एउटा रसायनको समूह चिरस्यायी प्रदूषक (पप्स)हरू एकदमै खतरनाक हुन्छ किनभने प्रत्येक रसायन हावा वा पानीबाट जनावर, माछा र मानिसमा जान्छ । पर्सिस्टेन्ट भन्नाले तिनीहरू लामो समयसम्म हाम्रो वातावरण र शरीरमा रहन्छ । अर्गानिक भन्नाले तिनीहरू सबै जैविक प्राणीमा छिरेर असर गर्न सक्छ । पोलुटेन्टस् भन्नाले वातावरणको लागि खतरनाक हुन्छ । बढिजसो पाइने पप्पस्मा डाइओक्सिन (उत्पादन र भष्मीकरणबाट निस्कने रासायनिक फोहर), पी.सी.बी. (इलेक्ट्रोनिक्स र घरायासी उत्पादनमा प्रयोग हुने रासायनिक झोल) र धेरै प्रकारका विषादीहरू (डी.डी.टी. आदि) पर्दछन्
पप्स् हावा, पानी र माटोको माध्यमबाट एक ठाउँबाट अर्को ठाउँमा सर्छ । तिनीहरू लामो समयसम्म जैविक वस्तुहरूमा खानाको माध्यम भएर जान्छ र जम्मा भएर बस्छ । यही कारणले गर्दा पप्स् वातावरणको विभिन्न ठाउँमा पाउँछ, तिनीहरू उत्पादन हुने ठाउँभन्दा पनि धेरै टाढा पनि पाइन्छ । डाइअक्सिन केही हानीकारक पप्स् मध्ये एक हो । धेरैजसो डाइअक्सिन रासायनिक क्लोरीन भएको पी.भी.सी. प्लाष्टिक, ब्लिच पेपर, कोइला, डिजेल र अरु चिजहरू बाल्दा निष्कासन हुन्छ । त्यसैगरी डाइअक्सिन फलाम पगाल्ने, सिमेन्ट बनाउन, कागज बनाउने र केही विषादीबाट पनि उत्सर्जन हुन्छ । हावामा, पानीमा मिसिने डाइअक्सिन सजिलै हाम्रो खाना र पानीमा पनि मिसिन्छ जसले क्यान्सर रोग लाग्न सक्दछ ।
पी.भी.सी.प्लाष्टिकले साधारणतया पानीको लागि पाइप बनाइन्छ । त्यसैगरी पी.भी.सी. बच्चाको बोटल, खेलौना, खाना राख्ने भाँडा र दैनिक प्रयोग हुने सामानमा पाइन्छ । जब पी.भी.सी.प्लाष्टिक पुरानो र बिगँ्रदै जान्छ, त्यसले बिस्तारै विषाक्त रसायन फाल्दछ जसले गम्भीर बिरामी लगाउन सक्दछ । जब पी.भी.सी. बाल्छौं, हानीकारक पप्स् डाइअक्सिन र फ्यूरानको उत्सर्जन हुन्छ । पी.सी.बी. पनि एक प्रकारको पप्स् हो जुन विद्युतीय सामानमा प्रयोग गरिन्छ । जस्तोः ट्रान्सफर्मर, स्विच र त्यसैगरी उत्पादनहरू जस्तो कार्वन नभएको कागज र डाइज धेरै विषालु हुन्छन् । अहिले पी.सी.बी.लाई अन्तर्राष्ट्रिय रूपमा प्रतिबन्ध गरेको छ र कहिलेकाहीं यसको सट्टा एद्यम्भ्क प्रयोग गरिन्छ । तर एद्यम्भ्क पनि शरीरमा लामो समयसम्म रहन्छ र गम्भीर स्वास्थ्य समस्या गर्दछ जस्तो दिमाग र नसाहरू बिगार्दछ ।
पप्स्सँगको सानो सम्पर्कले पनि बाँझोपना र जन्मसँग सम्बन्धित असर गर्छ । कुनै पप्स्ले अरु रसायनसँग पनि बढी सम्वेदनशील बनाउँछ । (पेज नं. ३३३ हेर्नुहोस्)
दीर्घाइ प्रदूषक हाम्रो दैनिक प्रयोग हुने विभिन्न उत्पादनहरू मध्ये घातक रसायनहरू हो । यसबाट बच्ने एउटै उपायमा यसबाट बन्ने उत्पादन नकिन्ने, प्रयोग नगर्ने र नबनाउने हो ।
