कुनै मिहलाले स्वेच्छाले आफ्नो गर्म तुहाउनुलाई गर्भपतन भनिन्छ।स्वेच्छाले गर्भको अन्त्य गर्नुलाई गर्भपतन र गर्भावस्थाको अनिच्छित अन्त्य हुनुलाई गर्भ तुहिनु भन्ने गरिन्छ । यस पुस्तकमा स्वेच्छाले गर्भको अन्त्य गर्ने कुरामा बारेमा छलफल गरिएको छ ।
गर्भपतन गर्ने निर्णय गर्नु महिलाका लागि सुखद् कुरा होइन तापनि निम्न कारणले गर्दा महिलाले गर्भपतन गर्छन् :
सुरिक्षत तरिकाले गरिने गर्भपतनबाट हुने खतरा सामान्य रूपमा सुत्केरी हुने बेलोको खतरा भन्दा पनि कम हुन्छ ।
निम्न लिखित किसिमबाट गरिएको गर्भपतन निकै सुरक्षित हुन्छ :
गर्भरहेका तीन महिनाभित्र (१२ हप्ता) गर्भपतन गराइएको छ भने ।
असुरक्षित गर्भपतनका कारणबाट हुने मृत्यु
संसारभरि एक वर्षमा करिब साढे पाँच करोडगर्भपतन गराइने अनुमान गरिएको छ । गैरकानुनी किसिमले गर्भपतन गराउँदा धेरै महिलाहरू मर्न सक्छन्, मृत्यु भएन भने पनि संक्रमण हुने, पीडा भइरहने तथा बाँझोपन हुनेजस्ता समस्या आइलाग्ने सम्भावना रहन्छ ।
अनिच्छित रूपमा गर्भ रहन गएमा जुनसुकै उपाय अपनाएर भए पनि गर्भपतन गराउन पाए हुन्थ्यो भन्ने महिलालाई लागेको हुन्छ । जुनसुकै तरिकाले भए पनि गर्भ पतन गराउँछु भनी तल दिइएका तरिका अपनाउनु हुँदैन । यी एकदमै खतराजनक हुन्छन्।
नचाहँदा-नचाहँदै पनि गर्भ रहन गएमा गर्भपतन गर्ने कानुनी अधिकार र सुविधा प्रत्येक महिलाले पाउनुपर्छ तर विश्वका विभिन्न मुलुकमा गर्भपतनसम्बन्धी कानुनी प्रावधानहरू फरक-फरक छन्।
कानुनी रूपमा गर्भपतनलाई मान्यता दिइएमा : त्यस्ता मुलुकका महिलाले अस्पताल, स्वास्थ्य केन्द्र, प्राइभेट अस्पतालजस्ता स्वास्थ्य संस्थाहरूमा गएर नियमानुसारको दस्तुर तिरेर गर्भपतन गराउन सक्छन्। यस्तो अवस्थाको गर्भपतनबाट जटिलता तथा मृत्यु हुने सम्भावना कम हुन्छ ।
गर्भपतनलाई केही रूपमा मात्र कानुनी मान्यता प्राप्त भएमा : कुनै-कुनै मुलुकमा खास-खास अवस्थामा गर्भपतन गराउने कुरालाई कानुनी मानिन्छ, जस्तै :
गर्भपतन गराउन पाइने सीमित प्रावधान भए पनि यो सुविधा उपयोग गर्न सजिलो छैन । धेरैजसो चिकित्सकहरूलाई कानुनी प्रावधानबारे थाहा हुँदैन । त्यसैले गर्भपतन गराउन डाक्टरहरूले आनाकानी गर्छन् र धेरै पैसा लिएर महिलाले गर्भपतनपछिको अनौपचारिक रूपमा गर्भपतन गराउँछन्। अनि गर्भपतन गराउनुपर्ने महिला उपचार सुविधा स्वास्थ्य संस्थाबाट पाउनुपर्छ । आफैलाई पनि कस्तो अवस्थामा गर्भपतन कानुनी रूपमा गराउन सकिन्छ भनी थाहा नै हुँदैन ।
