प्रदूषण वा विषाक्त फोहरहरू उत्सर्जनबिना नै सामानहरू उत्पादन गर्ने वा बेचबिखन गर्ने प्रविधिहरू तथा पद्धतिहरू छन् । स्वच्छ उत्पादनले मानिसहरूको स्वास्थ्य तथा वातावरणीय स्वस्थ्ताको रक्षा गर्दछ ।
एउटा कागज उद्योगले रुखहरू, पानी, विद्युत् र क्लोरिनजस्ता रसायनहरू प्रयोग गर्दछ । स्वच्छ कागज उत्पादन उद्योगले प्रदूषणलाई कमगर्न निम्न उपायहरू अपनाउँछ :
धेरैजसो उद्योगहरूले स्वच्छ उत्पादन तरीकाहरू प्रयोग गर्न सक्छन् । कारखानाको तापबाट विद्युत् उत्पादन गर्न प्रयोग गर्न सकिन्छ र एउटा तरीकाले उत्पन्न फोहरलाई अरु वस्तुहरू बनाउन प्रयोग गर्न सकिन्छ । स्वच्छ उत्पादनले फोहरलाई अति कम गर्दछ । यसले पैसा पनि जोगाउँछ किनकि स्वच्छ उत्पादनले पदार्थहरू तथा ऊर्जा पुनः प्रयोग गर्दछ । किनकि कम्पनीहरूले प्रायः सफा गर्न र प्रदूषण कम गर्न वा त्यसबाट हुने हानिका लागि पैसा वा कर तिर्दैनन्, त्यसैले प्रायःजसो तिनीहरूलाई प्रचलित दबाब वा सरकारी नियमहरू प्रयोग गरेर स्वच्छ उत्पादन तरीकाहरू प्रयोग गर्न लगाउनुपर्छ ।
जब व्यवसाय मालिकहरू र कामदारहरूले कसरी रसायनहरू र औद्योगिक फोहरहरूले उनीहरू र समुदाय सबैलाई हानि गर्दछ भन्ने कुरा बुझ्छन्, उनीहरू धेरैजसो हानि कम गराउन उत्पादन गर्ने सामानहरू र तरीकाहरू परिवर्तन गर्न इच्छुक हुन्छन् । तथापि कहिलेकाहिं सामाजिक स्वास्थ्यको हितका लागि सकारात्मक वा नकारात्मक तरीकाबाट दबाब दिनु आवश्यक हुन्छ । व्यवसायमा स्वच्छ उत्पादन तरीका रोज्न लगाउनका लागि थुप्रै तरीकाहरू छन् ।
सरकारले विषाक्त रसायनहरूको प्रयोग र खतरनाक उत्पादन पद्धतिलाई निषेध वा प्रतिबन्ध लगाउन सक्छ । हानिकारक तवरले उत्पादन गरिएका सामानहरू खरीदलाई नकार्न सक्छ, स्वच्छ उत्पादन तरीका अपनाउन चाहने व्यवसायलाई अनुदान रकम प्रदान गर्न सक्छ, स्वच्छ उत्पादन प्रयोग गर्ने व्यवसायलाई कम कर लागू गर्न सक्छ र हानिकारक तरीका अपनाउने व्यवसायबाट धेरै कर उठाउन सक्छ ।
मानिसहरूले आफैं, व्यवसाय मालिकहरू र कामदारहरूलाई विषाक्तको खतरा र स्वच्छ उत्पादन तरीकाका फाइदाहरूका बारेमा शिक्षित बनाउन सक्छन्, प्रदूषण गर्ने उद्योगका सामानहरू खरीद नगर्ने, विषाक्त उत्पादनहरूका वैकल्पिक सुरक्षित उपायहरूका बारेमा अरुलाई थाहा दिन विषाक्त व्यवसाय अन्य अभ्यासहरूका बारेमा सञ्चारमा खुलासँग व्याख्या गर्ने र विषाक्तरहित दिगो व्यवसायको सफलताको खुशियाली मनाउन सक्छन् ।
कामदारहरूले विषाक्तहरूको सुरक्षित व्यवस्थापनको बारेमा सिक्ने, मनन गर्ने र नियमहरू लागू गर्न सक्छन् । कामदारहरू र समुदायलाई विषाक्तहरूबाट जोगाउनका लागि तिनीहरूका पेशागत संगठनहरूलाई लेख्न सक्छन् ।
कहिलेकाहीं साना व्यवसाय मालिकहरूलाई हानिकारक पदार्थहरूबाट हुन सक्ने खतराकाबारेमा पूरै ज्ञान नहुन सक्दछ । जब तिनीहरू वा तिनीहरूका कामदारहरूले विषाक्त रसायनहरू असुरक्षित तरीकाले प्रयोग, भण्डारण तथा विसर्जन गर्दछन्, उनीहरू प्रायः पैसा, समय तथा श्रम कम गर्ने प्रयास गरिरहेका हुन्छन् । जसो भएपनि आखिरमा धेरै व्यवसायिक व्यक्तित्वहरू त्यही समुदायमा बस्दछन् जहाँ तिनीहरूले प्रदूषण गर्छन् र तिनीहरू प्रभावित मानिसहरूका साथीहरू वा छिमेकीहरू नै हुन् । अथवा उनीहरूलाई स्वच्छ उत्पादन तरीकाकाबारेमा थाहा हुन सक्दछ तर परिवर्तनका लागि धेरै महंगो महसुस गर्दछन् । तर समयसँगै घाइते कामदारहरूको महंगो उपचार र समुदायमा भएका वातावरणीय क्षति सफा गर्न नाफा भन्दा बढी झन् समय र पैसाको आवश्यकता पर्दछ । जब साना व्यवसायहरूले स्वच्छ उत्पान पद्धति अपनाउँदछ, तिनीहरूले पूरै समुदाय र तिनीहरूका व्यवसायिक भविष्य झन् दिगो बनाउन मद्दत पु¥याउँदछ ।
स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका
Last Modified : 11/5/2019