विषाक्त रसायनहरूले हाम्रो स्वस्थ बच्चा जन्माउने क्षमतामा ह्रास ल्याउँदछ । प्रजनन स्वास्थ्य समस्याले बच्चा जन्माउने उमेरका महिलालाई असर गर्छ तर कहिले काहीं महिला पुरुष दुवैलाई कुनै पनि समयमा असर गर्न सक्छ । केही रसायनले गर्भपतन अथवा दुवै महिला अथवा पुरुषमा बाँझोपन (बच्चा जन्माउन असक्षम) गर्छ । यसले हर्मोनलाई प्रभावित गर्छ । हर्मोन एउटा प्राकृतिक रसायन हो जसले हाम्रो शारीरिक वृद्धिमा नियन्त्रण गर्दछ । जस्तो महिलाको महिनावारी र प्रजनन । जब अरु रसायनले पनि शरीरभित्र प्रवेश गर्छ, हर्मोनले जस्तैः काम गर्छ । तिनीहरूले गलत संकेत पठाएर प्राकृतिक हर्मोनलाई अल्मल्याउँछ । यही कारण कहिलेकाहीं यी रसायनलाई हर्मोन विनाशक पनि भनिन्छ ।
महिला हर्मोन इस्ट्रोजनले महिलाको शरीरमा परिवर्तन गर्छ जसलाई प्युबर्टी ९एगदभचतथ० भनिन्छ । यी हर्मोनले गर्दा हरेक महिनामा महिलाले अण्डा निष्काशन गर्छ, गर्भवती अवस्थामा महिनावारी रोक्छ र बच्चा जन्मिसकेपिछ स्तनपानको लागि दुध उपलब्ध हुन्छ । गर्भभित्र बच्चाहरू कसरी बढ्छ भन्ने कुरा पनि हर्मोनले नै निर्देशित गर्दछ ।
रसायन, जुन हर्मोन विनाशक हो त्यसले मासिक रूपमा छिटो महिनावारी सुरु गर्छ, अनियमित रक्तस्राव, अथवा विल्कुलै रक्तस्राव बन्द गर्छ । हर्मोनको सामान्य काममा बाधा पुग्नाले गर्भाशय भन्दा बाहिर गर्भ रहने र जुन धेरै खतरनाक समस्या हो, जसले महिलाको ज्यान पनि लिन सक्छ । केही रसायनहरू थोरै मात्रामा मात्र भएपनि जस्तो पी.सी.बी. डाइओक्सीन र केही प्लाष्टिकहरूले (पृष्ठ ३२३ र ३४०) प्रजनन स्वास्थ्यलाई गभ्मीर रूपमा प्रभावित गर्दछ । यस्ता धेरै रसायनहरू देख्न र सुँघ्न पनि हुँदैन । ती रसायनहरूको सम्पर्कमा आएकै समयमा असर नगर्न सक्छ तर धेरै वर्ष पछाडि गम्भीर स्वास्थ्य समस्या गर्छ अथवा अर्को पुस्तालाई पनि असर गर्छ ।
इन्डोमेट्रिओसिस् एउटा गम्भीर किसिमको बिरामी हो जसले पेटमा रेशाहरू बनाउँछ र पेटभन्दा बाहिरसम्म वृद्धि हुन्छ, के केले गर्दा इन्डोमेट्रिओसिस् हुन्छ भन्ने कुरा कसैलाई पनि थाहा छैन । किनभने यो बढीजसो औद्योगिक क्षेत्र र बढी प्रदूषण भएको ठाउँमा देखिएको छ यसले गर्दा यो हुनुको प्रमुख एउटा कारण औद्योगिक प्रदूषण पनि हो । इन्डोमेट्रिओसिस भएमा एकदमै धेरै दुख्ने गर्छ । यसले गर्भधारण हुनलाई पनि गाह्रो गर्छ ।
इन्डोमेट्रिओसिस्को मुख्य संकेत भन्नुपर्दा यसले महिनावारी हुँदा धेरै दुख्ने गर्छ र तल्लो पेट र ढाड पनि दुख्दछ । अरु संकेतहरूमा