गर्भपतन पूर्ण रूपमा अवैधानिक भएमा : यस किसिमको कानुनी व्यवस्था भएको देशमा कुनै पनि अवस्थामा गर्भपतन गराउने कार्य भएको छ भने चिकित्सक तथा पीडित दुवैलाई सजायं हुन्छ तर व्यवहारमा भने पीडित महिलाहरुलाई मात्रै सजाय भएको पाइन्छ । गर्भपतनका कारण धेरै महिलाहरूको मृत्यु भने हुने गर्दछ। यस्तो बेलामा महिलाको स्वास्थ्यका लागि खर्च गरिने पैसा असुरक्षित गर्भपतनको उपचारमा खर्च हुन्छ।
गर्भपतन पूर्णतः अवैध छ भने पनि कुनै न कुनै रूपमा यो भैरहेको पाइन्छ । तसर्थ गर्भपतनलाई वैध बनाउने दीर्घकालीन प्रयास गर्दै जानु त पर्छ नै तत्कालको समस्या टार्न सुरक्षित गर्भपतन कहाँ, कसरी गर्न सकिन्छ भन्ने कुराको खोजी गर्नुपर्छ । सुरक्षित गर्भपतन गराउनु भनेको मृत्युबाट जोगिनु हो ।
सुरक्षित गर्भपतनका अन्य बाधाहरू
गर्भपतन वैध वा अवैध जे भए पनि महँगो भएमा, सुविधा लिन टाढा जानुपरेमा, कानुन अस्पष्ट भएमा वा कागजी प्रक्रिया जटिल भएमा सुरक्षित गर्भपतनको सेवा उपलब्ध हुन सक्दैन । यस्तो अवस्थामा गरिब तथा स्वास्थ्य सेवाका बारेमा नजानेका महिलाहरूले सुरक्षित गर्भपतनको सेवा लिन सक्दैनन्। दुर्भाग्यवश हाम्रो देशमा डाक्टरको चर्को शुल्क तिर्न सक्ने महिलाले मात्र सुरक्षित रूपमा गर्भपतन गराउन सक्छन्।
गर्भपतन गराउने निर्णय सुरक्षित रूपमा गर्भपतन गराउने सुविधा उपलब्ध हुनसक्छ कि सक्दैन भन्ने कुरामा निर्भर गर्दछ । साथै बच्चा जन्माउँदा या गर्भपतन गराउँदा आफ्नो जीवनमा कस्तो प्रभाव पर्छ भन्ने कुरालाई ख्याल राखेर पनि यस्तो निर्णय लिनुपर्छ ।
माथिका कुरामा विचार पुयाउन निम्न प्रश्नहरूको उत्तर आफैले नै खोज्नुपर्ने हुन्छ
यसपछिका पृष्ठहरूमा गर्भपतनका सुरक्षात्मक उपायहरू के हुन् भन्नेबारे जानकारी दिइएको छ । तपाईंका ठाउँमा यस किसिमका सुविधा पाउन सक्नु हुन्छ
तालिम प्राप्त र अनुभवी स्वास्थ्य कार्यकर्ताले निम्न उपाय अपनाएर गर्भपतन गराउन सक्छन् :
यो तरिका अपनाएर गरिने गर्भपतनका लागि योनी तथा पाठेघरको मुखतर्फबाट एक नली (क्यानुला) पाठेघरमा पठाइन्छ र यसैबाट भ्रूणलाई तानेर बाहिर निकालिन्छ । यसो गर्दा महिलालाई बेहोस् पार्नु पर्दैन तर कहिलेकाहीं नदुख्ने सुई दिनुपर्ने हुनसक्छ । तान्ने प्रविधि अपनाएर गर्भपतन गराउँदा भ्रूणलाई सिरिन्जद्वारा तानिन्छ वा मेसिनद्वारा तानिन्छ ।
