पुस्तकमा धेरैजसो स्वास्थ्य समस्याहरू के हुन् र तिनका बारेमा के गर्न सकिन्छ भनी छलफल गरिएको छ । पोषिलो खानेकुरा, सरसफाइ, शरीरलाई आराम राखेर र महिला स्वास्थ्यसम्बन्धी आधारभूत आवश्यकताहरू पूरा गरेर यी स्वस्थ समुदायले महिलालाई स्वस्थ रहन मद्दत पुयाउँछ । स्वस्थ महिलाले परिवारको राम्रो हेरविचार समस्या कम गर्न सकिन्छ । यस अध्यायमा एउटी महिला, उनको परिवार र सिङ्गो समुदायले रोग लाग्नबाट जोगिन के-के गर्न सकिन्छ भनी वर्णन गरिएको छ ।
हुन त महिलाहरूको लागि स्वस्थ रहन त्यति सजिलो छैन । महिलाहरू परिवार र समुदायको स्वास्थ्यका निम्ति मरिमेटेर काम गर्छन् तर उनीहरू आफ्नै स्वास्थ्यका निमित्त भने समय, पैसा र शक्तिको अभावको सामना गर्छन् । सुरुदेखि धेरैजसो महिलाहरूलाई अरुको लागि काम गर्नुपर्छ भनेर सिकाएको हुनाले नै उनीहरू परिवारको सेवामा ध्यान दिँदादिँदै आफ्ना लागि समय नै पाउँदैनन्। परिवारको सीमित स्रोत पनि प्रायगरी केटाकेटी र लोग्नेमान्छेमाथि नै खर्च हुन्छ ।
यति हुँदाहुँदै पनि रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्नु अगाडि नै तिनको रोकथाम गरेमा धेरै दुख र झन्झटबाट बच्न सकिन्छ। यस्तो रोकथाम गर्नमा गरेमा धेरै समय र पैसा पनि लाग्दैन । यस किसिमको स्वास्थ्य समस्याहरूको रोकथामले महिला र उनको परिवारको स्वास्थ्य राम्रो बन्ने हुनाले पछि गएर जीवन बाँच्न सजिलो र राम्रो हुन्छ ।
के गरेको भए त्यो परिवार रोगबाट जोगिने थियो ?
यदि त्यस परिवारले तल लेखिएका सावधानीहरू अपनाएको भए रोग लाग्नबाट बच्न सक्दथ्यो :
समुदायका सदस्यहरूले सरसफाइको अवस्थामा सुधार ल्याउन मिलेर काम गरेमा साधारण स्वास्थ्य समस्याहरूमध्ये धेरैजसो समुदाय भित्रै समाधान गर्न
सकिन्छ । यसबाट सबैलाई फाइदा हुन्छ, जस्तै :
पिउन र पकाउनका लागि सफा पानीको स्रोतको व्यवस्था गर्न मिलेर काम गर्नेः समुदायका सदस्यहरूले सजिलै पानी प्राप्त गर्न पानी पंधेरो नजिकै हुनुपर्छ ।
पिउने र पकाउने पानी सफा राख्न :
सुरक्षित उपायले फोहोर मैलाको व्यवस्था गर्ने : सकिन्छ भने फोहोर मैलालाई पुर्नुहोस्, मलखाद बनाउनुहोस् वा डढाउनुहोस्। पुर्नुहुन्छ भने खाडल अलि गहिरो बनाउनुहोस् यसो गर्दा जनावरहरू र किरा-फटयाङ्ग्राहरू त्यो फोहोरसम्म पुग्न सक्तैनन्। यदि फोहोर जमिनमाथि नै थुपार्नुभएको छ भने त्यसलाई बारबेर गर्नुहोस् र झिंगाहरू नपसुन् भनी माटोले छोप्नुहोस् साथै खतरनाक विषादीहरू ठीक तरिकाले नष्ट गर्नुहोस्। जस्तै प्लास्टिकले बनेका सामानहरू घरनजिकै डढाउनुभएमा त्यसको धुवाँले विशेषगरी केटाकेटी, बुढाबुढी र विरामीहरूलाई नराम्रो असर गर्छ किनभने यो धुवाँ विषालु हुन्छ ।
जमेको पानीलाई बगाउने : लुगा र भाँडाकुँडा धुने ठाउँहरूमा खाल्टो, टायर र खुला भाँडाहरूमा जमेको पानी बगाइदिनुपर्छ । औलो र डेङ्गुजस्तो ज्वरो लामखुट्टेले फैलाउँछन्। लामखुट्टेले जमेको पानीमा नै फुल पार्छन् र संख्या बढाउँछन्। सकिन्छ भने झल लगाएर सुत्ने गर्नुहोस्।