विकिरण एउटा अदृश्य शक्ति हो । केही विकिरण जस्तोःघाम हाम्रो लागि राम्रो हुन्छ । तर गह्रौं धातुबाट हुने केही विकिरणहरू जस्तोः युरानियमको विकिरण विषाक्तता, क्यान्सर, छलाको रोग र जन्मसम्बन्धी असर गर्छ । विकिरण निकाल्ने वस्तुहरूले हाम्रो जमीन र पानी धेरै कालान्तरसम्म विषाक्त बनाउँछ । धरै विकिरण निकाल्ने वस्तुहरू सेनाबाट उत्पादन हुन्छ, जुन युद्धको दौरानमा प्रयोग गरिन्छ । बढीजसो हातहतियार बनाउने, परीक्षण गर्ने र प्रयोग गर्ने जस्तो सेनाहरूको क्याम्प र युद्धको क्षेत्रमा विकिरणको सम्पर्कमा आउँछ । कहिलेकाहीँ सेनाले प्रयोग गरेको विकिरण निकाल्ने वस्तु पुनः प्रयोग गरेर धातुको सामानहरू बनाउँछ जसले गर्दा थाहा नभइकन मानिसहरू यसको सम्पर्कमा आउँछ । विकिरण निकाल्ने सामानहरू अरु उत्पादनमा पनि प्रयोग गरिन्छ । जस्तैः विद्युतीय उपकरणहरू जसको सम्पर्कमा आएर कामदारलाई असर गर्छ । मानिसहरू जो आणविक भट्टीमा युरेनियमको खानी वा आणविक विसर्जनमा काम गर्छन् तिनीहरूलाई विकिरणको सम्पर्कमा आउनुबाट गम्भीर खतरा हुन्छ ।
विकिरणले गर्दा फोक्सो, थाइराइड र रगतको क्यान्सर, त्यसैगरी हड्डी, मांसपेशी, स्नायु प्रणाली, पेट र पाचनप्रणालीमा पनि असर गर्न सक्छ । धेरैजसो हानीकारक विकिरणको थोरै मात्रा तर लामो समयसम्मको लगातार सम्पर्कले स्वास्थ्यमा विस्तारै खराबी र बढी असर गर्दछ । उदाहरणको लागि यूरानियम खन्नेले लामो समय कुनै पनि बिरामीको लक्षणबिना काम गर्न सक्छ । केही वर्ष पछाडि विकिरण निकाल्ने वस्तुको कारण ती कामदारलाई फोक्सोको क्यान्सर वा अरु रोगले ग्रसित गर्दछ । युद्धमा विकिरणयुक्त टोपका खोल सम्हाल्ने सैनिक र युद्ध क्षेत्रमा छाडेका खाली खोलका कारण ती क्षेत्रमा बस्ने मानिसमा विकिरणबाट रोगको विकास हुन्छ । आणविक दुर्घटना वा विस्फोटनले केही हप्तामै मानिसको बाँच्ने अधिकार खोस्दछ । विस्फोटनबाट केही मानिसहरू ७ हप्तापछि निको हुनसक्छ तर केही वर्ष पछाडि गम्भीर रोगी हुनसक्छ । विकिरण आमाको दुधको माध्यमबाट पनि बच्चामा सर्न सक्छ । विकिरणबाट हुने विरामी एउटा मान्छेबाट अर्कोमा सर्दैन तर यसले विगार्ने काम भने अभिभावकबाट बच्चामा सर्दछ, जन्मसम्बन्धी असर, क्यान्सर र अरु स्वास्थ्य समस्याहरू हुन सक्छ
विकिरणबाट हुने विरामीको प्रारम्भिक लक्षणमा बान्ता हनुे, झाडापखाला, वाकवाकी लाग्ने र अल्छी हुने गर्दछ । अरु लक्षणहरूमा यिनीहरू छन् ः
विषालु रसायन यति धेरै फैलिएको छ कि त्यसबाट छुट्कारा पाउन धेरै गाह्रो हुन्छ र त्यसबाट हुने बिरामीमा उपचार गर्न पनि निकै अप्ठ्यारो हुन्छ । तर पनि विश्वभरिका मानिसहरू विषालु रसायनको असरबाट बच्नको लागि विभिन्न नयाँ र पौराणिक उपचार विधि अपनाएर कोसिस गरिरहेका छन् ।
सन् १९८४ मा रासायनिक प्रदूषणका कारण भोपाल, भारतमा गम्भीर स्वास्थ्य समस्याका कारण हजारौं मानिसहरूको मृत्यु भएको थियो । जसमा श्वासप्रश्वासको समस्या, ज्वरो, प्रजनन प्रणालीको समस्या, आँखाको दृष्टिमा कमी, क्यान्सर र बच्चाहरूको एउटा पिंढीबाट अर्को पिंढीमा जन्मसम्बन्धी असर हुने गर्दछ । सायद भोपाल क्षतिबाट सिक्ने ठूलो पाठमा स्वास्थ्य र न्यायको लागि मानिसको अभियान हुन आउँदछ । सम्भावना स्वास्थ्य केन्द्र, प्रकोपबाट बाँच्न सफल मानिसहरू र स्वास्थ्य उपचार गर्ने स्वयम्सेवकहरूले खोलेका थिए । विषाक्त ग्याँस चुहावट गम्भीर स्वास्थ्य समस्याबाट बचावटको लागि स्वास्थ्यकर्मीले नयाँ औषधि उपचारहरू पत्ता लगाए, जसले राम्रो उपचार दिन सक्यो ।