यस विधिद्वारा गर्भपतन गराउनु अत्यन्त सजिलो र सुरक्षित पनि छ र गर्भपतन गराउँदा ५ देखि १० मिनेट मात्र लाग्छ । यो क्लिनिक, हेल्थपोस्ट वा अस्पतालमा गर्न सकिन्छ । यो तरिकाबाट तीन महिनासम्मको गर्भपतन गराउनु सुरक्षित हुन्छ । तीन महिनापछि भने यदि महिला गम्भीर खतरामा छिन् वा अरु कुनै सहयोगी तरिकाहरु छैनन् भनेमात्र यो तरिका अपनाउनु पर्छ । यो तरिका खुर्केर सफा गर्ने तरिकाभन्दा कम खतरा हुन्छ ।
महिलाको महिनावारी ढिलो भएमा त्यसलाई नियमित गराउन पनि यो तरिका अपनाउन सकिन्छ किनकि धेरैजसो महिलाहरू महिनावारी रोकिएको बेला आफू गर्भवती भए/नभएको थाहा पाउँदैनन्। यस्तो बेलामा गरिने प्रक्रियालाई
महिलाको महिनावारी ढिलो भएमा त्यसलाई नियमित गराउन पनि यो तरिका अपनाउन सकिन्छ किनकि धेरैजसो महिलाहरू महिनावारी रोकिएको बेला आफू गर्भवती भए/नभएको थाहा पाउँदैनन्। यस्तो बेलामा गरिने प्रक्रियालाई महिनावारी नियमित(Menstrual regulation)
(Curette)
यो तरिका अपनाउँदा चम्चाजस्तो क्युरेटर भन्ने औजार पाठेघरभित्र पठाएर भ्रूणलाई निकालिन्छ । क्युरेटर क्यानुलाभन्दा ठूलो र तिखो हुने हुँदा पाठेघरको मुख ठूलो पार्नुपर्छ । यसरी ठूलो पार्दा दुख्न सक्छ, त्यसैले नदुख्ने उपाय गर्नुपर्छ । यो उपाय अपनाएर गर्भपतन गराउँदा अलि बढी समय (१५-२० मिनेट) लाग्छ । खर्च पनि बढी लाग्ने हुन्छ ।
औषधि प्रयोग गरेर
हाल स्वास्थ्यकर्मी तथा चिकित्सकले औषधि प्रयोग गरेर पनि गर्भपतन गराउँछन्। यसलाई औषधिजन्य गर्भपतन भनिन्छ । यी औषधिहरूले पाठेघरलाई खुम्च्याउने हुँदा भ्रूणलाई निचोरेर बाहिर निकाल्न मद्दत गर्छ । यी औषधिहरूमध्ये कुनै सिंगै निल्नु पर्ने वा कुनै मुखमा पगालेर निल्नु पर्ने हुन्छ । उपयुक्त औषधिको प्रयोग गरिएमा औषधिजन्य गर्भपतन धेरै प्रभाकारी र सुरक्षित छ । यस विधिमा पाठेघरभित्र कुनै कुरा पसाएर गर्भपतन गराउनु नपर्ने भएकाले असुरक्षित गर्भपतन गराउँदा हुने संक्रमणको खतरा कम हुन्छ । यसकारण औषधि प्रयोग गरेर गर्भपतन गराउने विधिको प्रचलन बढ्दै गइरहेछ ।
गर्भपतनका लागि प्रयोग गरिने केही औषधिहरू
मिफेप्रिस्टोन (Mifepristone) : यो औषधि गर्भपतन वैध भएका मुलुकहरुमा उपलव्ध छन्। यो चक्कीको बनावटमा हुन्छ र निल्ने हो ।
मिसोप्रोस्टोल (Misoprostol): पेटमा हुने अल्सरको उपच रम प्रयोग रन्छ । यो धेरै देशहरुमा उपलव्ध छ । गर्भपतनका लाि मात्रै प्रयोग यसको प्रयोग गरिन्छ । यो औषधि मात्र प्रयोग गर्दा कम गरिने चलन भएपनि मिफेप्रिस्टोनसँग दिइयो भने ज्यादै प्रभावकारी हुन्छ । प्रभाव गर्नुका साथै धेरै अनावश्यक असरहरु हुन्छन्, खासगरी ९ हप्ता पछिको गरिएको गर्भपतनमा ।
औषधि(हरु) खाएपछि के हुन्छ ?