चपीं बनाउन आफ्नो समुदायका सदस्यहरूलाई सङ्गठित गर्ने : चपी कसरी बनाउने भनेर जान्नका लागि अर्को पन्ना हेर्नुहोस्।
घरपरिवारका सदस्यहरू सँगै बस्नु पर्ने हुँदा रोगका किटाणुहरू सजिलै एक अर्कामा सर्ने गर्दछन्। कुनै पनि परिवारले तल लेखिएका काम गरेमा रोग फैलने सम्भावना धेरै कम भएर जानेछ ।
सकिन्छ भने दिनहुँ साबुनपानीले नुहाउनु (धुनु) ज्यादै राम्रो हुन्छ । नसके हप्तामा दुई चोटी नुवाए पनि हुन्छ । साथै :
दाँतको सफाइ
दनको दुईपटक राम्ररी सफा गर्नुपर्छ । यसरी सफा गर्ने गरेमा किरा लाग्नबाट बचाउन सकिन्छ । दाँतका बाहिरी भाग, भित्री भाग, माझमा र गिजामुन्तिर पनि राम्ररी सफा गर्नुहोस्। दाँत सफा गर्न बेरेर द त सफा गर्न सकिन्छ । टुथपेस्ट हुनु राम्रो हो तर अत्यावश्यक हाइन ।नुन र सफा पानीले सफाइ गर्दा पनि हुन्छ ।
सम्भव भएसम्म खाने पानी सबैभन्दा सफा स्रोतबाट लिनुपर्छ । यदि पानी धमिलो छ भने थिग्रन दिनुपर्छ र सफा किटाणुहरू तल भनिएको तरिकाले नष्ट गर्नुपर्छ । यस कामलाई पानीको शुद्वीकरण (Purification) भन्दछन् ।
शुद्ध पानीलाई सफा भाँडोमा छोपेर राख्नुहोस्। खानेतेल राखेको भाँडामा पानी राख्नु परे राख्नुअगि भाँडोलाई साबुन र तातो पानीले राम्ररी सफा गर्नुहोस् किटनाशक औषधिहरू, रसायन र मट्टितेलजस्ता सामान राखेको भाँडामा कहिल्यै पनि पिउने पानी राख्नुहुँदैन । र सफा पानीले सफा गर्नुहोस्।
आन्द्रामा हुने धेरैजसो रोगहरू फोहर खानेकुराको कारणले लाग्ने गर्छन्। कुनै-कुनै बेला बाली काट्ने, अन्न थन्क्याउने मानिसहरूको हातबाट रोगका कटाणुहरू खानेकुरामा सर्दछन्। कहिलेकांही हावामा भएका किटाणुहरू खानेकुरामा फैलन्छन् र त्यो खाना बिग्रन्छ । खाना राम्ररी नपकाएमा, ) नथन्क्याएमा पुरानो भएमा पनि यसो हुनजान्छ ।
खानामा किटाणुहरू नफैलिउन् भन्नका लागि :
खाना बिग्रनुका केही लक्षणहरू तल दिइएका छन् :
पकाएको खाना
खाना पकाउँदा त्यसमा भएका किटाणुहरू मर्छन्। सबै प्रकारका माछा, मासुहरू राम्ररी पकाउनुपर्छ । कुनै भाग पनि काँचो हुनुहुँदैन ।
जब खाना सेलाउन थाल्छ, तब किटाणुहरूले आक्रमण गर्न सुरु गर्छन्। यदि पकाएको दुई घण्टाभित्र खाना खाइँदैन भने त्यसलाई फेरि राम्ररी तताउनुपर्छ । झोल पदार्थहरू उम्लिने गरी र भातजस्ता ठोस कुराहरू बाफ आउने गरी तताउनुपर्छ ।
खानेकुरा छनौट गर्दा ध्यान दिनुपर्ने केही कुराहरू ताजा (काँचो) खानेकुराहरू :
प्रशोधन गरिएका (पकाइएका वा पुरिया बन्द) खानेकुराहरू यसरी राखिनु (थन्काइनु) पर्छ :
सकेसम्म ताजा खाना खानुहोस्। खानेकुरा थन्क्याएर राख्नुपर्ने भए झिंगा, किरा र धुलोबाट जोगाउन छोपेर राख्नुपर्छ ।