यी संकेतहरू अरु स्वास्थ्य समस्याहरूको पनि लक्षण हुन सक्छ । त्यसैले इन्डोमेट्रिओसिस् होकी, होइन थाहा पाउन राम्रो तालीम प्राप्त स्वास्थ्यकर्मीलाई जचाँउनु पर्छ । धेरै स्वास्थ्यकर्मीहरूलाई पनि इन्डोमेट्रिओसिस्बारे धेरै राम्रो जानकारी छैन । त्यसैले तपाईलाई यो रोगको धेरै संकेत भएको तर स्वास्थ्यकर्मीले इन्डोमेट्रिओसिस् होइन भनेमा अरु स्वास्थ्यकर्मीको विचार पनि खोज्नु पर्छ ।
तपाईको दुखाइ र अनियमित रक्तस्राव कम गर्नको लागि जन्म निरोध पिल्स प्रयोग गर्न सक्नुहुन्छ । स्वास्थ्यकर्मीसँग कुरा गर्नुहोस् । इबुप्रोफेन नामक औषधि लिएर पनि तपाई आफ्नो दुखाइ घटाउन सक्नुहुन्छ । यसको लागि स्वास्थ्यसम्बन्धी किताव ध्जभचभ ध्यभल ज्बखभ ल्य म्यअतयच हेर्नुहोस् । केही महिलाहरू आफ्नो खानामा परिवर्तन गरेर तिनीहरूको दुखाइ घटेको र यो रोगको संकेत पनि घट्दै गएको देखिएको छ । इन्डोमेट्रिओसिस्, इस्ट्रोजेनसम्बन्धी हर्मोनका कारण हुन्छ त्यसैले इस्ट्रोजेनयुक्त खाना छोड्नु पर्छ । जस्तो
हाम्रो शरीरमा इस्ट्रोजेन उत्पादन गर्ने खानाहरू पनि छोड्नु पर्छ । त्यसैगरी इस्ट्रोजेन जस्तैः असर गर्ने खाना जुन लष्नजतकजबाभ परिवारमा पर्छ (एगप्लान्ट, आलु, गोलभेंडा र मरिच) र कफि, चिया, चकलेट र चिसो पेय पदार्थहरू ।
केही खानाहरूले इन्डोमेट्रिओसिस्सँग लड्न पनि सहयोग गर्छ । जस्तोः
क्यान्सर एउटा गम्भीर खालको विरामी हो जसले हाम्रो शरीरको विभिन्न भागलाई असर गर्न सक्छ । ज यो सुरु हुन्छ शरीरमा केही कोष छिटो असामान्य तरीकाले वृद्धि हुन थाल्छ र ट्युमर हुन्छ । कहिलेकाहीं ट्युमर यत्तिकै उपचार नगरी हराउँदै जान्छ । तर धेरै ट्युमरहरू ठूलो र चाँडै छरिँदै जान्छ र शरीरका विभिन्न भागमा स्वास्थ्य समस्या गर्दछ । यो नै क्यान्सर हो । धेरै वृद्धि भएको ट्युमरमा क्यान्सर हुँदैन तर कुनै कुनै हुन्छ । कुनै समयमा क्यान्सर फाट्टफुट्ट केही केहीमा मात्र देखिन्थ्यो तर आजकल यो धेरैमा देखिन थालेको छ ।
अहिले विश्वमा बढ्दो क्यान्सरको एउटा कारणमा हाम्रो वातावरणमा र हाम्रो शरीरमा रहेको औद्योगिक प्रदूषण र विषादीयुक्त रसायन हो । बढी प्रदूषित क्षेत्र र त्यसको वरिपरि बस्ने मानिसहरूले सरकारसँग मानिसहरूको स्वास्थ्य सुरक्षाको लागि आवाज उठाउनु पर्छ । कलकारखानामा प्रयोगमा आउने रसायनको राम्रो जानकारी दिएर कसरी प्रयोग गर्ने, कसरी त्यसलाई व्यवस्थापन गर्ने भनी राम्रो सिलसिलाबद्ध जानकारी भएमा क्यान्सर घटाउन सक्दछ ।