मिफेप्रिस्टोन र मिसोप्रोस्टोल सगै खाएमा : गर्भ ४ देखि ६ घण्टामा बाहिर निकाली सक्छ । मिफेप्रिस्टोन खाएको ३० मिनट पछि पीडादायी (कहिलेकाँही अति नै) तल्लो पेट बटारिने हुन्छ वा धेरै नै रगतका फाल्सा निस्कन थाल्छ ।मिसोप्रोस्टोल खाएको ४ देखि ६ घण्टमामा रक्तस्राव धेरै हुन्छ । रक्तस्राव रोकिन दुई हप्ता लाग्छ तर एक हप्तादेखी कम हुन्छ ।
साधारणतया २ दिन (४८ घण्टा) पछि गर्भ रहेका चिह्नहरु (पृष्ठ ६७ हेर्नुहोस्) हराउँछन्। हराएनन् जस्तो लागेमा स्वास्थ्य चकी वा अस्पतालमा जानुपर्छ । यदि यसपछि पनि बच्चा पाइयो भने बच्चा जन्मखोट हुने अलिकति सम्भावना हन्छ ।
औषधिजन्य गर्भपतनपछिका खतराजनक चिह्नहरु
कसरी र कहाँ गराएको गर्भपतन सुरक्षित हुन्छ भनी सजिलैसँग भन्न सकिँदैन । यसका लागि जहाँ गर्भपतन गराइन्छ, त्यसै ठाउँमा जानुपर्छ र त्यहाँबाट तलका प्रश्नहरूको उत्तर पाउने प्रयास गर्नुपर्छ ।
पहिले पनि यहाँ गर्भपतन गराउँदा कुनै महिला झन् बढी विरामी भएकी थिइन् वा उनी मरेकी थिइन् कि ? यदि यस्तो हो भने अन्यत्र जानु वेस हुन्छ ।
कसले गर्भपतन गराउँछ ? के ऊ तालिमप्राप्त छ ? गर्भपतन त डाक्टर, नर्स, स्वास्थ्य प्राविधिक जसले पनि गराउन सक्छन् तर ऊ राम्रोसँग तालिम प्राप्त छैन वा कुनै जटिलता (Complication) आइपरेमा सुल्झाउन सक्दैन भने उसले गराएको गर्भपतन असुरक्षित हुनसक्छ ।
के गर्भपतन गराउने कोठा सफासुग्घर छ ? यदि छैन भने खतरा हुन्छ ।
के गर्भपतन गराउने व्यक्तिलाई हात धुने पानीको व्यवस्था छ ? यदि छैन भने उसले राम्रोसँग हात नधोई नै गर्भपतन गराउन खोज्छ, त्यसो गर्दा संक्रमणको सम्भावना हुन्छ ।
गर्भपतनका लागि प्रयोगमा ल्याइने औजार, उपकरण यसै भागको पृष्ठ २४४ मा उल्लेख गरिएका खालका छन् छैनन् भने असुरक्षित हुन्छ ।
उपकरणलाई प्रयोग गर्नुअघि कुन किसिमले किटाणुरहित पारिन्छ ? किटाणु मार्ने रसायनमा नडुबाई वा राम्रोसँग नउमाली उपकरणलाई प्रयोग गरिएको छ भने संक्रमण हुनसक्छ ।
