नसंक्रमणको अर्थ खासगरी संक्रमण गर्ने जीवाणुहरूलाई मार्नु हो । सकेसम्म स्वास्थ्यजन्य फोहर उत्सर्जन भएकै ठाउँमा निसंक्रमण गरिनु पर्दछ । प्रायःजसो निसंक्रमण गर्न रसायनको प्रयोग गरिन्छ । जस्तैः क्लोरिन ब्लिच, हाइड्रोजन पेरोक्साइड वा अन्य रसायनहरू आदि वा तापक्रमको उपयोग गरी निसंक्रमण गरिन्छ । जस्तैः उमालेर, वाष्पीकरण गरेर, उच्च ताप एवं दबाबमा फोहर प्रशोधन गरेर, अटोक्लेभ गरेर वा माइक्रोवेभको प्रयोग गरेर फोहरलाई निसंक्रमण गरिन्छ । फोहरलाई निसंक्रमित गरेर सुरक्षित तरीकाले गाड्नु पर्दछ ।
स्वास्थ्य चौकीमा भएको कुनै पनि वस्तु यदि रगत, शरीरबाट निस्कने झोल पदार्थ वा दिशा पिसाबबाट वा सरुवा रोगीको सम्पर्कमा आएका वस्तुहरूलाई निसंक्रमित गरी संक्रमण विमारी फैलिनबाट बचाउन सकिन्छ ।
निसंक्रमण गर्ने प्रयोग हुने सबै खाले रसायनहरू खतरनाक हुन सकदछ । तसर्थ यीनका प्रयोग निकै सावधानीपूर्वक गरिनु पर्दछ । साधारण तथा रसायनिक संक्रमणको लागि प्रयोग गरिने रसायनहरूमा हाइड्रोजन पेरोक्साइड (७%), क्लोरिन ब्लिच, इथानोल (७०%) र आइसोप्रोपाइल अल्कोहल (७० देखि ९० प्रतिशतको झोल) उपभोग गर्ने गरिन्छ । निसंक्रमित गर्ने र सफाई गर्ने धेरैजसो रसायनहरूमा चाहिँ ग्लुटारअल्डिहाइड वा फर्मलडिहाइडको उपभोग गरिन्छ । यी रसायहरूको सम्पर्कमा सधैँभरि आइरह्यो भने मानिसमा क्यान्सर तथा मृत्यु समेत निम्त्याउने गर्दछ । यी रसायनहरूको उपयोग गरिनु हुन्न । अगाडिको पृष्ठ संख्याहरूमा रसायनको उपयोग गरी सुरक्षित तरीकाले निसंक्रमण गर्न सकिने बारे उल्लेख गरिएको छ । धेरै स्वास्थ्य संस्थाहरूले निम्नलिखित निर्देशिका रसायनका प्रयोगबाट निसंक्रमण गर्दा उपभोग गरेको पाइन्छ ।
रसायन तथा मानव तन्तुहरूलाई रसायनबाट निसंक्रमण सोंच रहेको छ । तर खासगरी सालनाललाई सजिलै चर्पीको खाल्टोमा वा जमिनमा गहिरो खाडल खनी गाडेर विसर्जन गर्न सकिन्छ । धेरैजसो समुदायमा जन्मिएपछि जमिनमुिन सालनाल गाड्नै पर्ने चलन रहेको छ । यसरी जमिनमुनि राम्ररी गाडेर समुदायलाई जीवाणुको सम्पर्कमा आउनबाट बचाउने राम्रो उपाय हो । अगाडिको पृष्ठहरूमा फोहरलाई सुरक्षित तरीकाले विसर्जन गर्नेबारे वर्णन गरिएको छ ।
केही स्वास्थ्य संस्थाले निसंक्रमण र सफाई गर्न हानिकारक रसायन जस्तै ग्लुटरअल्डिहाइडको प्रयोग गर्छन् (पृष्ठ ४४०) । तर स्वास्थ्य संस्थाको भुई कम हानिकारक र सस्तो उपायबाट पनि कीटाणुरहित बनाउन सकिन्छ । सधैँजसो भुई, भित्ता र फर्निचर सफा गर्न तातो पानी र साबुन पनि प्रभावकारी हुनसक्छ । संक्रमण खाले रोग लागेको मानिस कुनै वा जाँच गर्ने ठाउँलाई कडा निसंक्रमण गर्ने खाले रसायनको आवश्यकता पर्दछ जसले गर्दा संक्रमण धेरै फैलिनबाट रोक्न सक्दछ । हाइड्रोजन पेरोअक्साइड जसमा सुन्तला रंगको तेललगायत अन्य प्राकृतिक तेलहरू मिसिएको हुन्छ, भुई, सतह तथा भित्ताहरूलाई निसंक्रमण गर्न निकै प्रभावकारी हुन्छ । यसले कुनै किसिमको स्वास्थ्य समस्या निम्त्याउँदैन र अन्तिम विसर्जर्नको लागि पनि कुनै किसिमको प्रशोधन अपनाउनु पर्दैन । एउटा सुरक्षित निसंक्रमण गर्ने झोल चाहिँ भिनेगर र हाइड्रोजन पेरोक्साइडको प्रयोग गरेर बनाउन सकिन्छ ।
