स्वच्छ ऊर्जाको प्रयोग सँगसँगै, विद्युत्बाट हुने प्रदूषण कम गर्ने महत्वूर्ण उपाय भनेको विद्युत्को सावधानपूर्वक प्रयोग हो । यदि हामीले थोरै विद्युत् खपत ग¥यौं भने हाम्रो पावर प्लान्टले धेरै उत्पादन गर्नु पर्दैन वा धेरै प्रदूषण गर्नु पर्दैन ।ऊर्जाको राम्रो उपयोगिताको लागि सरकारले विभिन्न उपायहरू अबलम्बन गर्न सक्दछ । जस्तैः उद्योगहरूलाई स्वच्छ उत्पादन पद्धति अवलम्बन गर्न लगाउनु (पृष्ठ ४५८ मा हेर्नुहोस्) र भैरहेको पावर प्लाण्ट एवं पावर लाइनमा सुधार गर्नुपर्ने हो ।
विद्युत्को अत्याधिक उपयोग गर्ने व्यक्ति र उद्योगधन्दाहरूको माग घटाउनु एक प्रकारले खनिज तेल एवं इन्धनको उपभोगलाई घटाउनु हो । सरकारले ऊर्जाको माग घटाउन उद्योगधन्दाहरूलाई व्यापारीवर्गलाई र सहरी मानिसहरूलाई ऊर्जाको न्यूनतम उपयोग गर्नु भनेर हौसला प्रदान गर्नु पर्दछ ।
कम ऊर्जाको उपभोग गर्नाले ऊर्जा उत्पादनको लागत एवं जनताको स्वास्थ्य र वातावरणमा पर्ने असर दुवैलाई न्यून गर्न सकिन्छ । सरकारले अत्याधिक विद्युत् खपत गर्ने उद्योगहरूलाई बढी कर लगाउन सक्दछ । सरकारले विद्युत् दिनको विभिन्न समयमा उपभोग गर्न प्रोत्साहन गर्न सक्छ जसले गर्दा यसको माग एकै समयमा अत्याधिक हुँदैन । ठूल्ठूला व्यापारिक संगठनहरूले विद्युत्लाई अन्य ब्यापार जस्तो बनाई दिएको छ । जति धेरै उत्पादन, बिक्री वितरण गर्न सक्दछ उति धेरै मुनाफा कमाउँदछ । खनिज तेल वा इन्धनको उपभोग गरी जति धेरै विद्युत् उत्पादन गरिन्छ वातावरण र स्वास्थ्यमा त्यत्ति नै धेरै हानी पु¥याउँदछ । त्यसैले व्यापारिक संस्थाहरूलाई ऊर्जाको उत्पादन बढाउनुभन्दा पनि संरक्षण गर्न बाध्य गराउनु पर्दछ ।
विद्युतीय पावर प्रसारण लाइनले विद्युत् उत्पादन गरिने पावर गृहबाट जहाँसुकै उपयोग गरिने ठाउँमा लैजान्छ । एउटा पाइपमा पानी बगे जस्तैः लाइनमा विद्युत् एक ठाउँबाट अर्को ठाउँमा प्रसारण हुन्छ । चुहिने पाइपबाट पानी खेर गएजस्तैः नराम्ररी मर्मत सम्भार गरेको खण्डमा विद्युत्को नाश हुन्छ । साथै कमसल खालको विद्युत् प्रसारण लाइनबाट धेरै विद्युत्को नास हुन्छ । भैरहेको विद्युतीय उत्पादन गृहलाई पनि सुधार गरी बढी सफा र सुरक्षित तरीकाले विद्युत् उत्पादन गर्न सकिन्छ । भैरहेको पावर गृहलाई सुधार गर्नु नयाँ गृह बनाउनुभन्दा कम लागत र वातावरण एवं जनस्वास्थ्यमा कम हानी पु¥याउँदछ ।