कुनै जटिलता आइपरेमा त्यसको उपचारका लागि के गर्ने व्यवस्था छ ? यदि जटिलता आइपरेमा सुविधायुक्त अस्पताल पुयाउने व्यवस्था वा सुविधा छ भने त्यसलाई सुरक्षित मान्न सकिन्छ ।
के स्वास्थ्य केन्द्रले गर्भपतन गराउने अतिरिक्त अरू सेवा पनि दिने गरेको छ ? यदि परिवार नियोजन, यौन प्रसारित संक्रमणहरूको उपचार र एचआइभीको रोकथाम गर्छ भने त्यो स्वास्थ्य केन्द्र बढी सुरक्षित मानिन्छ ।
कतिको खर्चालु छ ? यदि अत्यन्त खर्चालु तरिका अपनाएर गर्भपतन गराइन्छ भने स्वास्थ्यकर्मीको ध्यान तपाईंको स्वास्थ्यमा भन्दा पैसामा बढी छ भन्ने बझिन्छ ।
गर्भपतनका विभिन्न उपायहरूमध्ये तानेर गरिने गर्भपतन क्लिनिक वा अस्पतालमा गराउन सकिन्छ भने खुर्केर गराइने (Dilatation and curette) गर्भपतन अस्पतालमा गराउनुपर्छ । औषधि प्रयोग गर्ने हो भने तानेर वा खुर्केर गर्भपतन गराउन सक्ने सुविधा भएको ठाउँ पनि हुनुपर्छ अन्यथा गराउनु हुँदैन किनकि ती कहिलेकहीं औषधी प्रयोग गरेपछि पनि विशेष उपायहरू अपनाउनुपर्ने अवस्था आउनसक्छ । गर्भपतनका विभिन्न उपायहरूबारे जान्न पृष्ठ नं. २४४
यसका अतिरिक्त परिवार नियोजनको कुन तरिका अपनाउनु उपयुक्त हुने हो भन्नेबारे तपाईंलाई बताइनुपर्छ र तपाईंले पनि लगत्तैदेखि यसको पालना गर्नुपर्छ । साथै १-२ हप्तापछि तपाईं आफ्नो स्वास्थ्य परीक्षण गराउन स्वास्थ्य केन्द्र वा अस्पताल जानुपर्ने हुन्छ ।
गर्भपतन गराइसकेपछि गर्भवती हुँदा देखिने चिह्नहरू जस्तै वाकवाकी सुरक्षित गर्भपतन लाग्ने, स्तनमा असजिलो महसुस हुनेजस्ता कुराहरू एक-दुई दिनभित्र हट्छन्। क्षत गा यदि हराएन भने गर्भ राम्रोसँग नखसेको हुनसक्छ । यस्तो हुनु खतराजनक कुरा हो । तसर्थ, तुरुन्त सिपालु स्वास्थ्यकर्मी कहाँ जानुपर्छ ।
गर्भपतन गराइसकेपछि थाकेको जस्तो तथा पेट दुखेको महसुस हुनसक्छ । हुनुपर्छ ? साथै करिब दुई हप्तासम्म रगत बगिरहने हुन पनि सक्छ तर दोस्रो दिनदेखि बगेको रगत महिनावारी हुँदा सामान्यतया बग्ने भन्दा बढी हुँदैन । ४–६ महिना पुगिसकेको गर्भको पतन गराएको हो भने रगत धेरै दिनसम्म बग्न सक्छ ।
गर्भपतनपछि आफ्नो स्याहार कसरी गर्ने ?
