिशत छ। अमेरिकामा उच्च रक्तचापबाट ग्रस्त मान्छेको संख्या 42 प्रतिशत छ त इङ्गल्याण्डमा 34 प्रतिशत छ। अमेरिकामा केन्सर 9.5 प्रतिशत छ तइङ्गल्याण्डमा यो 5.5 प्रतिशत। विश्व स्वास्थ्य सङ्गठनको भनाई छकि अमेरिकामा दुई दर्जन औद्योगिक देशहरूका तुलनामा जीवन प्रत्याशा कम छ। यस बारेमा केही मान्छेहरूको यो पनि भनाई छ कि अमेरिकाको जनसंख्यामा विभिन्नता आएको छ यसमा अल्पसंख्यक समुदायको स्वास्थ्य श्वेतका तुलनामा अति धेरै नराम्रो छ।
मधुमेहसँग सम्बन्धित कतिपय विशेष तथ्य के हुन् भन्ने कुराको ज्ञान हुनु मधुमेहका रोगीका लागि आवश्यक छ।
नवीनतम रिपोर्टका अनुसार मधुमेहको फैलाव द्रुत गतिमा बढदै छ। समाचार पत्रमा प्रकाशित एउटा रिपोर्टका अनुसार- “भारतमा - टाइप टू मधुमेह” रोगबाट सर्वाधिक मान्छे प्रभावित भएका छन्।
भारतका अतिरिक्त मधुमेहबाट सर्वाधिक प्रभावित भएका अरू देश कुन् हुन् ?
मधुमेहबाट सर्वाधिक प्रभावित भएका 10 वटा देशहरूको सूची यस प्रकार छ–
मधुमेह ग्रस्त जनसंख्या (20देखि 79 वर्ष आयु वर्गका) (सङ्ख्या लाखौँमा)
क्र. सं |
देश |
2007 मा |
2025मा (सम्भावित ) |
1. 2. 3. 4. 5. 6. 7. 8. 9. 10. |
भारत चीन अमेरिका रूस जर्मनी जापान पाकिस्तान ब्राजील मैक्सिको इजिप्ट |
40.9 39.8 19.2 9.6 7.4 7.0 6.9 6.9 6.1 4.4 |
69.9 59.3 25.4 17.6 11.5 10.8 10.3 8.1 7.6 7.4 |
भारतका निम्नलिखित 6 सहरहरूमा मधुमेहको स्थिति यस प्रकार छ–
बेंगलोर |
16.6% |
दिल्ली |
13.5% |
चेन्नई |
12.4% |
मुम्बई |
11.6% |
हैदराबाद |
11.7% |
कोलकाता |
9.3% |
स्त्रोत : ज़ेवियर समाज सेवा संस्थान,राँची
Last Modified : 4/8/2020