कमभन्दा कम हानिकारक वस्तुको प्रयोग गरिएमा हानिकारक फोहरको मात्रा घटाउन सकिन्छ । तसर्थ हाम्रो स्वास्थ्य संस्थाको लागि सामान खरिद गर्दा कस्ता किसिमका फोहर उत्पादन गर्दछ भन्ने कुरा विचार गर्नुपर्दछ । कति हानिकारक हुने कुराको विचार गर्नुपर्दछ । कसरी फोहर विसर्जन गर्ने कुराबारेमा पनि सोच्नु पर्दछ ।
स्वास्थ्यजन्य फोहरमैलाई उत्सर्जन भएकै ठाउँमा छुट्याउने गर्नु फोहर व्यवस्थापनको अर्को महत्वपूर्ण अंग हो । फोहरलाई स्रोतमा नै छुट्याउनाले स्वास्थ्य केन्द्रका मानिस र अन्य जसले फोहर संकलन गर्दछ वा पुनः प्रशोधन गर्नेलाई हुन सक्ने हानिबाट बचाउन सकिन्छ । फोहरलाई स्रोतमा नै छुट्याउनाले प्रशोधन गर्नुपर्ने वा गाड्नुपर्ने फोहरको मात्रा घट्दछ जसले गर्दा फोहर व्यवस्थापनमा लाग्ने खर्च घटाउन सक्दछ ।
धेरैजसो स्वास्थ्य केन्द्रहरूले फोहर उत्सर्जन गरेको ठाउँमै विभिन्न रंगको भाँडोमा फोहर छुट्याएर राख्ने गर्दछ । यो पद्धतिलाई राम्ररी काम गर्न हरेकले कुन रंगको भाँडोमा कस्तो फोहर राख्नु पर्दछ भनि जान्नु पर्ने हुन्छ । विभिन्न रंगको भाँडोमा विभिन्न फोहर राख्ने कुरा हरेक देशमा फरक फरक हुन्छ । उदाहरणको लागि केही देशमा रातो रंगको भाँडो खतरानाक फोहर भनि धारिलो वस्तुहरू, सूई र अन्य खतरनाक वा विषाक्त आदिलाई रातो रंगको भाँडोमा राख्ने गरिन्छ ।
आधाभन्दा बढी स्वास्थ्यजन्य फोहर साधारण फोहर जस्तै हो । कागज, कार्डबोर्ड, बोतल, टिनको बट्टा र जब यस्ता फोहरहरूलाई छुट्टाछुट्टै राखिन्छ यसले खतरनाक फोहरलाई व्यवस्थापन गर्न धेरै सजिलो गरिदिन्छ ।
फोहर छुट्टाछुट्टै राख्ने भाँडो निम्न प्रकारको हुनु जरुरी छ ।
सबै ठाउँमा एकै किसिमको फोहरको लागि प्रयोग गरिने भाँडो वा प्लाष्टिकको व्यागको आकार प्रकार एवं रंग एउटै हुँदा राम्रो हुन्छ । यसो नभएको खण्डमा रंगीन टेप वा पेन्टस्को सहायताले सघाउनुपर्दछ । यसरी एकै प्रकारको भाँडा प्रयोग गर्नाले फोहरमा काम गर्ने कामदारले नझुक्किइकन कुन भाँडोमा साधारण फोहर राख्ने र कुन भाँडामो खतरनाक फोहर राख्ने भन्ने कुरामा सहयोग पुग्दछ ।
स्वास्थ्यजन्य फोहरलाई यसको अन्तिम तह लगाउने ठाउँसम्म सुरक्षित तरीकाले पु¥याउनुभन्दा पूर्व सुरक्षित तवरले भण्डारण गरिनु पर्दछ । स्वास्थ्यजन्य फोहर उत्सर्जन हुने वा निसंक्रमित हुने ठाउँमा नै राखिनु पर्दछ । यसलाई कहिल्यै पनि बाटोको बीचमा, नुहाउने कोठा वा अन्य कुनै ठाउँमा राखिनु हुँदैन । जहाँ मानिसले यसमा अन्य प्रकारको फोहर मिसाउन वा भएको फोहर पोखिन सक्ने हुन सक्दछ ।
फाहेरको व्याग वा भाँडो तीन चौंथाई भरी सकेपछि सिल गर्नुपर्दछ । जसले गर्दा फोहर पोखिने वा भाँडो फुट्न सक्ने हुँदैन र कामदारलाई बोक्दा गाह्रो पनि हुँदैन । फोहरको व्याग वा भाँडोमा कहिल्यै पनि धारिलो सूई वा अन्य औजार राख्नु हुँदैन । किनभने व्याग वा भाँडो फुटेको खण्डमा यसलाई अन्तिम निष्काशन वा विसर्जन नभएसम्म बन्द कोठामा राख्नु पर्दछ । कोठा एकदमै सुरक्षित हुनु पर्दछ जसले गर्दा फोहर बिक्रीको संकलन गर्ने मानिसहरूलाई यसमा पहुँच हुन नपाऊन् ।
फाहेरको व्याग वा भाँडो तीन चौंथाई भरी सकेपछि सिल गर्नुपर्दछ । जसले गर्दा फोहर पोखिने वा भाँडो फुट्न सक्ने हुँदैन र कामदारलाई बोक्दा गाह्रो पनि हुँदैन । फोहरको व्याग वा भाँडोमा कहिल्यै पनि धारिलो सूई वा अन्य औजार राख्नु हुँदैन । किनभने व्याग वा भाँडो फुटेको खण्डमा यसलाई अन्तिम निष्काशन वा विसर्जन नभएसम्म बन्द कोठामा राख्नु पर्दछ । कोठा एकदमै सुरक्षित हुनु पर्दछ जसले गर्दा फोहर बिक्रीको संकलन गर्ने मानिसहरूलाई यसमा पहुँच हुन नपाऊन् ।
यदि तपाईको स्वास्थ्य केन्द्रमा सुरक्षित पहिरनहरू छैन भने अन्य उपलब्ध सामग्रीहरू नै उपभोग गर्नुहोस् । उदाहरणको लागि फोहर संकलन गर्नेले प्लाष्टिक व्यागलाई नै एप्रोनको रूपमा प्रयोग गर्न सकिन्छ । पेन्ट, मास्क र टोपीको प्रयोग गर्नु पर्दछ । बिल्कुलै सुरक्षित लुगा नलाउनुको सट्टा भएको केही लगाउनु राम्रो हुन्छ ।
स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका
Last Modified : 3/5/2020