केही खतरनाक चिह्नहरू
यदि तलका कुनै पनि चिह्न देखिएमा डाक्टरसँग सम्पर्क राख्नुपर्छ :
गर्भपतन गराएकी महिलालाई कुनै पनि खतराका लक्षणहरू (पृष्ठ २४९ गर्भपतनका हेर्नुहोस्) देखापरेमा तुरुन्त चिकित्सकको सहयोगको आवश्यकता पर्छ । त्यसैले उनलाई आवश्यक सेवा उपलब्ध पर्नसक्ने हुन्छ । उनलाई तुरुन्तै स्वास्थ्य केन्द्र जटिलताहरू वा अस्पतालमा पुयाइनुपर्छ । यस्तो अवस्थामा उनको पाठेघरमा रहेका कुरालाई तान्ने वा खुर्किने प्रविधि प्रयोग गरेर सफा गर्नुपर्ने हुन्छ । यस पाठको यसपछिका पृष्ठहरूमा चिकित्सकको सेवा उपलब्ध हुन नसक्दा के गर्नु वेस हुन्छ भनी जानकारी दिन खोजिएको छ ।
योनीबाट धेरै रगत बगेमा
गर्भपतनपछि देखापर्न सक्ने एक प्रमुख समस्या हो- यदि गर्भपतनपछि कनै समस्या अत्यधिक रूपमा रगत बग्नु । यसरी वा समस्याका लक्षण देखिएमा अडेकर रहनु हो । पाठेघर बन्द हुनका लागि गरिहाल्नपर्छ आफै खुम्चन सक्दैन र रक्तस्राव हुँदैन । । ढिलो गर्नु भइरहन्छ । यस्ता अवस्थालाइ अपूण गर्भपतन भनिन्छ । यदि गर्भका टुक्रहरु निकालेमा रगत बग्न रोकिन्छ । कहिलेकहीं पाठेघरको मुख च्यातिएर घाउ भएमा पनि रगत बग्ने समस्या देखापर्छ, यस्तो भएमा च्यातिएको घाउ सिलाएर उपचार गर्नुपर्ने हुन्छ।
यदि लगाएको प्याड वा अन्य कपडालाई आधा घण्टाभित्र एकै पटक रगतले ल्याफ्राक्कै भिजायो भने धेरै रगत बगेको मान्नुपर्छ । थोरै मात्रामा तर निरन्तर रूपमा लामो समयसम्म रगत बगेमा पनि खतरा नै मान्नुपर्छ । यसो भएमा महिलाको शरीरबाट ज्यानलाई नै खतरा हुने गरी धेरै रगत बग्दछ । यदि चिकित्सकको सहयोग तुरुन्त उपलब्ध हुन सकेन भने रगत बग्न रोक्ने उपाय गरिहाल्नुपर्छ ।
रगत रोक्नका लागि
यदि महिलाको धेरै रगत बगिरहेको छ भने रोक्ने उपायका रूपमा पाठेघरलाई खुम्च्याउनुपर्छ । सोका लागि पेटमा मालिस गर्नुहोस्
भ्रूणका टुक्रा राम्रोसँग निखेको छैन भने दसा गर्दा वा बच्चा पाउँदाझै गरेर कन्ने गरेमा पनि निस्कन सक्छ । यसो गर्दा रगत बग्न कम भए पनि सकेसम्म चाँडो चिकित्सकसँग सम्पर्क राख्नुपर्छ कनकि पाठेघर पुन: राम्रोसँग सफा गर्नुपर्ने हुन्छ ।
धेरै रगत बगेमा आवश्यक पर्ने आपतकालीन सहयोग
स्वास्थ्यकर्मी वा अन्य तालिम प्राप्त व्यक्तिले अत्यधिक रगत बग्दा सो रोक्नका लागि निम्नलिखित काम गर्नुपर्ने हुन्छ ।
बेसनै नहुने कुरा : यतिखेर पाठेघरको मुख खुलेको हुने हुँदा कुनै पनि वस्तु योनीभित्र राख्नु खतराजनक हुन्छ किनकि यसले संक्रमण गराउन सक्छ । ज्यान नै खतरामा पर्नसक्ने गरेर रगत बगेको छ भने मात्र यसो गर्नुपर्छ । कति रगत बरोमा ज्यानलाई नै खतरा हुन्छ भनी थाहा पाउन यो भन्दाअघिको पृष्ठ हेर्नुहोस् ।