्रायःजसो धेरै स्वास्थ्य केन्द्रहरूले ब्लिचिंग झोलको प्रयोग गरेर भुई सतह एवं भित्ता र टेबुललाई निसंक्रमित गर्ने गर्दछ । तर यसको प्रयोगबाट निसंक्रमित गर्ने गरेमा सावधानी चाहिं अपनाउनुपर्ने देखिन्छ । किनभने यसले आँखा र छालामा पोखिएर असर पु¥याउँदछ र श्वासप्रश्वासको माध्यमबाट पनि हाम्रो शरीरभित्र प्रवेश गरी खराब असर पु¥याउँदछ । ब्लिचिंग झोलको उपयोगसँगै सेतो भिनेगर मिसाएमा झन् बढी प्रभावकारी ढंगबाट निसंक्रमण गर्न सक्दछ ।
संक्रमित फोहरजस्तै प्रयोग गरिएको ब्याण्डेज, कपास, ग्लोब, पञ्जा र रगतको थैलाहरू उत्सर्जन हुने ठाउँहरूमा ब्लिच झोल भएको बकेट उपयोग गर्नु पर्दछ । प्रत्येक दिनको प्रयोगको लागि ब्लिच बकेट तयार गर्नुहोस् वा धेरै फोहर उत्सर्जन हुने ठाँमा चाहिं हरेक सिफ्टपछि यो झोल बनाउनुपर्दछ । फाल्ने फोहरहरूलाई निसंक्रमण गर्न एउटा ब्लिच बकेटको आवश्यकता पर्दछ भने अर्को पुनः प्रयोग गर्ने उपकरणहरूलाई निसंक्रमण गर्न चाहिं छुट्टै ब्लिच बकेट चाहिन्छ । पुनः प्रयोग गर्न नहुने पञ्जा, सिरिञ्ज, बोतल, ट्यूब र अन्य पदार्थलाई काटेर स–सानो टुक्रा पार्नु पर्दछ र ब्लिच बकेटमा राख्नुपर्दछ । बकेटमा सधैँभरी चाहिने आवश्यक मात्रामा क्लोरिन ब्लिचको झोल हुनु पर्दछ, जसले गर्दा त्यसमा राखिएको फोहर वा उपकरणहरू पूर्णतया डुबेको अवस्थामा रहिरहोस् । यस्तो निसंक्रमणको लागि राखिएको वस्तुहरू कम्तिमा ब्लिच झोलमा १० मिनेटसम्म राख्नु पर्दछ । ब्लिच बकेटमा राम्रो कसिने खालको बिर्को राख्नुपर्दछ जसले गर्दा झोल पोखिन पाउँदैन र झोल पनि आवश्यकताअनुसार कडा बनाउनुपर्दछ जसले निसंक्रमित गर्न सक्दछ । नछोपिएको बकेटबाट क्लोरिन उडेर जान सक्छ ।
महत्वपूर्ण ध्यानदिनु पर्ने कुराः क्लोरिन झोललाई कहिले पनि अन्य रसायनसँग मिसाउनु हुँदैन र खासगरी अमोनियासँग बिल्कुलै मिसाउनु हुँदैन । किनभने क्लोरिन र अमोनियालाई मिसाउँदा निकै विषालु ग्याँस उत्पन्न हुन्छ जसले ज्यानै समेत लिने गर्दछ र साथै अत्याधिक गर्मी उत्पन्न भई विस्फोट पनि हुन सक्दछ । ब्लिचको प्रयोग गरिसकेपछि राम्ररी ध्यानपूर्वक हातखुट्टा धुनु पर्दछ ।
पहिले पहिले धेरै स्वास्थ्य केन्द्रहरू कार्वोलिक अम्लको उपयोग गरीे बेडसिटलाई निसंक्रमित गरिने गर्दथे । यो चाहिं केवल जलेको व्यक्ति÷बिरामीलाई उपचार गर्दा गर्नपर्ने देखिन्छ तर बेड कभर, लुगा आदिलाई ब्लिच बकेटमा डुबाएर १० मिनेटसम्म तातो पानी र सावुनले धुनुभन्दा पूर्व डुवाउनु पर्दछ । पञ्जाको प्रयोग गरेर मात्र त्यस्ता सामग्रीहरूलाई ब्लिच झोलबाट निकाल्नु पर्दछ ।
धेरै स्वास्थ्य केन्द्रहरूले सिरिञ्ज र अन्य स्वास्थ्य उपकरणहरू र केही प्रकारका फोहरहरू अटो क्लेभिङ्ग तथा माइक्रोवेभको उपयोग गरी निसंक्रमण गर्ने गरेको पाईन्छ । यदि हामीसँग अटोक्लेभ र माइक्रोवेभ नभएमा उमालेर, तातो वाफ वा वाफ र दवाव दिएर कुनै वस्तुलाई २० मिनेटसम्म तताएर निसंक्रमण गर्न सकिन्छ । फाल्ने फोहर र पुनः प्रयोग गरिने वस्तुलाई सँगै राखेर निसंक्रमित गरिनु हुन्न किनभने पुनः प्रयोग गरिने वस्तुहरू छुट्याएर सफा राख्नु गाह्रो पर्दछ । पञ्जा, मास्कको प्रयोग गरेर मात्र प्लाष्टिक आइटम जस्तैः क्याथेटर, क्ष्ख् व्याग, ट्युव, ठूलो व्याण्डेजहरूलाई स–सानो टुक्रामा काट्नु पर्दछ ।