धेरै प्रकारका क्यान्सरहरू विषादीयुक्त रसायनका कारण हुन्छन् । यसभित्र फोक्सो, पिसावथैली, कलेजो, दिमाग, रगत, स्तन, र ल्यलज्यमनपष्लुक का क्यान्सर पर्छन् ।
मानिसहरू जो लामो समयसम्म यी विषादीयुक्त रसायनको सम्पर्कमा आउँछन् उनीहरूलाई क्यान्सर हुने खतरा कम विषादीयुक्त रसायनको सम्पर्कमा आउने मानिसमा भन्दा बढी हुन्छ । तिनीहरूले गर्ने खतरा थाहा भएमा उपचार गर्न सजिलो हुन्छ ।
धेरै चाँडो क्यान्सर पत्ता लगाउनाले मानिसको जीवन प्रायः बचाउन सकिन्छ । किनभने त्यो मानिसले शरीरमा क्यान्सर फैलिन भन्दा अगाडि उपचार पाउँछ । क्यान्सरको केही संकेतहरूमा थकाई लाग्नु, धेरै छिटो शरीरको तौल घट्नु, टुटुल्को उठ्नु र शरीर दुख्नु । यिनीहरू अरु रोगको संकेत पनि हुन सक्छ । कुनै मान्छेमा क्यान्सर छ वा छैन भनी पत्ता लगाउने एउटा बाटो असरयुक्त भागको केही कोषहरूको परीक्षण गर्नु पनि हो । कुनै तालीम प्राप्त व्यक्तिले ती कोषहरू सूक्ष्मदर्शक यन्त्रमा हेरेर छुट्याउँछन् ।
क्यान्सरले विभिन्न तरीकाबाट मानिसलाई असर गर्छ र यहाँ कुनै यस्तो एउटै उपचार छैन जसले धेरै व्यक्तिहरूलाई काम गरोस् । क्यान्सर भएका व्यक्तिहरूका लागि एउटा राम्रो स्वास्थ्यको बाटोमा पश्चिमी औषधि, चाइनिज औषधि, भारतीय आयुर्वेदिक औषधि र संसारभरीका प्राचीन औषधिहरू पर्दछन् । दुर्भाग्यवस, यिनीहरूमध्ये कुनै एकले मात्र पनि सधैँभरि काम गर्दैन । क्यान्सरको उत्कृष्ट उपचारले सामान्य स्वास्थ्य, स्वास्थ्य र मानिसको व्यक्तिगत उपचारमा उत्थान गर्दछ । उपचार खोज्दै जाँदा डाक्टर र अरु स्वास्थ्यकर्मीकहाँ जानुस् जसलाई तपाईं चिन्नुहुन्छ र विश्वास गर्नुहुन्छ । जो व्यक्ति क्यान्सरबाट बाँचेको हुन्छ तिनीहरूले नै क्यान्सरलाई उत्कृष्ट रूपमा बुझेको हुन्छ । सबै क्यान्सर बिरामीहरू जो बाँचेका छन् केले सहयोग छ र केले गर्दैन आदि बारे सबैको आ–आफ्नै छुट्टाछुट्टै कथाहरू हुन्छन् । क्यान्सरको उपचारमा कहिलेकाहीँ धेरै कडा औषधिहरूको प्रयोग हुन्छ जसको दुष्प्रभाव सहन धेरै गाह्रो हुन्छ । धेरै कमै प्रकारका क्यान्सरहरूको मात्र एउटै तरीकाको उपचार हुन्छ, जुन औषधि हुन सक्छ, वनस्पति, खाना अथवा अरु विभिन्न थेरापीहरू । उत्कृष्ट उपचारमा भौतिक उपचार जस्तो क्यान्सरको औषधि अथवा अकुपञ्चर, साथमा स्वस्थ खानेकुरा पनि पर्दछ । सहयोगी समूह, सरसल्लाह, प्राथाना अथवा ध्यान जस्ता भावनात्मक र आध्यात्मिक सहायता पनि धेरै महत्वपूर्ण हुन्छन् ।