चिसो ठाउँमा राख्न सके खानेकुरा सुरक्षित रहन्छ । तल व्याख्या गरिएका चिसो राख्ने तरिकाहरू, करण (पानीलाई वाफ बनाएर उडाउने प्रक्रियामा | हुनसक्छन् । उपी तरिकहरू एक आधारित छन्। राम्ररी चिस्याउनका लागि खानेकुरा कम गहिरो र फराकिलो भाँडामा राख्ने गर्नुहोस्। माटाका भाँडामा चिस्याउने तरिका : यो दुईवटा भाँडाहरू लिएर तयार गरिन्छ। ठूलो भाडाभित्र एउटा सानो भाँडा राखिन्छ र माझमा पानी भरिन्छ। भाँडामा बिर्का हुनुपर्छ र बाहिरी भाँडामा टल्कने जलप लगाइएको हुनुहुँदैन । यसरी जलप नलाएको भाँडामा पानी सजिलै वास्पीकरण हुनेछ ।
भित्र राखिने सानो भाँडाको भित्रपट्टि भने जलप लगाएको हुनुपर्छ । यसो भयो भने खानेकुरा थन्क्याएको सानो भाँडो। सफा गर्न सजिलो हुनुका साथै बाहिरबाट पानी रसाएर छिर्दैन । यसैगरी बाहिरी ताप पनि रोकिन्छ ।
काठको दराजमा चिस्याउने तरिका : काठको दराजलाई चिसो भूईमा पर्न नदिन इँट वा ढुङ्गामाथि अडेसा दिई राख्नुहोस्। दराजको सबैभन्दा माथिल्लो भागमा पानीले भरिएको भाँडो राख्नुहोस् । त्यस भाँडामाथिबाट एउटा खस्रो कपडाले दराजको दुवैतर्फबाट ढाक्नुहोस् । पानीको भाँडामाथि रहेको कपडाको भागलाई पानीमा डुबाउनुहोस्। यसो गर्दा पानी वस्तारै रसाएर सबै कपडा भिज्नेछ । खनेकुराहरू भाँडामा राखी दराजभित्र थन्क्याउनुहोस्। कपडामा भएको पानी वाफमा बदलिन्छ, यसो हुँदा पानीले वरि परिको तापलाई वाफ बनाई ख नेकुरालाई चिसो राखिराख्न सहयोग पुयाउँदछ । यदि त्यस कपडाल उपयोगी हुन्छ ।
अाराम
महिलाहरू पकाउने, पानी भर्ने, दाउरा खोज्ने र परिवारजनको जीवनका निमित्त कडा मेहनत गर्छन्। यदि कुनै महिला घरबाहिर पनि काम गर्छिन् भने त उनको बोझ दोब्बर हुन्छ । उनी दिनभरि कारखाना, अफिस वा खेतबारीमा काम गर्छिन् र घर फर्किएर परिवारको देखभाल गर्ने आफ्नो दोस्रो जिम्मेवारी सुरु गर्छिन्। यी सबै कामको बोझले उनलाई थकाइ लाग्नसक्छ, कुपोषण हुनुका साथै रोग पनि लाग्नसक्छ किनभने उनलाई आराम गर्ने समयको कमी हुन्छ र त्यत्रो काम धान्नका लागि शक्ति दिने खानाको पनि कमी रहन्छ।
महिलाहरूले बालसेवा सहकारीहरू बनाएका छन्। जसमा एउटी महिलाले साना केटाकेटीहरूको हेरविचार गर्छिन् र अरू महिलाहरू काममा जान्छन्। सबै महिलाले केटाकेटीको रेखदेख गर्ने महिलालाई केही न केही तिर्छन् वा उनीहरू पालैपालो केटाकेटीहरूको हेरविचार गर्छन् ।
यदि महिला गर्भवती छिन् भने त उनलाई अझ धेरै आरामको आवश्यकता पर्छ। ती महिलाले परिवारजनलाई आफ्ना आवश्यकताहरू बुझाई आफ्नो काममा थप सहयोग गर्न अनुरोध गर्न सक्छिन्।
व्यायाम
धेरै महिलाहरूले आफ्नो दैनिक काम गर्दा नै प्रशस्त व्यायाम गर्छन् तर यदि कुनै महिला काम गर्दा त्यति हिँडडुल गर्दैनन् वा दिनभरि कुनै कारखाना वा कार्यालयमा उभिइरहन्छन्। वा बसिरहन्छन् भने उनीहरूले यताउति चल्ने र हिँड्ने गर्नु आवश्यक हुन्छ । यस कार्यले मुटु, फोक्सो र हड्डीलाई बलियो बनाउँछ ।
