हर्मोन्स वा शरीरका अन्तःस्त्रावी ग्रन्थीहरूद्वारा निर्मित स्त्रावमा कमी वा अधिकताले अनेक रोगहरू उत्पन्न हुन्छन् जस्तै - मधुमेह, थायरइड रोग, मोटोपन, कदसम्बन्धी समस्याहरू, अवाञ्छित रौँ उम्रिनु आदि इन्सुलिन नामो हर्मोनको कमी वायसको कार्यक्षमतामा कमी आउनाले मधुमेह रोग वा डाइबीटीज मेलीट्स रोग हुन्छ।
विश्व स्वास्थ्य सङ्गठनका सर्वेक्षण अनुसार वर्ष 2025 मा भारतमा दुनियाका सबैभन्दा धेर पाँच करोड, सत्तर लाख मधुमेह रोगी थिए भनिन्छ। विकसित देशहरूमा यो रोग बढनबाट रोक्न सकिन्छ तर विकासशील देशहरूमा खासगरी भारतमा यो एउटा महामारी जस्तै विकराल रूप लिँदै गरेक देखिन्छ। प्रतिवर्ष विश्वमा लाखौँ मधुमेहका रोगीहरूको अकाल वा आकस्मिक मृत्यु हुन्छ, जबकि जीवनका यी अमूल्य वर्षहरूलाई बचाएर सामान्य जीवनयापन गर्न सकिन्छ।
द्रुत गतिमा बढदै गरेको शहरीकरण, आधुनिक युगका समस्याहरू वा तनु, अचानक खानपान वा रहन-सहनमा आएको परिवर्तन तथा पाश्चत्यकरण (फास्ट फूड, कोकाकोला इन्जेक्शन) प्रचुर मात्रामा भोजनको उपलब्धता वा शारीरिक श्रमको कमीका कारण मधुमेह हाम्रो देशमा आजभोलि चाँडै बढदै छ। मधुमेह वा शुगर रोग हुँदा रगतमा ग्लुकोज सामान्य भन्दा धेर हुन्छ र ग्लुकोजका साथै बोसो तथा प्रटिनको उपापचन पनि प्रभावित हुन्छ यो रोग कुनै पनि उमेरमा हुन सक्छ भारतमा 95 प्रतिशत भन्दा धेर रोगी वयस्क छन्।
कतिपय मान्छेमा मधुमेह धेरै हुने सम्भावन हुन्छ, जस्तै-मोटो व्यक्ति, परिवार वा वंशमा मधुमेह हुनु, उच्च रक्तचाप भएको रोगी, जुन मान्छेले व्यायाम वा शारीरिक श्रम कम गर्छ वा गर्दैन, शहरी व्यक्तिहरूमा गाउँको भन्दा धेरै मधुमेह रोग हुने सम्भावना हुन्छ।
शरीरका सबै अङ्गहरूमा यस रोगको प्रभाव पर्दछ, कहलेकाहिँ विकृति भए पछि मात्र रोगको निदान हुन्छ र यसरी यो रोग वर्षौँदेखि चुपचाप शरीरमा रहिआएको हुन्छ।
केही खास दीर्घकालिन विकृतिहरू-
रगतमा रहेको ग्लुकोज सजिलै जाँच गर्न सकिन्छ। सामन्यतः ग्लुकोजको खाएर जाँच गराउने आवश्यकता हुँदैन प्रारम्भिक जाँचमा पेसाबमा ऐलबुमिन वा रगतमा बोसोको अनुमान पनि गराउनु पर्छ।
मात्र रगतमा ग्लुकोजको मात्रा कम गर्नु मात्रै मधुमेहको पूर्ण उपचार होइन। उपयुक्त भोजन र व्यायाम अत्यन्त आवश्यक हुन्छ।
नुन, चीनी, गुँड, घिउ, तेल, दूध र दूधबाट बनिएका वस्तुहरू पराठा, मीठा खाने कुराहरू, आइसक्रीम, मिठाई, मांस, अण्डा, चकलेट, सुकेको नारियल आदि।
उपचारको दोस्रो उपाय हो व्यायाम- सधैँ लगभग 20-40 मिनट छिटो हिँडनु, पौरिनु, साइकल कुदाउनु आदिमा पहिले यो सुनिश्चित गर्नु आवश्यक हुन्छ कि तपाईँको शरीर व्यायाम गर्ने योग्य छ कि छैन। योगाभ्यास पनि उपयोगी हुन्छ। एकदम खाली पेट व्यायाम गर्नु हुँदैन।
भोजनमा उपयुक्त परिवर्तन र व्यायामले जहाँसम्म रगतमा ग्लुकोज नियन्त्रित रहन्छ त्यही अर्कातिर शरीरको वजन सन्तुलित रहन्छ र रक्तचाप नियन्त्रण गर्नमा सहायक हुन्छ।
नानीहरूमा मधुमेहको एकमात्र उपचार हो सधैँ इन्सुलिन लिनु। वयस्कहरूमा गोलीहरू र टीकाको उपयोग गर्न सकिन्छ। यो एकदम झुटो कुरा हो कि जसले एकपल्ट इन्सुलिनलिन सुरुगऱ्यो उसले जिन्दगी भरी टीका लगाइरहनु पर्छ। गर्भावस्थामा इन्सुलिन नै एकमात्र उपचार हो।
विकसित देशहरूमा मधुमेहको स्थायी उपचारमाथि खोजी जारी छ र मिर्गौँला प्रत्यारोपणका साथ-साथै पेनक्रियास् प्रत्यारोपण पनि गरिँदै छ, जबकि यो हालै अति व्यापक र कारगर साबित भएको छैन।
स्त्रोत: स्वास्थ्य विभाग, झारखण्ड सरकार
Last Modified : 1/20/2020