कुनै कुनै क्यान्सर उपचार गर्न सकिन्छ तर कुनै कुनैको सकिंदैन । विशेष गरेर यदि क्यान्सर शरीरको धेरै भागमा फैलिएको छ भने बढीजसो क्यान्सर ढिलो थाहा हुन्छ, त्यत्ति बेलासम्म उपचार सम्भव हुँदैन । त्यसपछि घरमा परिवारबाट हेरचाह गर्नु नै उत्कृष्ट हुन्छ । यो समय एकदमै धेरै गाह्रो हुन्छ । क्यान्सर भएका व्यक्तिले केही खाने र थोरै विश्राम पनि गर्नुपर्छ । दुखाइ घटाउनको लागि औषधि र निद्रा लाग्ने औषधिको प्रयोगबाट क्यान्सर भएको व्यक्तिको जीवन आरामदायी हुन्छ । कुनै नजिकको व्यक्तिको सहयोगबाट आफ्नो मृत्यु र परिवारको भविष्यको लागि योजना बनाउनु पर्छ । कहिलेकाहीं जीवनको अन्तिम समयमा होसपाइस (जीवनको अन्तिम समयमा सहयोग गर्ने संस्था) बाट हेरचाह र सहयोग पाउन सक्छ ।
स्तन क्यान्सर धेरै कारणहरूबाट हुन सक्छ । जस्तो कीटनाशक विषादीबाट, विषादीयुक्त रसायन, तेल, सफाइ गर्ने वस्तु र वायु प्रदूषणको सम्पर्कमा आउनु । यदि कुनै महिलाको आमा र बहिनीलाई स्तन क्यान्सर छ भने उनलाई पनि हुने धेरै सम्भावना हुन्छ । स्तन क्यान्सर ५० वर्षभन्दा माथिका महिलामा बढी पाइन्छ ।
स्तन क्यान्सर विस्तारै बढ्छ र शुरुको अवस्थामा पत्ता लागेमा कहिलेकाहीं उपचार गर्न सकिन्छ । महिलाले आफ्नो स्तन हरेर त्यसमा स्तन क्यान्सरको संकेत हेर्न सकिन्छ । त्यहाँ टुटुल्को र स्तनको मुन्टोबाट अनौठो चिज निस्केको देखिन्छ । यदि महिलाले यसको परीक्षण महिनाको एक पटक गर्छ भने उसलाई आफ्नो स्तनको बारेमा थाहा हुन्छ र कुनै परिवर्तन भएमा पनि थाहा हुन्छ ।
तेल, कोइला, डिजेल र प्राकृतिक ग्याँस बाल्दा हावामा विभिन्न हानीकारक रसायन र हानीकारक वस्तुहरू जस्तो धुवाँ र कण मिसिने कारणले वायु प्रदूषण हुन्छ । वायु प्रदूषणले स्वास्थ्य समस्याहरू निम्याउँछ । विश्व स्वास्थ्य संगठनअनुसार यसले हरेक वर्ष ३० लाख व्यक्तिहरूको ज्यान लिन्छ ।
वायु प्रदूषणको दुई प्रमुख भागहरूमा विषाक्तयुक्त ग्याँस ओजोन र धुलकण पर्दछन् । धुलकणहरूमा मसिना, धुवाँ, धुलो हामीले श्वासप्रश्वास गर्ने हावामा मिसिन्छ । सबभन्दा सानो मसिनो कणहरू झन बढी हानीकारक हुन्छ किनभने तिनीहरू हाम्रो फोक्सोसम्म सजिलै पुग्छन् । यी कणहरूको सम्पर्कमा आउँदा ब्रोनकाइटिस, रुघाखोकी बढ्छ र श्वासप्रश्वाससम्बन्धी विभिन्न समस्याहरू हुन्छन् । ओजोन एउटा कडा आँखा पोल्ने हो जसले व्यक्तिको हावा आवातजावत गर्ने भागलाई कडा बनाइदिन्छ र फोक्सोलाई कडा रूपमा काम गर्न बाध्य गर्दछ जसले गर्दा फोक्सोको समस्या अझ बढी हुन्छ । यसले गर्दा टाउको दुख्ने, ह्याछ्युँ, छाती दुख्ने, वान्ता आउने, अल्छी लाग्ने र फोक्सोसम्बन्धी समस्याहरू हुने सम्भावना बढी हुन्छ । जस्तैः क्षयरोग तथा निमोनिया ।