विद्युत् ऊर्जाको खपत सँगसँगै संसारभरी अर्को ठूलो ऊर्जाको खपत भनेको इन्धनको रूपमा यातायातका साधनहरू जस्तैः ट्रेन, हवाईजहाज, ट्रक, बस र अन्य यातायातका साधनहरूमा उपभोग हुने गरेको पाइन्छ । विद्युत् जस्तै गरीब राष्ट्रको मानिसहरूभन्दा धनी राष्ट्रको मानिसहरूले धेरै यातायात इन्धनको प्रयोग गर्छन् । यातायात इन्धनबाट हुने प्रदूषणको कारणले दम, ब्रोन्काइटिस् र क्यान्सर हुन्छ । यसले विश्व उष्णीकरण पनि निम्त्याउन मद्दत गर्छ ।
कम इन्धन बाल्नु र धेरै सफा यातायात राख्नुको सट्टा धनी राष्ट्रको मानिसहरू विशेषगरी अमेरिकाका मान्छेहरूले सार्वजनिक यातायात धेरै र निजी गाडीको कम प्रयोग गर्नुपर्दछ । सहर र यातायात विभागले कार भन्दा साइकल चढ्ने प्रेरणा दिनुपर्दछ ।
जब स्वचालित इन्जिन (ब्गतयmबतष्अ भ्लनष्लभ० को आविष्कार भयो, बोटबिरुवाबाट बनेको इन्धन जस्तैः ख्भनभतबदभि इष् िर अल्कोहलबाट चल्ने बनाइएको थियो । तर अहिले पेट्रोलबाट उत्पादन हुने ग्याँस र डिजेल सस्तो भएकोले स्वचालित इन्जिन, मोटरसाईकल, ट्रक र हवाइजहाजको मुख्य इन्धन नै पेट्रोल भएको छ । बोट विरुवामा आधारित इन्धनको उपयोग रोक्नका लागि पेट्रोलियम कारखानाहरूले धेरै मेहनत गरिरहेको छ । अब खनिज तेल पनि महङ्गो भएको छ । त्यसैले धेरै देशहरू पेट्रोललाई हटाएर बोट विरुवामा आधारित इन्धन प्रयोग गर्न खोजिरहेका छन् । पाल्म, सोयाविन, क्यानोला, मकै र अरु बिरुवाबाट बनेको तेललाई जैविक इन्धन वा एग्रो इन्धन भनिन्छ । हेर्दा यो राम्रो समाधान हो किनकी बोटबिरुवा नवीकरणीय हुन्छ । तर एग्रो इन्धनबाट समस्या समाधान गर्नुभन्दा पनि यसमा धेरै समस्याहरू हुन्छ ।
स–साना बाँधको सहायताले बिजुली उत्पादन गर्न सकिन्छ । जसलाई लघु जलविद्युत् योजना भनिन्छ । नदी एवं खोलामा प्रशस्त पानी भएको ठाउँमा यस्ता लघु जलविद्युत् योजनाबाट गाउँले समुदायमा निकै कम लागतमा विद्युत उत्पादन गर्न सकिन्छ । यस्ता किसिमका योजनाहरू गाउँलेहरू मिलेर स्थापना र व्यवस्थापन पनि गर्न सकिन्छ । यस्ता हजारौं लघु विद्युत परियोजनाहरू चीन, भारत र नेपालका गाउँ र सहरहरूमा हजारौं मानिसलाई विद्युत पु¥याइरहेको छ । साना लघु जलविद्युत् योजनाहरूमा नदी वा खोलाबाट पानीलाई माथिबाट पाइपको सहायताले तलसम्म ल्याउने गरिन्छ । पाइपबाट तल आउने पानीको बलले गर्दा टर्वाइन घुमाउन मद्दत गर्दछ र फेरि पानी नदी वा खोलामा फर्किन्छ । स–साना बाँधले मानिसलाई बिस्थापित पनि गर्दैन र ठूलो बाँध जस्तैः पानीको बहाबमा पनि परिवर्तन ल्याउँदैन । लघु जलविद्युत् योजनाहरूमा बाध्य केही मिटर मात्रै अग्लो बनाएर पानीलाई टर्बाइनतिर डो¥याइन्छ ।
स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका
Last Modified : 1/28/2020