नियमित स्वास्थ्य जनाँच
सकिन्छ भने ३ -४वर्ष जस्तोमा वीचमा रोग नलागेका महिलाहरूले पनि तालिमप्राप्त स्वास्थ्य कार्यकर्तालाई आफ्नो प्रजनन् प्रणालीको जाँच गराउनुपर्छ । यस कममा नितम्ब (pelvic) पेज नं ४४ पनि हेर्नुहोस्। स्तन र रक्तअल्पता एवं यौन प्रसारित संक्रमणको परीक्षण गरिन्छ । यदि उनी जोखिममा परेकी छन् भने पेज नं २६३ हेर्नुहोला । जाँचका क्रममा प्याप (pap) परीक्षण (तल व्याख्या गरिएको) पाठेघरको क्यान्सरका परीक्षण पनि गर्नुपर्छ । यो - विषेशगरी ३५ वर्ष नाघेका महिलाहरूका लागि आवश्यक हुन्छ किनभने महिलाहरूको जति उमेर बढ्दै जान्छ उति नै पाठेघरको क्यान्सर हुने सम्भावना बढेर जान्छ ।
प्रजनन स्थल वा कोखको परीक्षण विधि यस्तो हुन्छ :
असुक्षित असुरक्षित यौन सम्पर्कले महिलाहरूलाई यौन प्रसारित संक्रमणहरू तथा एच.आई.भी. हुने खतरा हुन्छ। एचआइभी संक्रमण पछि एड्स भएर त्यसले ज्यान लिनसक्छ । यौन प्रसारित संक्रमणको उचित उपचार नगर्दा बाँझोपन, नलीमा गर्भ रहने र गर्भ तुहिने हुनसक्छ । धेरैजनासँगको यौन सम्पर्कले महिलालाई पेल्भिक संक्रमण (PID) र क्यान्सर हुन सक्छ । व्यवहारमा सुरक्षित यौन अपनाएर महिलाहरू यी सबै समस्याहरूबाट जोगिन सक्छन्।
विवाहित महिलाले आफ्नो शरीरको पूर्ण विकास नहुन्जेल गर्भ रहनबाट जोगिन परिवार नियोजन प्रयोग गर्नुपर्छ । पहिलो बच्चा भइसकेपछि कम्तिमा २ वर्षपछि मात्र गर्भवती हुनुपर्छ । यसले गर्भवती हुँदा कमजोर भएको शरीर तग्रिने समय पाउँछ । साथै उनले थप सन्तान जन्माउने वा नजन्माउने निधो गर्न सक्छिन्।
धेरै महिलाहरूलाई गर्भवती अवस्थामा विरामी महसुस नहुने हुँदा उनीहरू सेवाको खोजी गर्दैनन् तर विरामी नहुनुको अर्थ उनीहरूमा कुनै समस्या नै छैन भन्ने होइन । उच्च रक्तचाप र पेटमा बच्चा उल्टो रहनेजस्ता गर्भावस्था र सुत्केरी हुँदा हुने धेरै समस्याका लक्षण पहिले नै देख्न सकिंदैन । हरेक गर्भवती महिलाले नियमित जाँच गराउनुपर्छ । यसो गर्दा उनलाई सेवा दिने स्वास्थ्य कार्यकर्तालाई गर्भ राम्ररी विकास भइरहेको छ/छैन थाहा हुन्छ। असल गर्भवती सेवा पाउन सकिने भने त्यसले गर्भावस्थाका जटिलताहरूबाट जोगाउँछ ।
परिवार योजना र गर्भवती तथा सुत्केरी हुँदा दिइने विशेष सेवाले निम्नलिखित समस्याहरूबाट जोगाउँछ :
पाठेघर खस्ने वा आड भर्ने : लगातर गर्भवती भइरहने, लामो बेथा लाग्ने तथा बेथा लाग्दा धेरै बल गर्ने महिलाका पाठेघर थाम्ने मांशपेशी र तन्तुहरू कमजोर हुन सक्छन्। यसो हुँदा सिङ्गै पाठेघर वा त्यसको केही अंश झरेर योनीमा आइपुग्छ । यसलाई पाठेघर खस्नु वा आङ झर्नु भन्दछन्।
चिह्न
रोकथाम
योनीबाट पिसाब चुहिन्छ (Vagino - Vescicle - fistula) :
बेथा लागेको बेला बच्चाको टाउकाले लामो समयसम्म योनीको भित्तामा दबाब दिँदा योनीको भित्तामा प्वाल परी योनीबाट पिसाब चुहिन्छ । थप जानकारीका लागि पेज ३७० हेर्नुहोस्।