बढीजसो अचानक धुवाँ धुलोयुक्त हावाले आँखामा पानी भरिन्छ, घाँटी खुख्खा बनाउँछ, खोकी लाग्छ अथवा ह्याछ्युँ हुन्छ । माथिल्लो तहको वायु प्रदूषणले हाम्रो फोक्सो विगार्दछ । प्रदूषणले पहिलादेखि नै रहेको फोक्सो र मुटुसम्बन्धी समस्यालाई अझ बढी विगार्दछ र त्यसैगरी शरीरको विभिन्न भागमा अक्सिजन पु¥याउनको लागि मुटु र फोक्सोले धरै काम गर्नुपर्ने हुन्छ जसले गर्दा श्वास फेर्न गाह्रो हुन्छ र छाती पनि दुख्ने हुन्छ ।
लामो समय वायु प्रदूषणको सम्पर्कमा आउँदा—
ेही वायु प्रदूषणबाट हुने स्वास्थ्य समस्या निको गर्न सकिँदैन । जस्तो क्यान्सर, रगतमा हेमोग्लोविनको मात्रामा कमी र दम । तापनि मानिसहरू लामो समयसम्म बाँच्न सक्छ । प्रदूषित वायुबाट टाढा गएर पनि फोक्सोका रोगहरू घटाउन सकिन्छ तर धेरै व्यक्तिहरूको लागि यो सम्भव हुँदैन ।
क्रोनिक ब्रोनकाइटिस भनेको फोक्सोमा हावा जाने प्रमुख बाटो सुनिनु (फुल्नु हो) । क्रोनिक ब्रोनकाइटिस हुनुको प्रमुख कारणहरूमा चुरोट र सूर्तीजन्य पदार्थको सेवन, वायु प्रदूषण, रसायनयुक्त धुवाँ र धुलोहरू हुन् । जब कुनै व्यक्तिको श्वासनलीमा खसखस हुन्छ, बाक्लो खकार बन्छ र बन्द हुन्छ, जसले गर्दा श्वास फेर्न गाह्रो हुन्छ । क्रोनिक ब्रोनकाइटिसको संकेतमा, पहेंलो, हरियो खकारसहितको खोकी, श्वास फेर्न गाह्रो हुने, छाती कडा हुने, ह्याछ्युँ आउने, टाउको दुख्ने, अल्छी लाग्ने र हात खुट्टा सुनिने हुन्छ ।
दम सामान्यतया बालबालिका र वयस्कमा लामो समयसमम्म हुने रोग हो । यसको संकेतमा ह्याछ्युँ, खोकी, श्वास फेर्न गाह्रो हुने र छाती कडा हुने गर्दछ । जब फोक्सोमा खकार भरिन्छ र फोक्सोमा हावा जाने बाटो बन्द हुन्छ, यी समस्या देखिन्छ । दम हुनुको कारणमा औद्योगिक प्रदूषण र विषाक्त रसायन पर्दछ र अरु कारणहरू पनि हुन सक्छ ।
दमबाट आराम पाउन श्वासनली खुल्ने औषधि लिनुपर्छ । यी छिटो आराम दिने औषधि नभेटेमा कडा कफी, कालो चिया, ःब ज्गबलन अथवा एकभगमयभउजभमचष्लभ लिन सकिन्छ । छिटो आराम दिने औषधिले मात्र दमको असरलाई नियन्त्रण गर्छ पुरै बचावट भने गर्दैन । त्यसैले उपचारको लागि स्वास्थ्यकर्मीसँग जँचाउनु पर्छ ।
लामो समयको उपचारले दमबाट हुने खतराबाट बचाउन सक्छ र यसलाई मध्यम र कहिलेकाँही मात्र आउन बनाउन सकिन्छ । यदि लामो समय औषधि उपलब्ध नभएमा ल्ष्नभििब कबतष्खब को प्रयोगबाट दमको खतराबाट बचावट गर्न सकिन्छ । दुई चम्चा भरी कालो बीउ दिनको एक पटक मह वा दहीसँग लिनाले फोक्सो र रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्दछ । दमबाट बँच्नको लागि यसलाई असर गर्ने चिजहरूबाट टाढा रहने वा कम सम्पर्कमा आउनु पर्छ । जस्तो—