यदि कुनै स्वास्थ्यकर्मीको सेवा पाउन सक्नुभएन भने
यदि गर्भपतन गराइसकेपछि रगत बगिरहेको छ र तपाईले पेज २५१ मा भनेजस्तै रगत रोक्ने उपाय गरिसक्नुभएको छ भने आफैले भए पनि पाठेघरको मुखमा टाँसिएका कुरा बाहिर निकाल्नुपर्छ । यसो गर्नुपर्दा पहिले हात र यौनाङ्गको बाहिरी भाग साबुनपानीले सफा गर्नुपर्छ । अनि बसेर बच्चा जन्माउने बेलामा वा दिसा बस्ताझै कन्नुपर्छ । अनि माथि बुँदा नं. ६ र ७ मा उल्लेख भएझै गर्नुपर्छ । अनि पेट माड्नुपर्छ । यति गरिसकेपछि पनि अनुभवी डाक्टरको सहयोग भने आवश्यक पर्छ ।
क्षोभ (Shock) भनेको धेरै रगत बगेका कारण ज्यानलाई नै खतरा हुने अवस्था हो । बाहिर रगत बगेको नदेखिने गरी भित्री रक्तस्रावको कारणले पनि क्षोभको अवस्था देखापर्न सक्छ ।
लक्षणहरू :
बिरामी होसमै रहेको भए निम्नअनुसार उपचार गर्नुपर्छ :
बिरामी होसमै रहेको भए निम्नअनुसार उपचार गर्नुपर्छ :
स्वास्थ्यकर्मी आउला र उपचार गराउँला भनेर पर्खनु हुँदैन । बिरामीलाई अस्पताल लगिहाल्नुपर्छ । उनलाई तत्कालै उपचारको आवश्यकता पर्छ।
गर्भ पतन गराउँदा संक्रमण भएमा त्यो निकै खतरापूर्ण पनि हुनसक्छ । यदि संक्रमण गराउने जीवाणु पूरै रगतमा फैलिएमा संक्रमण ज्यादै गंभीर बन्न जान्छ । यस्तो संक्रमण तीन महिना पछिको गर्भको पतन गराएमा वा पाठेघरमा चोट पुग्न गएमा हुन्छ । रगतमा संक्रमण फैलिनु निकै खतराजनक हुन्छ र यसले क्षोभ (Shock) पनि गराउन सक्छ ।
संक्रमणका कारणहरू :
सामान्य संक्रमणाका चिह्नहरू :
यसको उपचार
सामान्य संक्रमणलाई तुरुन्त नै उपचार गराइहाल्नुपर्छ । यसका लागि चाहिने औषधि तल लेखिएअनुसारका हुन्। विभिन्न किसिमका जीवाणुबाट संक्रमण हुनसक्ने हुँदा एकभन्दा बढी औषधि आवश्यक पर्ने हुन्छ । यदि तल लेखिएका औषधि उपलब्ध हुन नसकेमा वैकल्पिक औषधिका लागि यसै पुस्तकको हरिय पृष्ठ हेर्नुहोस्। पाठेघर संक्रमण भएकी दूध चुसाउने आमालाई बेफाइदा नगर्ने औषधिबारे पृष्ठ नं. ९७ हनुहास् ।
कडा संक्रमणका चिह्नहरू
उपचार
यदि बिरामीले मुखबाट औषधि खान नसक्ने अवस्था छ र कसैले मासुमा वा रगतको नसामा सुई दिन जानेको छ भने यसपछिको पृष्ठमा उल्लेख भएको औषधि दिनुपर्छ । बिरामीलाई औषधि दिए पनि चिकित्सकको सल्लाहका लागि जतिसक्दो छिटो अस्पताल वा स्वास्थ्य केन्द्रमा लानुपर्छ ।
धनुष्टङ्कारमहिलालाई गर्भपतनपछि संक्रमण भएको वा चोट लागेर रगत बगेको अवस्थामा फोहोर औजार पाठेघरभित्र लगाएमा त्यसले धनुष्टङ्कार हुनसक्छ । त्यसैले गर्भपतन गराउनेबित्तिकै टिटानस टक्स्वाइडको खोप (TT) दिनुपर्छ