सम्भावना स्वास्थ्य केन्द्रले १२,००० भन्दा मानिसहरूलाई निःशुल्क उपचार गर्दछ । स्वास्थ्य केन्द्रको आधाभन्दा बढी कर्मचारीहरू भोपाल प्रकोपबाट बचेका मानिसहरू हुने । स्वास्थ्य केन्द्रमा रसायनको दीर्घकालीन असरको बारेमा पनि जानकारी गराइन्छ । तिनीहरूको आफ्नै शब्दमा, सम्भावना स्वास्थ्य केन्द्रको बारेमा के बुझाइरहेको छः
सम्भावनाका स्वास्थ्यकर्मीहरूले विभिन्न किसिमका उपचारहरू प्रयोग गर्छन् । जस्तो जडिबुटी र योग, श्वासप्रश्वास र शरीर चलाउने अभ्यास । त्यसैगरी दिमाग र भित्रि आत्माको पनि । स्वास्थ्य केन्द्रमा आउने प्रत्येक व्यक्तिको रोजाइमा वा आफूलाई मनपर्ने उपचार विधि छानेर उपचार गराउन सकिन्छ । यसरी स्वास्थ्य केन्द्रले मानिसलाई स्वयम् उपचार
मा सहभागी हुनेको लागि प्रोत्साहन गर्छ र स्वास्थ्यकर्मीहरूले पनि विभिन्न उपचार विभिन्न व्यक्तिहरूको लागि उययुक्त हुन्छ भन्ने सिक्छन् । एउटा मानसिक स्वास्थ्यकर्ताले विभिन्न समस्याहरू जस्तो दुःखद पक्षघात, निन्द्रामा गडबढी, मानसिक तनाब, चिड्चिडाहट र स्मरण शक्तिमा असरको उपचार गर्छन् । केही स्वास्थ्यलाई असर गर्ने बाहेकका मनगनक औषधिहरू पनि दिइन्छन् । शरीरलाई विष मुक्त बनाउन विभिन्न जडिबुटी, मालिस, तातो पानीमा नुहाउने र औषधियुक्त तेलको प्रयोग गरिन्छ ।
योगले भित्री अंगहरूको उपचार र शक्ति प्रदान गर्छ, दुखाइ घटाउँछ र व्यक्तिको विरामीलाई नियन्त्रण गर्दछ । धेरैजसो बाँचेकाहरू विशेष गरेर मुस्लिम जो परम्परादेखि योग गर्दैनन् तिनीहरू सुरुमा आनाकानी गर्दछन् । लगातार विरामी हुने मानिसहरूको लागि योग एउटा एकदम राम्रो उपचार विधि हो । अन्तमा, स्वास्थ्य केन्द्रले विभिन्न औषधिहरू स्थानीय जडिबुटीहरू प्रयोग गरेर बनाउँछन् र वितरण पनि गर्दछन् । सबै औषधिहरू स्वास्थ्य केन्द्रले बिरामीलाई निःशुल्क वितरण गर्छन् र आफूले कुन औषधि प्रयोग गरिराखेको छ त्यसको बारेमा राम्रो जानकारी पनि दिन्छन् । स्वास्थ्य केन्द्र आफैं पनि विषालु पदार्थ बढी ननिस्कने गरी बनाइएको हुन्छ ।
शब्दलाई हिन्दी र संस्कृतिमा “सम्भावना” भन्ने बुझिन्छ । धेरै मानिसहरू जो रसायनबाट हुने वातावरणीय विनासले गर्दा प्रभावित छन्, जस्तो भोपाल, तिनीहरूको स्वास्थ्यमा सुधार आउने ज्यादै न्यून सम्भावना छन् । सम्भवनाका कर्मचारीहरूले आफ्नो सृजनशीलता, हेरविचार र इमान्दारिताका कारण मानिसहरूको निराशालाई आशामा परिणत गरिदिएका छन् ।
स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका
Last Modified : 11/19/2019