एस्बेटस् एउटा खनिज पदार्थ हो जुन भवनहरूलाई आगलागीबाट बचाउन र अरु सामानहरूमा प्रयोग गरिन्छ । एस्बेटस् धेरै नै मसिनो रेशाहरूबाट बनेको हुन्छ जुन सजिलै श्वासप्रश्वासको माध्यममा फोक्सोमा गई स्थायी रूपमा हानी पु¥याउँदछ । एस्बेटस् खतरनाक भएकोले धेरै सरकारले यसलाई प्रतिबन्ध पनि गरेको छ । एस्बेटस्को सम्पर्कमा आउनाले एस्बेस्टोसिस र फोक्सोको क्यान्सर हुन्छ । यो बिरामीको प्रारम्भिक लक्षणमा खोकी लाग्नु, छोटो श्वासप्रश्वास, छाती दुख्नु, तौल घट्नु र कमजोर पार्दछ । एस्बेटेस्को थप जानकारीको लागि पेज ३७१ हेर्नुहोला ।
धेरैजसो विषाक्त रसायनले हाम्रो स्नायु प्रणालीलाई असर गर्छ । नसामा असर पार्नाले अल्मलिने, स्मरण शक्ति घट्ने र दिमागसम्बन्धी विभिन्न समस्याहरू लगाउने हुन्छ । नसा विग्रनाले स्वाद र गन्ध बिग्रने, शरीरमा अनुभवको कमी र हिंडडुल गर्न गाह्रो हुन्छ । केही रसायनहरूले पक्षघात र मृत्युसम्म पनि गराउँछ । घोलक जुन साधारणतया सरसफाइमा प्रयोग गर्छ जस्तै एसिटोन, बेन्जिन, टरपेनटाइन र ग्यासोलिन स्नायु प्रणालीको लागि हानीकारक हुन्छ ।
यी विषाक्त रसायनबाट स्नायु प्रणालीमा हुने असर घटाउने राम्रो उपयामा यी रसायनहरू घरमा कम प्रयोग गर्नु हो । यदि तपाई प्रयोग गर्नुहुन्छ भने राम्रो हावा आवतजावन हुने ठाउँ, पन्जा र मास्क लगाउनु पर्छ (अनुसूची १ हेर्नुहोस्) ।
छालासम्बन्धी समस्या र छालाको रोगको बढीजसो कारणमा काम गर्ने ठाउँमा रहेका रसायन नै हुन् । मानिसहरू कलकारखानाबाट निस्कने प्रदूषित हावापानी अथवा खेतीपातीमा प्रयोग हुने रसायनको सम्पर्कमा आउनाले छालामा दाग, फोका र गम्भीर रूपमा छाला डढ्ने पनि हुन्छ ।
तपाई रसायनबाट बाँच्नको लागि यसको कम मात्र सम्पर्कमा आउनु र सुरक्षित कबचहरू लगाउनु (अनुसूची १ हेर्नुहोस्) । जब रसायनको समपर्कमा आउँछ तब छालालाई सफा साबुन पानीले पखाल्ने । तातो पानीले छालाको प्वाल खुलाउँछ त्यसैले प्रयोग नगर्ने । यदि तपाईको छाला रसायनले धेरै नै बिगारेको छ भने घामबाट टाढा रहनुहोला । यदि घाममा बस्नै पर्छ भने टाउको र शरीरलाई सकेसम्म छोप्नु होला । केही छालाको क्रिमले पनि दुखाइ कम गर्न मद्दत गर्छ तर यो विषको सम्पर्कमा नआउनु नै यो समस्या रोक्ने राम्रो उपाय हो ।
स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका
Last Modified : 6/28/2020