तल दिइएका औषधिहरु सबैजसो नशा वा मांशपेशीबाट दिइन्छन् । तल ३ वटा बाकसमा औषधिहरु उल्लेख गरिएका छन्। यदि सुई औषधि प्रयोग गर्नु परेका ती मध्ये कुनै एउटा बाकसमा उल्लेख गरिएका सबै औषधिहरु प्रयोग गर्नु पर्छ । कुन बाकसका औषधिहरु छान्ने भन्ने कुरा आफ्नो स्थानमा कुन औषधिहरु सो छान्नु पर्छ तर यसको प्रयोग प्रभावकारी रुपमा गर्नु पर्छ ।
महत्वपूर्ण : ज्वरो निको भएको ४८ घण्टापछिसम्म नसामा वा मासुमा सुईबाट यी औषधिहरु दिइराख्नुपर्छ । त्यसपछि १४ दिनसम्म खाने औषधिहरु दिनु पर्छ ( पृष्ठ २५६ हेर्नुहोस्) । यदि औषधि प्रयोग गरिएको २४ घण्टाभित्रमा स्वास्थ्य सुधार भएन भने तत्कालै अस्पताल लग्नुहोस् ।
गर्भपतनपछि महिला मूच्छ परिन् भने त्यसको कारण अत्यधिक रगत बग्नु, भित्री अङ्गमा चोट पुग्नु वा कडा संक्रमण लाग्नुजस्ता कुरा हुन सक्छन् । क्षोभ भएको (Shock) कारणले यसो भएको भए माथि उल्लेख गरेका उपाय अपनाउनुपर्छ । यदि महिला बेहोस भइन् तर केही छिनपछि ब्युँझिन् र क्षोभ भएको लक्षण छैन भने प्रशस्त तरल पदार्थ खुवाउनुपर्छ साथै चनाखो भई उनको अवस्थामा निगरानी राख्नुपर्छ ।
जिउको भित्री अङ्गमा चोट पुग्नु (आन्तरिक चोट)
गर्भपतन गराउन प्रयोग गरिने तिखो वा धारिलो हतियारले पाठेघरका साथै डिम्बनली, डिम्बाशय, आन्द्रा तथा मूत्राशयजस्ता अङ्गमा छेड्न, घोच्न गएमा ती अङ्गमा चोट पुग्न जान्छ । यस किसिमको चोट पुगेमा बाहिर रगत नबगे पनि भित्रभित्रै गम्भीर किसिमले रक्तस्राव भएको हुनसक्छ ।
लक्षणहरू :
तल लेखिएका मध्ये कुनै एक वा सोभन्दा बढी लक्षण देखिन सक्छन् :
उपचार :
गर्भपतनका कारणले हुने समस्या तथा मृत्युबाट महिलालाई बचाउन असरक्षित कुनै पनि महिला वा महिलाको समूहले निम्न कार्यहरू गर्न सक्छन् :
तपाईं स्वास्थ्यकर्मी हुनुहुन्छ भने निम्न सुझावउपर पनि ध्यान दिनुहोस् :
सहयोगको आवश्यक परेको व्यक्तिलाई सहानुभूतपूर्वक व्यवहार गर्नुहोस्
धेरैजसो महिलाहरूले गर्भपतन गराइसकेपछि पाउनुपर्ने उपचार पाउँदैनन् वा पाए पनि उनीहरूप्रति राम्रो व्यवहार गरिँदैन । उनीहरूले लाज मान्नुपर्ने वा सजायको भागी हुनुपर्ने जस्तो व्यवहार गरिन्छ । यस्तो गर्नु उचित होइन किनकि अनिच्छापूर्वक गर्भपतन गराउनुपर्ने स्थिति जोसुकैलाई पनि आउन सक्छ, तपाईंलाई नै यस्तो स्थितिको सामना गर्नुपर्ने अवस्था आउँदैन भन्न सकिन्न । यसैले गर्भपतन गराएकी महिलाले ठीक गरिनन् भन्ने दृष्टिकोणबाट होइन, सहानुभूति राखेर व्यवहार गर्नुपर्छ ।
स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका।
Last Modified : 6/26/2020