रबर, धातु, प्लाष्टिक वा लुगा आदि वस्तुहरूलाई उमालेर पनि निसंक्रमण गर्न सकिन्छ । यी उपकरणहरूलाई धोएर, पुछेर भाँडोमा राख्नु पर्दछ र राखिसकेपछि उपकरणहरू डुब्ने गरी पानी खन्याउनु पर्दछ र छोपेर करिब २० मिनेटसम्म उमाल्नु पर्दछ ।
प्लाष्टिक, धातुले बनेका उपकरणहरूलाई वाष्पीकरणको माध्यमबाट निसंक्रमण गर्न सकिन्छ । यस विधिमा पानीले सबै वस्तुलाई छोप्नु पर्दैन । तर पानीको मात्र चाहिं पर्याप्त हुनु पर्दछ जसले गर्दा २० मिनेटसम्म वाष्पको उत्सर्जन हुन पाओस् । भाँडोको ढक्कन चाहिं पूर्ण रूपले कसिएको हुनु पर्दछ ।
दबाबी वाष्पीकरणको माध्यमबाट पनि रबर, धातु वा प्लाष्टिकबाट बनेका पदार्थ र कपडाहरूलाई निसंक्रमण गर्न सकिन्छ । निसंक्रमण गर्नुपर्ने पदार्थहरूलाई धोएर, पुछेर प्रेसर कुकरमा राख्नु पर्दछ र त्यसमा पानी पनि हाल्नु पर्दछ । ढक्कन बन्द गरी चुल्होमा तताउनु पर्दछ । यसरी यो १५ देखि २० पाउण्डको दबाबमा २० मिनेटसम्म उमाल्नु पर्दछ ।
अटो क्लेभ एउटा सानो मेशिन हो जसमा फोहर वा स्वास्थ्य उपकरणहरूलाई वाष्पीकरणको माध्यमबाट ताप एवं चाप सृजना गरी निसंक्रमित गरिन्छ । अटोक्लेभ चाहिं धेरै वर्षदेखि स्वास्थ्य उपकरणहरूलाई निसंक्रमित पार्न प्रयोग हुँदै आइरहेको छ । यसको प्रयोग बढीभन्दा बढी फोहर निसंक्रमित गर्नेतर्फ प्रयोग पनि भैरहेको छ ।
दुईवटा छुट्टाछुट्टै मेसिनको प्रयोग गरिनु सुरक्षित हुन्छ । एउटा चाहिं पुनः प्रयोग गरिने उपकरणहरूको लागि र अर्को चाहिं फोहरलाई निसंक्रमण गर्नको लागि । स–साना स्वास्थ्य केन्द्रहरूको लागि थोरै मात्रामा उत्सर्जित फोहरको निसंक्रमण गर्न एउटा दबाबी वाष्पीकरण प्रविधि निकै कम खर्चिलो हुन्छ जुनचाहिं अटोक्लेभ जस्तो काम गर्दछ । विद्युत् उपलब्ध नभएको ठाउँमा चाहिं ग्याँसबाट चल्ने, मट्टितेलबाट चल्ने वा सौर्य शक्तिबाट चल्ने अटोक्लेभ बनाउन सकिन्छ ।
माइक्रोवेव ओभनले यसभित्र राखिएका फोहरमा भएको नभी (पानी)लाई तताउँदछ । यसरी उत्पन्न तापले र जतिसमयसम्म फोहरलाई यसभित्र राखिन्छ, मिलेर फोहरलाई निसंक्रमित तुल्याउँदछ । माइक्रोवेभ ओभनमा पावर फरक फरक भएकोले यसको प्रयोगबाट निसंक्रमण गर्न चाहिं एकदमै सतर्कता अपनाउनु पर्दछ । यस प्रविधिको प्रयोगबाट निकै उच्च स्तरको निसंक्रमण पु¥याउन वा प्राप्त गर्न निम्न कुरामा ध्यान दिनु पर्दछ ।
महत्वपूर्ण कुराः धातुजन्य पदार्थ माइक्रोवेभमा राख्नु हुँदैन किनभने यसले मेसिनलाई बिगार्दछ ।
फोहरलाई जुनसुकै प्रविधि (रसायनिक वा ताप) ले निसंक्रमण गरे तापनि, निसंक्रमित फोहरलाई सुरक्षित तबरले झोलामा वा तुरुन्तै विसर्जन गरिनु पर्दछ । फोहरलाई बिरामी भन्दा टाढा राखिनु पर्दछ र संक्रमित फोहर चाहिं निसंक्रमित फोहरमा नमिसिने कुराको सुनिश्चिता गर्नु पर्दछ ।
स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका
Last Modified : 12/23/2019