रोकथाम
धनुष्टङ्कार विरुद्धको खोप
धनुष्टङ्कार ज्यानै लिने रोग हो । मानिस र जनावरको दिसामा हुने किटाणु शरीरका कुनै घाउबाट शरीरभित्र गएमा धनुष्टङ्कार हुने सम्भावना हुन्छ । धनुष्टङ्कार सबैलाई हुन सक्ने भए पनि बच्चा जन्माउने अवस्थामा बच्चा र आमालाई यो रोग लाग्ने बढी सम्भावना हुन्छ । निर्मलीकृत वा संक्रमण नवारण नगरिएका औजारहरू पाठेघरमा छिराए वा फोहोर पत्ती वा कैचीले नाल काटेमा पनि महिलालाई धनुष्टङ्गर हुनसक्छ ।
पनि महिनाको एकपटक नियमित स्तन परीक्षण गर्नुपर्छ ।धेरै महिलाहरूको स्तनमा स-स ना गठा (lumps) हुन्छन् । महिनावारी हुँदा तिनको आकारप्रकारमा परिवर्तन अउँछ । प्रायशः महिनावारी हुनु ठीक अगाडि तिनीहरू नरम हुन्छन्। स्तनमा भएका गाँठाहरू लामो समयसम्म रहिरहेमा त्यो स्तन क्यान्सरको लक्षण पनि हुनसक्छ । यदि स्तन कसरी जाँच्ने भनेर थाहा भयो। भने आफैले स्तनमा त्यस्ता गाँठा छन्/छैनन् भनेर जाँच्न सकिन्छ ।
नियमित रूपमा महिनाको एक पटक स्तन जाँच गरायो भने त्यसको कुनै महिला आफैले त्यो जाच गर्न | आकारप्रकार र अवस्थाबारे राम्रो ज्ञान हुन्छ र केही गडबडी भएमा तुरुन्तै थाहा सक्दिनन् भने आफूले विश्वास गर्ने | पाउन सक्छिन्। कसैलाई यो काम लगाउन सक्छिन् ।
स्वस्थ रहन त्याग्नुपर्ने कुराहरू चुरोट, रक्सी र अन्य मादक पदार्थहरूको प्रयोगले महिलाका स्वास्थ्यमा नराम्रो असर पर्छ । यसबारे बढी जान्न पेज नं. ४३५ हेर्नुहोस्।
समुदायमा कार्यरत स्वास्थ्यकर्मीहरू वा स्वास्थ्यमा काम गर्ने अन्य कुनै पनि गर्न सि कने व्यक्तिले विभिन्न रोग लाग्न नदिन महत्त्वपूर्ण योगदान गर्न सक्छन् तर कतिपय अवस्थामा महिलाहरूलाई रोग लागिसकेपछि उनीहरूलाई कसरी उपचार गर्न कामहरू सकिन्छ भनेर सोच्नुपर्ने हुन्छ । त्यसबेला तुरुन्त उपचार गर्ने सोच बनाइ त्यसैले पार्नु भन्ने पनि हो ।
औषधि उपचार गर्दा गदै रोगबाट कसरी बच्ने सकिन्छ भन्ने कुराको ज्ञान पनि महिलालाई दिनुपर्छ । जस्तै– कुनै पनि महिला पिसाब नलीको संक्रमण भएर तपाईंकहाँ आइन् भने उनलाई तपाई औषधि दिएर उपचार मात्र गर्ने होइन पिसाबको संक्रमणबाट बच्न के गर्न सकिन्छ भनेर पनि बुझाउनुहोस्।
तपाईकहाँ आएका महिलाको रोग निको पार्ने र भविष्यमा रोग हुन नदिन के गर्नुपर्छ भनेर बताउने काम पनि तपाईंको दायित्वभित्र पर्छ । यो बताउनका लागि तपाईंले ती महिला रोगका बारेमा, स्वास्थ्यका बारेमा के विचार गर्छिन् भनेर बुझनु पनि जरुरी हुन्छ । कुनै महिला यसबारेमा जति छलफल गर्छिन् उनी रोगबाट कसरी बच्ने भन्ने कुरा जान्न उति नै उत्सुक हुन्छिन्। महिलाले जानेपछि उनले आफ्नो स्वास्थ्यको हेरविचार आफै गर्नसक्ने हुन सक्छिन्। यसले गर्दा रोगबाट बच्न सक्छिन्।
स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका ।
Last Modified : 8/5/2020